ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’

१३ कार्तिक २०८१, मंगलवार
१३ कार्तिक २०८१, मंगलवार

भैरहवा ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले एमालेमा एउटै गुट केपी ओली नेर्ततवको गुट मात्रै रहेको बताएका छन । हामी सबै एकताबद्ध छौ एमालेमा गुट उपगुट भएको छैन एकताबद्ध भएर एक अर्कामा विश्वास गरेर एमाले अघि बढेको छ ।

भैरहवामा भएको एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशनमा सम्बोधन गर्दै सचिव विश्वकर्माले एमालेमा घेरावन्दी हुदा समेत सबैलाई छिचोल्दै एमाले उठेको बताउदै अहिले नेतृत्वमा भएको एमालेमाथि जति प्रहार भएपनि प्रभावित नभई निर्णायक शक्तिमा पुगेको बताए । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प लिएकोले कसैले चाहेर पनि अवरोध गर्न नसक्ने उनले भने ।

पूर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले एमाले पूर्वाधार जोड्दै अगाडि बढेको छ, चाहे यस हुलाकी सडक होस या बुद्ध परिपथ वा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एमालेको पहलकदमीले नै महत्वका साथ अगाडि बढीरहेको छ ।

‘अब सिद्धार्थनगरमा एमालेले कसैको बैशाखी टेकदैन् । एकताबद्ध भई एक अर्कामा विश्वास र इमान्दारिक पूर्वक अरु पार्टीको सहयोग विना एमाले सिद्धार्थनगरमा अगाडि बढ्छ । ’ उनले भने । ‘आफ्नै सामर्थ्यले निर्णायक शक्ति बनाउन र कसैको वैशाख नटेक्ने गरी अघि बढ्न पार्टी संगठनलाई व्यवस्थित गर्नुपर्छ’

नेपाली काँग्रेस र नेकपा (एमाले) बीच समीकरण बनेपछि संविधान संशोधनको विषयलाई लिएर रोइलो गरिएको छ । बाहिर जतिसुकै हल्ला गरे पनि केही फरक पर्दैन । विगतका कामको समीक्षा गर्दै कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्ने उनको जोड थियो ।

एमाले पोलिटब्यूरो सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले वर्तमान सरकार ढल्छ भनेर हल्ला फैलाइएको बताए । उनले राजनीतिक स्थिरताका लागि एकजुट हुनुपर्छ भनेर कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताए । उनले नेताले केही गरेनन् भनेर हल्ला फैलाउने काम भइरहेको बताए ।

पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले अर्थतन्त्र, विकास निर्माण र ठप्प भएको काम सुरु भई तिव्रता दिइएको छ सोचे जस्तो प्रगति र चाहे जस्तो काम नभएकोले यस्को मुल्याङकन गर्नु पर्ने बताए ।

एमालेकै पहलकदमीमा विमानस्थल पूर्ण संचालनको लागि काम भइरहेको छ समस्या समाधान गर्नेतर्फ सरकार अघि बढेको बताउदै व्यवस्थित रुपमा अब संचालनमा ल्याइने उनले भने । ‘एमाले बलियो छ अब थप बलियो भई विकास गर्छ , अरुले जस्तो गफ होइन एमाले काम गर्छ’ भटराईले भने

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेल, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा लगायतले बोल्दै एमालेलाई अझ बलियो बनाउनुपर्ने, अब नेकपा एमाले ८४ को निर्बाचनमा आफ्नै शक्तिमा एकल बहुमत ल्याएर अंगाडि बढ्ने बताए ।

नेकपा एमाले सिद्धार्थनगर नगरकमीटीका अध्यक्ष चक्र बहादुर थापाले पार्टीको निर्देशन अनुसार काम गरि नगरले उत्कृष्ट स्थान बनाएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लाको दोस्रो स्थान २१ जना प्रतिनिधि जितेकाले अबको चुनावमा बहुमतका साथ आउने बताए । कार्यक्रममा एमाले सिद्धार्थनगर कमिटीका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?