ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य

१३ कार्तिक २०८१, मंगलवार
१३ कार्तिक २०८१, मंगलवार

दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकार सहन नसक्ने बताए। उनले निर्माणको जिम्मा लिने तर, समयमा काम सम्पन्न नगर्ने प्रवृत्ति अन्त्य गर्ने योजना सरकारको रहेको स्पष्ट पार्दै ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी दिए।

दाङको धार्मिक पर्यटकीय स्थल बाह्रकुने दहमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा ढिलासुस्ती सहन नसकिने र अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने चेतावनी दिए। बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माण योजना अघि बढेपनि कामले गति नलिएको बारे स्थलगत अनुगमन गर्न उनी स्वयं उपस्थित भएका थिए। उनले निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिए।

घोराही उपमहानगरपालिका–१३ मा अवस्थित बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माण योजना सञ्चालनमा रहेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालयबाट ६ करोड ६ लाखको बजेटमा निर्माण अघि बढाइएको छ, जसको जिम्मा नागार्जुन\शिव निर्मल जेभी सल्यानले लिएको छ। बहुउद्देश्यीय पार्क अन्तर्गत दहको मुख्य गेट, बाँध लगायतका पूर्वाधार निर्माणको सम्झौता गरिएको थियो, तर प्रभावकारी रूपमा काम अघि नबढेकाले मुख्यमन्त्री र विभागीय मन्त्रीले यसमा गम्भीर चासो व्यक्त गरे।

ब्रह्मक्षेत्र संरक्षण तथा धार्मिक समिति अध्यक्ष देवबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपानेले सरकारको उद्देश्य पर्यटन क्षेत्रलाई पूर्वाधार सम्पन्न बनाउने रहेको बताए। प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि व्यापक योजना अघि सारेकोले नागरिक तहबाट सहयोगको अपेक्षा राखे।

लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर आपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ। यसअन्तर्गत लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका धार्मिक र पर्यटकीय स्थलहरूमा पुर्‍याउने तथा विस्तारित भ्रमण गराउने उद्देश्यले पर्यटन सर्किट अवधारणा अघि सारिएको छ। यस वर्ष प्रदेश सरकारले ‘घुमौं बर्दिया’ अभियान समेत सञ्चालन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?