ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

फूलसँगै फक्रिएको चेतकलाको खुशी

१२ कार्तिक २०८१, सोमबार
१२ कार्तिक २०८१, सोमबार

प्यूठान, १२ कार्तिक ।
तिहार नजिकिएसँगै बारीमा फुलेका फूलले चार वर्षदेखि श्रीमान हराएका चेतकलाको मनमा खुशी ल्याएको छ । गाउँपालिकाले पुष्प खेती अन्तर्गत फुलखेतीलाई छनौट गरेपछि यस वर्ष उनका बारीमा १ हजार ६ बोटहरूमा सयपत्री फुलेका छन् ।
माण्डवी गाउँपालिका–३ लामाचौरकी ४४ वर्षिय चेतकला के.सी.ले उनको चार रोपनी क्षेत्रफल भएको बारीमा सयपत्री फूलको खेती गरेकी छन् । उनका बारीमा कर्मा, जयकिसान र स्थानीय जातका सयपत्री फूलहरूले ढकमक्क ढाकेका छन् । चार वर्ष अघि भारतको पुनामा नोकरी गरिरहेका श्रीमान हराएपछि विक्षिप्त भएकी उनी फूल उत्पादन गरेर घर चलाउने देखि छोरा पढाउनेसम्मका सपना बुनेकी छन् । ‘सानै देखि फुल राप्न साह्रै रहर लाग्दथ्यो, यो वर्षदेखि व्यवसायिक रूपमै लगाउन थाले’ चेतकलाले भनिन, ‘यस वर्षको नाफाबाट अर्को वर्षदेखि मल्चिङ लगाएर फुलाउने योजना छ ।’ उनका अनुसार यस वर्ष ५ क्विन्टलको फूल उत्पादनको लक्ष्य भएपनि साढे ३ क्विन्टल बिक्री योग्य बनाउन सकिएको छ । ५० के.जि. पहिल्यै बिक्री भइसकेको छ । पुजा, विवाह, ग्रामीण क्षेत्रमा हुने कार्यक्रममा समेत फूल विक्री भएको छ । तिहारका लागि स्थानीय वजारसंगै बुटवलबाट समेत माग आउँदा खुशी लागेको छ ।

चेतकलाका १५ वर्षीय छोरा छन् । उनी कक्षा ९ मा पढ्दै छन् । श्रीमान नहुँदा परिवारको काध थामेकी चेतकलाका सयपत्री फूलसंगै फक्रिएको खुशी फक्रिरहेका छन् ।
माण्डवी गाउँपालिकाले उनलाई प्राविधिक र प्रविधिमा सहयोग गर्दै आएको छ । फूलखेती प्रबर्धन कार्यक्रम अन्तरगत पालिकाले सहयोग पू¥याउँदै आएको गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिए । गाउँपालिकाले पालिका भित्र प्लास्टिकका फूल र माला बिक्रीमा रोक लगाइएको छ । कृतिम प्लाष्टिकजन्य मालालाई निरुत्साहित गर्दै स्थानीय फूलको प्रबर्धनका लागि सो निर्णय गरेको स्थानीय तहले जनाएका छन् ।

तिहार जस्तो पवित्र चाडलाई कृत्रिम माला प्रयोग गरेर देखावटी गर्ने र स्वास्थ्यमा समेत असर गर्ने हुँदा प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाइएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताए । ‘रोक लगाउने मात्रै होइन, व्यवसायिक फूल खेतीमा माण्डवीले किसानलाई प्रोत्साहन गरेको छ’ अधिकारीले भने,‘गाउँमा धेरै घरका करेसा फूल खेती भएतापनि अपुग फूल पूर्ति होस्, फूलखेतिबाट उद्यमशिलता होस भनेर अनुदान समेत दिएका छौं ।’ उनले पालिका भित्र कृतिम वा प्लाष्टिक जन्य फूल र माला विक्री गरेको पाइए कारबाही हुने समेत बताए ।

९ स्थानीय तह रहेको प्यूठानमा माण्डवी गाउँपालिकासंगै प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाले समेत चाडपर्वको समयमा प्लास्टिकजन्य फूलमालाको बिक्री वितरणमा रोक लगाएको सूचना प्रकाशन गरेका छन् । ती पालिकाले छुट्टा छुट्टै सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिक जन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न आग्रह गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?