ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

सरकारः उद्योग बेच्न हतार किन ?

१२ कार्तिक २०८१, सोमबार
१२ कार्तिक २०८१, सोमबार

सरकारले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका विभिन्न आठवटा सरकारी संस्थानलाई नीजिकरण गर्ने निर्णय गरेर हतास मानसिकता देखाएको छ । यसअघि गिरिजाप्रसाद कोइरालाको सरकारले नेपालका ठूला सरकारी उद्योग नीजिकरण गरेर नेपाली जनताको स्याबासी होइन, गाली र बदनामी कमाएको इतिहास साक्षी छ । लुम्बिनी चिनी कारखाना, बाँसबारी छाला जुत्ता उद्योग, भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग लगायत दर्जनौं उद्योग कौडीको मोलमा विक्री गरेर सरकारले नेपालको अर्थतन्त्रमाथि ठूलो घात गरेको थियो । विक्री गरिएका ती उद्योग न राम्रोसंग सञ्चालन भए न त तिनले नेपाली जनतालाई रोजगारीमा जोड्न सके । सरकारका उद्योग सरकार आफै चलाएर बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिनुको साटो नीजिकरण गर्ने निर्णय गरेर सरकारले हतास मानसिकता देखाएको छ । त्यसै त नेपालमा नीजि क्षेत्रबाट स्थापना भएका उद्योग अधिकांश बन्द हुने अवस्थामा पुगेका छन । त्यसमाथि सरकारले पनि उद्योग नीजिकरण गरेर नेपाली युवालाई सिधै बिदेश पलायन हुन बाध्य पारेको छ । नेपालमा रोजगारीको अभावमा दैनिक सयौं युवा विदेश पलायन भैरहेको बेला संरचनासहितका उद्योग विक्री गर्ने निर्णय गरेर सरकारले हतास मनस्थितिको उदाहरण प्रस्तुत गरेको छ ।

उद्योग सधै घाटामा चल्छ भन्ने होइन् । तिनलाई नाफामा चलाउन जान्नुपर्दछ । २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले बहुमत दिएका थिए । त्यसपछि प्रधानमन्त्रीको पदमा गिरिजाप्रसाद कोइराला बिराजमान भए । कोइरालाले केही राम्रो काम पनि गरे तर नेपालका उद्योग कौडीको मोलमा विक्री गरेर देशलाई डुबाउने काम गरे । नीजिकरणको नाममा उद्योग विक्री गरेर सरकारले देशलाई पहिलोपटक परनिर्भर वनाउने बाटो अख्तियार गरेको इतिहास साक्षी छ । सरकारले गरेको उक्त निर्णय इतिहासकै गलतमध्येको एक निर्णय थियो भन्ने कुरा अहिले महसुस भैरहेको छ । विश्वका अधिकांश देशमा सरकार आफूले पनि उद्योग चलाउँछ । ती उद्योगमा हजारौंलाई रोजगारीमा जोड्ने काम पनि गरेको छ तर नेपालमा भएका उद्योग नीजिकरण गरेर विक्री गर्ने अत्यन्त घातक काम भैरहेको छ । गिरिजाको पालाको नीजिकरणको नाममा भएको उद्योग बेच्ने कामको असर मुलुकले अहिलेसम्म भोग्दैछ भन्ने कुरा प्रमाणित भैसकेको छ । उक्त निर्णयलाई सरकारको उच्चतम् तहबाट भएको नीतिगत भ्रष्टाचारको रूपमा अहिलेसम्म लिने गरिएको छ । दुर्भाग्य, अहिलेपनि सरकार ’व्यापारी’ शैलीमा एकपछि अर्को सरकारी स्वामित्वमा रहेका उद्योगहरू बेच्न हतारिएको छ । चीनले बनाईदिएको भृकुटी कागज उद्योग, सरकारको अनुदानमा निर्मित बाँसबारी छाला उद्योग र क्रमशः ०४७ यता राजनीतिक हस्तक्षेपबाट धरासायी बन्न गएका जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, उदयपुर सिमेन्ट आदि सबै बक्रदृष्टिमा परेका छन् । राजनीतिक हस्तक्षेपकै कारण कुनै समय दक्ष र उच्चस्तरीय सेवा दिन सफल यी उद्योग सरकारले चलाउन नसकेर निरीहता प्रकट गरिरहेको छ । अव यी सबै उद्योग निजी घरानालाई बेच्न सरकारले पूर्व तयारी गरेको छ र नीजिकरण समितिको नाममा बन्द उद्योग विक्री गर्न हतार गरिएको छ ।

उद्योग विक्री गर्ने नाममा सरकारले नीजिकरण समितिमार्फत जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय समितिले गरेको छ । कौडीको भाउमा करोडौंको संरचना विक्री गरेर देशलाई परनिर्भर बनाउने यो अभ्यास कुनैपनि मानेमा जायज छैन् । सरकारले घाटामा चलाउन सकिदैन भन्ने नाममा देशका गहना यी उद्योग विक्री गरेर नाम होइन बदनामी कमाउनेछ । अझैपनि समय छ– सरकारले उही ३० बर्षअघिको गिरिजा शैली अनुसरण नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?