ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

प्यूठानमा प्लास्टिकका माला रोक

११ कार्तिक २०८१, आइतबार
११ कार्तिक २०८१, आइतबार

प्यूठान, ११ कार्तिक ।
प्यूठानका तीन स्थानीय तहमा प्लास्टिकका फूल र माला विक्रीमा रोक लगाइएको छ । कृतिम प्लाष्टिकजन्य मालालाई निरुत्साहित गर्दै स्थानीय फूलको प्रबद्र्धनका लागि सो निर्णय गरेको स्थानीय तहले जनाएका छन् ।
तिहार जस्तो पवित्र चार्डलाई कृतिम माला प्रयोग गरेर देखावटी गर्ने र स्वास्थ्यमा समेत असर गर्ने हुँदा प्लास्टिकका फूल र माला विक्रीमा रोक लगाइएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताए । ‘रोक लगाउने मात्रै होइन, व्यवसायिक फूल खेतीमा माण्डवीले किसानलाई प्रोत्सहन गरेको छ’ अधिकारीले भने,‘गाउँमा धेरै घरका करेसा फुल खेती भएतापनि अपुग फुल पूर्ती होस्, फूलखेतिबाट उद्यमशिलता होस भनेर अनुदान समेत दिएका छौं ।’ उनले पालिका भित्र कृतिम वा पलाष्टिक जन्य फूल र माला विक्री गरेको पाइए कारबाही हुने समेत बताए ।

९ स्थानीय तह रहेको प्यूठानमा माण्डवी गाउँपालिकासंगै प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाले समेत चाडपर्वको समयमा प्लास्टिकजन्य फूलमालाको बिक्री वितरणमा रोक लगाएको सूचना प्रकाशन गरेका छन् । ती पालिकाले छुट्टा छुट्टै सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिक जन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न आग्रह गरेका हुन ।
स्वर्गद्वारीले प्राकृतिक फूलमालाको उपलब्धता सहज होस भनेर नगर क्षेत्रभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ । स्थानीय तहले प्लास्टिकजन्य फूलमाला विस्थापन गर्ने पालिकाको नीति रहेको बताउछन् । माण्डवी गाउँपालिका–३ लामाचौरमा फुल खेती गर्दै आएकी चेतकला के.सी.ले प्लास्टिकका फूल माला प्रयोगमा रोक लगाउने पालिकाको निर्णयले तिहारको मौलिकता जोगिने र कृतिम मालाहरूको प्रयोगमा समेत कमि हुने बिश्वास ब्यक्त गरिन । यस बर्ष उत्पादित फूलले राम्रो बजार पाउने आशामा रहेको के.सी.ले बताइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?