ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

अमेरिकी चुनावमा हलिवुड सेलिब्रेटीको प्रचार

११ कार्तिक २०८१, आइतबार
११ कार्तिक २०८१, आइतबार

काठमाडौँ ।

अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतीय निर्वाचनको काउन्टडाउन सुरु भएको छ । निर्वाचनको दिन नजिक आउदै गर्दा सारा विश्वको नजर त्यतातिर छ ।

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस चुनावमा आफ्नो पक्षमा मतदातालाई जिताउन सक्दो प्रयास गरिरहेका छन् । अहिले दुवैतर्फबाट हलिउड फिल्म उद्योगका स्टारहरु आ–आफ्नो मनपर्ने उम्मेदवारको दाबीलाई बलियो बनाउन चुनावी अभियानमा लागेका छन् ।

यो चुनावमा खेलकुद र हलिउडका चर्चित कलाकारहरुले आफ्नो मनपर्ने उम्मेदवारलाई खुलेर समर्थन गर्न थालेका छन् । फोर्ब्सको रिपोर्टका अनुसार खेलकुद र फिल्म स्टारहरूले राजनीतिज्ञहरूलाई यसरी समर्थन गर्दा उनीहरूका फ्यानहरूमा प्रभाव पर्ने र उनीहरूले चुनावको नतिजालाई प्रभाव पार्न सक्ने आशा गरेका छन् ।

एकातिर टेलर स्विफ्ट, लियोनार्डो डिक्याप्रियो, ओप्रा विन्फ्रे, बियोन्से र क्रिस रकजस्ता सेलिब्रेटीहरूले कमला ह्यारिसलाई समर्थन गरेका छन् भने अर्कोतर्फ जेसन एल्डियन, ली ग्रीनवुड, एलन मस्क, किड रक र रोजेन बार जस्ता स्टारहरूले ट्रम्पलाई समर्थन गरेका छन् ।

सेलिब्रेटीहरू चुनावी र्‍यालीदेखि सामाजिक सञ्जालसम्म प्रचारप्रसार गरिरहेका छन् ।

शुक्रबार ओस्कार विजेता अभिनेता लियोनार्डो डिक्याप्रियोले पनि कमलाको समर्थन गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका छन् । उनले भिडियोमा राष्ट्रपतिका लागि कमला ह्यारिसलाई भोट दिने बताएका छन् ।

इन्स्टाग्राममा सेयर गरिएको यो भिडियोमा डिक्याप्रियोले भनेका छन्, जलवायु परिवर्तनले पृथ्वीलाई ध्वस्त पार्दैछ र हाम्रो अर्थतन्त्रलाई बर्बाद गरिरहेको छ। त्यसैले म कमला ह्यारिसलाई भोट गर्दैछु ।

शुक्रबार पप स्टार बियोन्से पनि कमला ह्यारिससँगै चुनावी र्‍यालीमा सहभागी भएकी थिइन् । यो र्‍याली बेयन्सेको गृहनगर ह्युस्टनमा भएको थियो ।

बियोन्सेले कमलालाई समर्थन गर्दै आफू सेलिब्रेटी नभएर आमा भएको कारणले यहाँ उपस्थित भएको बताइन् । हामीले हाम्रो शरीरलाई नियन्त्रण गर्नुपर्छ । बेयन्सेले गर्भपतनसम्बन्धी कानुनलाई उल्लेख गरेकी थिइन् ।

ट्रम्पको समर्थनमा चुनावी र्‍यालीमा पनि धेरै स्टारहरु सहभागी भएका छन् । उद्योगपति एलोन मस्क पनि एक र्‍यालीमा ट्रम्पसँग स्टेजमा नाच्दै देखिएका थिए ।

मस्कले ट्रम्पलाई जिताउन समर्थन मात्र होइन ठुलो आर्थिक सहयोग समेत गरेका छन् । मस्क बाहेक ली ग्रीनवुड, डेनिस क्वाइड, जेसन एल्डियनले पनि ट्रम्पसँग धेरै र्‍यालीमा भाग लिएका छन् ।

अमेरिकी राजनीतिमा फिल्म उद्योग र खेलकुदका स्टारहरूले चुनावी अभियानमा भाग लिएको यो पहिलो पटक भने होइन। अमेरिकामा म्याकार्थीको सरकारको पतन पछि, जोसेफ केनेडीलाई कुनै पनि फिल्म स्टार जत्तिकै धूमधामका साथ सुरू गरियो ।

केनेडीको समर्थनमा हलिउड एकातिर उभिएको देखिएको थियो । केनेडीको समर्थन जुलुसमा धेरै पप स्टारहरूले भाग लिए । हलिउडले पनि केनेडीका लागि ठूलो रकम जुटायो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा उत्साह पनि नयाँ उचाइमा पुगेको छ । जहाँ डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले अमेरिकी इतिहासमा नयाँ रेखा कोर्ने आशा राखेकी छिन् । यसैबीच, रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो शैली र वाचाले परिवर्तनको आँधी ल्याउने प्रयास गरिरहेका छन् ।

यसैबीच, शीर्ष ५ पोलमा ट्रम्पले कमलामाथि झिनो अग्रता हासिल गरेका छन् । उनी कमलाभन्दा ०-२ प्रतिशतले अगाडि छन् । शीर्ष ५ सर्भेमा कमलालाई दुईमा, ट्रम्पलाई दुई र दुवैमा एकमा बराबर समर्थन छ ।

न्यूयोर्क टाइम्स पोलमा, दुबैले ४८ प्रतिशत समर्थन पाएका छन् । अक्टोबरको सुरुमा गरिएको पछिल्लो सर्वेक्षणमा कमलालाई ४९ प्रतिशत र ट्रम्पलाई ४६ प्रतिशतले समर्थन मिलेको थियो ।

त्यस्तै, वाल स्ट्रीट जर्नल र सीएनबीसी दुवैको सर्वेक्षणमा ट्रम्पलाई ४८ प्रतिशत र कमलालाई ४६ प्रतिशतले समर्थन मिलेको छ ।

इप्सोसको सर्वेक्षणमा कमला ४८ प्रतिशत र ट्रम्पले ४५ प्रतिशत समर्थन पाएका छन् । इमर्सन कलेजको सर्वेक्षणमा कमलालाई ५० प्रतिशत र ट्रम्पले ४९ प्रतिशत समर्थन पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?