ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

सरकारले जगाएको आशाको दियो

११ कार्तिक २०८१, आइतबार
११ कार्तिक २०८१, आइतबार

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर बार्षिक ५७ हजार मानिस ज्वलनबाट प्रभावित हुने गरेका छन । ज्वलनको उपचार निकै महंगो हुने भएकोले सर्वसाधारण नागरिकले ज्वलनको उपचार गराउन नसक्दा मृत्युबरण गर्नुपरेको छ । त्यसैपनि देशमा ज्वलनको मात्रै उपचार गर्ने विशिष्टिकृत अस्पताल छैन् । विरामीको यही अवस्थालाई ध्यान दिदै सरकारले ज्वलनको उपचार निशुल्क गर्ने घोषणा गरेको छ । स्वास्थ्यका क्षेत्रमा सरकारको यो पहिलो महत्वपूर्ण काम हो । काठमाण्डौ उपत्यकाका केही ठूला अस्पतालले ‘बर्न युनिट’ बाट सेवा प्रवाह गर्दै आएका छन् । तर अस्पतालमा उपचार सेवा यी निकै महंगो छ । सर्वसाधारण नागरिकले उपचार गर्नै नसक्ने अवस्था छ । तसर्थ सरकारले जुन निर्णय गरेको छ, यसको प्रशंसा गर्नैपर्दछ । सरकारले यो सुरुवात मात्रै गरेको छ । अव ज्वलनसंगै क्यान्सर, मुटु र मृगौलाको उपचार पनि निशुल्क गर्नेतर्फ सरकारले पहल गरोस् । यो भयो भने धेरै नागरिकले उपचार नपाएरै मर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । नेपालको संविधान २०७२ मा आम नागरिकको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको सुनिश्चित गरिएको छ । तर, संविधानमा व्यवस्था गरिएका सेवा–सुविधाहरू नागरिकले अझै पाउने वातावरण वनेको छैन । त्यसका लागि नागरिकको तहबाट पनि दवाव दिनु जरुरी छ । सबै नेपाली नागरिकको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारलाई राज्यले विभेद गर्नुहुँदैन । हरेक मानिसको राज्यबाट पाउने अधिकार समान हुनुपर्छ । यो गंभीर बिषयमा अव सरकारले पहल गर्न ढिलाई गर्नु हुँदैन ।

स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा ज्वलन उपचारको निःशुल्क व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषदमा प्रस्तुत गरेको थियो । जेहोस सरकारको यो पहलले ज्वलनका विरामीले अव निशुल्क उपचार पाउने व्यवस्था भएको छ । देर आए दुरुस्त आए भनेजस्तै ढिलो भएपनि सरकारको निर्णयले ज्वलनका बिरामीले राहत पाउने भएका छन् । स्वास्थ्य क्षेत्रको सुधारमा केही भए पनि आशा पलाएको छ । नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेताहरूलाई साधारण समस्या भए पनि सुविधा सम्पन्न विदेशका अस्पताल जाने गरेका तर नेपालकै दूरदराजका नागरिक बिरामी पर्दा अस्पताल, चिकित्सक, औषधि समयमा पाउन नसक्ने अवस्था छ । अझैपनि ग्रामिण क्षेत्रका नागरिक आर्थिक, सामाजिक, भौगोलिक बनोटका कारण आवश्यकता अनुसारको स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । अव आर्थिक अभावकै कारण उपचारको पहुँचमा पुग्न नसकेका नागरिकका लागि राहत मिल्ने भएको छ । यो कार्यले निरन्तरता पाउनुपर्छ । सरकारीमा मात्र नभई कानुनमा उल्लेख भए अनुरूप निजी तथा सामुदायिक अस्पताल र शिक्षण अस्पतालहरूमा पनि यो व्यवस्था लागू गर्न सरकारले ध्यान दिनु जरुरी छ । देशका नागरिक स्वस्थ भए भने देश विकासमा टेवा पुग्छ । त्यसैले नागरिकको स्वास्थ्य अवस्थाका बारेमा सरकार सधैँ चनाखो हुनुपर्छ । यस्तै सरकारी स्वास्थ्य बिमा कार्यक्रमलाई पनि सरकारले फराकिलो बनाउँदै लैजानु समयको माग हो । विमा सेवा लागू भएका अस्पतालमा सेवा लिन विरामीलाई हम्मे हम्मे हुने गरेको छ । घण्टौं लाईन लाग्नुपर्ने अवस्था छ । यो अवस्थामा सुधार ल्याउन केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुवात गरो्स अनि जनताले स्याबासी दिनेछन् । सरकारले ढिलै भएपनि ज्वलन उपचारको निशुल्क व्यवस्थाले सरकारप्रति आशा जागृत भएको छ । ज्वलनमा मात्रै होइन अव निशुल्क उपचार सेवाको व्यवस्था सरकारले अरू जटिल रोगमा पनि गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?