ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

एमाले दोस्रो नगर सम्मेलनको तयारी पूरा

११ कार्तिक २०८१, आइतबार
११ कार्तिक २०८१, आइतबार

भैरहवा, १२ कात्तिक ।

नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको दोस्रो सम्मेलनको तयारी पूरा भएको छ ।

एमाले सिद्धार्थनगरको यही कात्तिक १२ गते सोमबार भैरहवामा दोस्रो नगर अधिबेशन हुन लागेको हो । नगर अधिवेशनमा एमालेका केन्द्रीय सचिब छबिलाल बिश्वकर्मा प्रमुख अतिथिको रुपमा आउने भएका छन् ।

नयाँ नेतृत्वका लागि हुन लागेको दोश्रो नगर अधिवेशनको सबै तयारी पूरा भएको नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार अधिवेशन सफल पार्नका लागि ६ वटा समितिहरु गठन भएको छ । राजनीतिक सांगठनिक आर्थिक प्रतिबेदन लेखन कमिटीमा नगर अध्यक्ष चक्र बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन भएको छ ।

नगर उपाध्यक्ष अर्जुन गिरीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक कमिटी, उप सचिव कुमार गुरुङको संयोजकत्वमा ६ सदस्यीय मञ्च ब्यवस्थापन समिति, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश सदस्य शशि पन्थीको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रसार समिति, नगर उप सचिव माया कंडेलको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधि ब्यवस्थापन समिति, त्यसैगरी अर्जुन गुरुङको संयोजकत्वमा ५ सदस्यीय स्वयंसेवक ब्यबस्थापन समिति गठन भएको नगर अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिए ।

प्रतिनिधि व्यवस्थापन समिति संयोजक माया कंडेलले नगर अधिवेशनमा १ सय ७० जना प्रतिनिधि चयन भएको बताइन ।
आयोजक नगर कमिटी ६५ जना र वडाबाट चुनिएका प्रतिनिधि १ सय ५ जना प्रतिनिधि गरी १ सय ७० जना प्रतिनिधि नगर अधिवेशनको दोस्रो सम्मेलनमा भाग लिने उनले बताइन् ।

अधिवेशनमा १० जना पार्टी सदस्य बराबर १ जना, ३ जना प्रतिनिधि बराबर १ जना महिला प्रतिनिधि अनिवार्यरुपमा चयन भएको नगर उपाध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

अधिवेशनका लागि वडा नं. १ मा ७ जना, वडा नं. २ मा २ जना, वडा नं. ३ मा ७ जना, वडा नं. ४ मा २ जना प्रतिनिधि, वडा नं. ५ मा १ जना प्रतिनिधि चयन भए । त्यसैगरी वडा नं. ६ मा ५ जना प्रतिनिधि चयन भएका छन् भने वडा नं. ७ मा ६ जना प्रतिनिधि चयन भए । वडा नं. ८ मा १२ जना प्रतिनिधि, वडा नं. ९ मा ११ जना, वडा नं. १० मा ४ जना प्रतिनिधि, वडा नं. ११ मा ३ जना प्रतिनिधि, वडा नं. १२ मा ६ जना, वडा १३ मा ४ जना प्रतिनिधि चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?