© २०२३
बुटवल, १० कार्तिक । पाल्पा दोभानमा जारी दोस्रो दोभान सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता २०८१ मा चपरहट्टी एफसी र नवजिवन एफसी बुटवल विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान खेलमैदानमा शनिबार भएको पहिलो खेलमा चपरहट्टी एफसीले न्यु ब्याईज एफसी पाल्पालाई २—० गोल अन्तरले पराजित गरेको हो । खेलमा चपरहट्टीका बिक्रम राना म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा नवजिवन एफसीले युनाईटेड युथ एफसी बि पाल्पालाई पेनाल्टी शुटआउटमा ३—१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा नवजिवनका विबेक क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए । आईतबार गुड मर्निङ एफसी र शिवनगर युवा परिवार तथा आयोजक दोभान एफसी र एलसीए बिचमा क्वाटरफाईनलका दुई खेल हुने संयोजक सुनिल श्रेष्ठले बताए । गुड मर्निङ एफसी र शिवनगर युवा परिवारको विजेताले चपहट्टीसंग सेमीफाईनल खेल्ने छ । यसैगरि आयोजक दोभान एफसी र एलसीए बिचको विजेता टिमसंग नवजिवन एफसीसंग सेमीफाईनल खेल खेल्नेछ ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक श्रेष्ठले बताए । यसैगरि उत्कृष्ट खेलाडी, हाई स्कारेर, उत्कृष्ट गोलरक्षकलाई जनही दुई—दुई हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । कार्तिक ३ गतेबाट शुरु भएको प्रतियोगितामा २९ टिमले प्रतिस्प्रर्धा गरेको क्लबका अध्यक्ष बिक्रम कुमालले बताए ।