ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सहकारी अभियानमा सीता

१० कार्तिक २०८१, शनिबार
१० कार्तिक २०८१, शनिबार

सीता न्यौपाने,उपाध्यायको २० वर्षको उमेरमा शंकरदत्त उपाध्यायसँग २०५५ सालमा विहे भयो । यतिबेला उनी रूपन्देही,तिलोत्तमा नगरपालिका वडा नं.१० को बेवरीमा रहेको प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष छिन् । दोस्रो कार्यकालको पहिलो वर्षको सेवा गर्दै आएकी उनले सहकारीमा पूर्णसमय खर्चिएकी छिन् । विहान १० वजे सहकारीमा आईपुग्छिन् । कार्यालयमा कर्मचारी र सेयर सदस्यहरूसँग भेटघाट गर्छिन् । दिउँसोतिर खाजा खाएर आफ्ना सेयर सदस्यहरूका उद्यम, खेतीपाती हेर्न पुग्छिन् । दुई हजार आठ सय जति सेयर सदस्य रहेको उक्त सहकारीमा करिव पाँच सय बढीले संस्थाबाट कर्जा लिएर कुखुरापालन, भैंसीपालन, बंगुरपालन,पाडापालन, सिलाईकटाई,व्यापार, व्यवसाय र उद्यम सञ्चालन गर्दै आईरहेका छन् । त्यतिमात्र होईन,फ्रेस हाउस,दूधडेरी, टेक्टर,मोटर,जीप सञ्चालन गरि मनग्य आम्दानी गर्दै आएका छन् । सोही उद्यम,व्यवसाय र खेतीपाती हेर्दा सीताका मन शित्तल हुने रहेछ । आफ्नो सहकारीबाट स्वरोजगारी र रोजगार प्राप्त गर्न र सफलता हासिल गरेका सेयर सदस्य दिदीबहिनीहरू देख्दा सीतालाई साहस बढेको महसुस हुने सुनाउँदै थिईन् ।

कर्जाको प्रयोगमा कुनै विषयान्तर भयो कि,कर्जा डुब्छ कि भन्ने डरले कहिलेकाँही उनमा शंका नलागेको होईन । तैपनि निरन्तर सहकारीको उन्नति र प्रगतिका लागि कर्मचारीको दरो साथ र समर्थन जुटाएकी छिन् । उनकै छिमेकी एवम् संस्थापक अध्यक्ष जमुना गिरीले यतिबेला व्यवस्थापकीय पाटोमा सीताको नेतृत्वलाई सक्दो सहयोग गरेकी छिन् ।

सीताका तीन सन्तान छन् । जेठी छोरी सुस्मिता आईटी ईन्जिनियर हुन् । यतिबेला अमेरिकन कम्पनी फ्यूजमसीनमा घरमै रहेर निरन्तर सर्भिस गर्दैआएकी छिन् । त्यसैगरी कान्छीछोरी अस्मिताले द्यक्ष्ः को अन्तिम परीक्षामा सहभागी भएर नतीजाको प्रतीक्षामा छिन् । दुबै छोरी अतिनै तीक्ष्ण रहेकै कारण छात्रवृत्तिमा पढ्न समेत भ्याएका छन् । छोरो अभिनवले तिलोत्तमा क्याम्पसमा विज्ञान विषय लिई कक्षा–१२ पढ्दैछन् । सीताका श्रीमान् टिकुलीगढ मावि, तिलोत्तमाका प्रधानाध्यापक हुन् । गणित विषयको प्रकाण्ड विद्वान शंकर सरलाई जीवनसाथी पाएपछि सीता खुसी र सुखी छिन् ।

तीन दाइहरूकी एक्लीबहिनी सीताले माईतीघरमा खासै दुःख गर्न परेन । स्नेह र ममताले हुर्किने अवसर पाईन् । दश जोड दुई कक्षा उत्तीर्ण सीताले श्रीकृष्ण कृषि सहकारी,शिवपुर,रूपन्देहीमा करिव तीन वर्ष व्यवस्थापक भएर अनुभव सङ्गालेकी छिन् । केही समय शिक्षक समेत भईन् ।

२०७१ सालतिर उनी तिलोत्तमा नपाभित्र रहेको जनभावना माविको व्यवस्थापन समिति अध्यक्ष भएर व्यवस्थापकीय क्षमता प्रस्तुत गरेकी थिईन् । विद्यालयलाई नमूना बनाउन कम्मर कसेर लागेकी थिईन् ।
सीता विहान ३ः४५ मा उठ्छिन् । नित्य कर्म गर्छिन् । विहान पाँचदेखि ६ः३० वजेसम्म जीवनविज्ञान प्रशिक्षक प्रशिक्षण जूममार्फत लिन्छिन् । ध्यान गर्छिन् । योग गर्छिन् । शरीर फूर्तिलो र निरोगी बनाउन जीवनविज्ञान रामवाण सावित भएको सुनाउँदै थिईन् ।

सीतालाई कुरा काटेर समय व्यतीत गर्ने फुर्सद नै छैन । उनको त्यो रहरको विषय पनि होईन । कर्मशील र लगनशील सीताले आफ्नो पहिलो अध्यक्षयीय कार्यकालमा सहकारीको रजतमहोत्सव आफ्नै अध्यक्षतामा मनाउने सुवर्णअवसर प्राप्त गरिन् । उक्त समयमा उनले सहकारीको रजतस्मारिका प्रकाशन गरिन् । त्यसमा संस्थापक अध्यक्षलगायत पूर्वअध्यक्ष, सल्लाहकार,समिति र सेयर सदस्यका भूमिका प्रभावकारी रहेकोभन्दै सीताले मुक्तकण्ठले प्रशंसा गरिन् ।

सीतालाई सहकारी नै सर्वस्व लाग्छ रे ! सन्तानजस्तै प्रिय र अभिभावकजस्तै आदरणीय पनि । माईतीघर प्युठान र कर्मघर बाग्लुङ्ग रहेकी सीताले आफ्नो जीवनको स्वर्णीमकाल सहकारीमै बिताएको र बाँकी जीवन समेत सहकारी अभियानमा बिताउने दृढ संकल्प बोकेकी उनले वर्तमान समयमा सहकारीका बारेमा फैलिएका कुनैपनि अफावहले आफ्नो सहकारीलाई कुनैपनि असर नपारेको बताईन् । बरु सेयर सदस्यहरूलाई सहकारी शिक्षा र सञ्चालकहरूलाई टीम मेनेजमेन्ट तालिमले अग्रसर हुन उत्प्रेरणा मिलेको सुनाईन् । २०५६ सालमा यसै सहकारीमा जोडिएकी उनले ईकाई संयोजक,लेखा सुपरीक्षण समितिका अध्यक्ष समेत भएर सहकारीलाई सक्दो सहयोग गरेकी थिईन् ।

“सहकारीको उत्थान,महिला पहिचान“ सोचकी धनी सीताले सहकारीमार्फत् समृद्धिको ढोका उघ्रिने बताईन् । आफ्नो सहकारीलाई देशकै नमूना सहकारी बनाउने अभियानमा जुटेकी सीतालाई आफ्नै जग्गामा भवन ठड्याउने सपनाले सुत्न दिएको छैन । सपनालाई विपनामा साकार बनाउन सरोकारवाला सबैसँग समन्वय, सहकार्य र सहयात्रामा जोडिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?