ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

गुल्मीमा राष्ट्रिय परिचयपत्र बितरण अभियान शुरु

१० कार्तिक २०८१, शनिबार
१० कार्तिक २०८१, शनिबार

गुल्मी, १० कार्तिक ।
गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण अभियान शुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण अभियान शुरु गरिएकोे हो । अभियानको पहिलो दिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले इस्मा गाउँपालिका –२ का ९१ वर्षीय नामदेब खनाल र धुर्कोट गाउँपालिका –२ का ९७ वर्षीय मानबहादुर महतलाई परिचय पत्र प्रदान गरि अभियानको शुभारम्भ गरेका हुन ।

जिल्लाको धुर्कोट गाउँपालिकाको वडा नं १ र २ एवं इस्मा गाउँपालिकाको वडा नं २ बाट परिचयपत्र बितरण शुरु गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । स्थानीय पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतको सहभागितामा वडा तहमै पुगेर पचिय पत्र बितरण गर्न थालिएको हो । परिचय पत्र लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता बनेका नागरिकहरूलाई यो अभियानले ठूलो सहयोग र राहत पुगेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।
पञ्जीकरण विभागले जिल्लामा यस अघि स्थानीय जनप्रतिनिधि, राजनैतिक दलहरू र सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया गरि पालिकाहरूमा परिचय पत्र बितरणको समय व्यवस्थापन कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । त्यही छलफलका आधारमा कात्तिक ८ गतेदेखि गुल्मी जिल्लामा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरु गरेको हो ।

पञ्जीकरण विभागको उक्त अभियान अन्र्तगत जिल्ला प्रशासन कार्यालयले गुल्मीमा पनि तयार भएर आएका राष्ट्रिय परिचयपत्रहरूलाई वडामै पुगेर बितरण गर्ने काममा स्थानीय पालिकाहरूसँग समन्वय गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा धुर्कोट, इस्मा, कालीगण्डकी, र गुल्मीदरबारमा पुगेर परिचयपत्र वितरण गर्न लागेको हो । अन्य पालिकाहरूमा भने तिहारपछि मात्र परिचयपत्र बितरण गरिने कार्यक्रम तय गरिएको छ ।
गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि हालसम्म एक लाख ९४ हजार ४३२ जनाको विवरण सङ्कलन गरिएकोमा एक लाख ६४ हजार ४२३ जनाको मात्र परिचयपत्रको कार्ड छपाई भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक तुलसी प्रसाद दाहालले जानकारी दिएका छन । निर्देशक दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट मात्र ६६ हजार ३१५ जनाको बिवरण सङ्कलन गरिएको छ । बिवरण सङ्कलन गरिएकाहरू मध्य ४० हजार ६९४ जनाको कार्ड छपाई भईसकेको बताईएको छ । जिल्लामा आएका परिचयपत्रहरू मध्य हालसम्म जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार ४६१ जनालाई कार्ड वितरण भैसकेको छ ।

अभियानको क्रममा जिल्लाको रेसुङ्गा नगरपालिकामा १२ हजार ५४२, मुसिकोट नगरपालिकामा १३ हजार ९०५, कालीगण्डकी गाउँपालिकामा आठ हजार ७८२, सत्यवती गाउँपालिकामा १० हजार ४२२ जनालाई परिचयपत्र (कार्ड) बितरण गरिने बताईएको छ । त्यसैगरी चन्द्रकोट गाउँपालिकामा आठ हजार ९१४, छत्रकोट गाउँपालिकामा १० हजार ५५, गुल्मीदरबार गाउँपालिकामा ११ हजार २५८, इस्मा गाउँपालिकामा नौ हजार ५०, धुर्कोट गाउँपालिकामा १० हजार ३८१, मदाने गाउँपालिकाबाट नौ हजार ३४३ र मालीका गाउँपालिकामा नौ हजार ८५७ जनालाई बितरण गर्ने योजना रहेको विभागले जनाएको छ ।
गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र छापिएर आएको र उक्त कार्ड लिनका लागि पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर उपस्थित हुनुपर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?