ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

अङ्कारले गर्दैन कसैलाई फाईदा

९ कार्तिक २०८१, शुक्रबार
९ कार्तिक २०८१, शुक्रबार

अहङ्कार शब्द गजबको शब्द हो । यसले एकातर्फ क्षय गदै जान्छ तर जसले अहङ्कार पालेको हुन्छ या बोकेको हुन्छ, उसले परम आनन्द लिन्छ होला तर अरू सबैलाई यो शब्दले चिमोटिरहेको हुन्छ । अहङ्कारको वास्तविक अर्थ अभिमान, घमण्ड, सेखी, मपाइत्व वा आफूलाई सर्वेसर्वा सम्झने क्रिया भन्ने बुझिन्छ । हरेक काम आफूबाट सम्भव छ भन्नु र सानो कामको ठूलो जस लिनु, आफ्नो शिक्षा, धन वा कुलको वारेमा घमण्ड देखाउनु व्यक्तिबाट प्रकट हुने अहङ्कारका रूप हुन् । यो सबै सबैसंग हुँदैन तर सानोतिनो रूपमा धेरैसंग रहेको हुन्छ । अभिमानीसंग अभिमान घमण्डीसंग घमण्ड यो त उसको राजमार्ग नै हो । जुन मार्गबाट उसको अहङ्कार गुडने गर्दछ । यही गुडाइको क्रममा अरूलाई किच्न चाहन्छ । आफूले आफूलाई उच्चस्तरको ठान्ने अभिमान बढ्दै जान्छ । भन्न त अहङ्कार नभएको मानिस हुँदैन भनिन्छ । मात्रात्मक हिसाबले केही सत्य होला तर जसले मनमा अहङ्कार पालेर बसेका हुन्छन् उनीहरूसंग यो बढ्ता सम्वन्धित हुन्छ भन्ने लाग्दछ । अहङ्कार सबैसंग हुन्छ भनेर मान्ने हो भने उसले आफूले गरेको परिवार सेवा, समाजसेवा, राष्ट्रसेवा, जनसेवा यी विभिन्न क्षेत्रमा काम गर्नेहरूको अहङ्कारले केही सकारात्मकता देखाउला तर अन्य बाँकी क्षेत्रमा लाग्नेहरूले देखाउने अहङ्कार भनेको अरूले तपाई नभनिकन आफै भनिएको मपाइ मात्र हो । हाम्रो समाजमा यस्ता अहङ्कारीहरूको संख्यामा कमी आएको छैन । हरेक स्थानमा हरेक कोणबाट प्रकट हुने गर्दछन् ।

त्यसमा पनि बढता अहङ्कार देखिने भनेको राजनीति र प्रसस्त धन आर्जन गर्नेहरूमा नै हो । यो कुनै आक्षेप वा लान्छना लगाएको कुरा होइन । अहङ्कारीबाट प्रकटहुने बचन या व्यवहारले यो सबै कुरा पुष्टि गर्दछ । त्यसैले यी कुरा देखेको र भोगेको आधारमा भन्न सकिन्छ । हामीले हाम्रा पुराणहरूमा वा विभिन्न धार्मिक ग्रन्थहरूमा पनि अहङ्कारका कथाहरू वा त्यस्ता अहङ्कारी पात्रका वारेमा पढेका छौं । हाम्रो गाउँ समाज तथा परिवारभित्र पनि यस्ता आचरणका मानिसको वारेमा थाहा पाउने गरेका छौं । पहिलो भोगाइ त परिवार भित्रबाटै आरम्भ हुन्छ अनि समाजभित्रका कुनै पात्रहरू भेटिन्छन् अनि मात्र राष्ट्रमा पाउन सकिन्छ । यो हामीले आफै भोगेको कुराबाट थाह पाउने कुरा भयो भने पुराण तथा विभिन्न धार्मिक ग्रन्थका हरेक पात्र पात्रीहरूका वारेमा तत् सम्वन्धि पुस्तक पढेर वा श्रव्य दृश्य सामग्रीबाट अवगत हुने गर्दछ ।

अहङ्कार देखाउन कुनै चौरासी भोग्नु पर्दैन । सामान्यतया धन, मान, कुल तथा रूपको वारेमा धेरैलाई अहङ्कार हुने गर्दछ । अहिलेसम्मको अध्ययनले यही कुरा देखाउँछ । यस मध्येमापनि अप्रत्यासित मान पाएका र दुई नम्वर काम काजबाट धन आर्जन गरेकाहरूमा अरूको तुलनामा अहङ्कार बढ्ता देखिने गर्दछ । अप्रत्यासित मान पाएकाहरू यो मामलामा सबैभन्दा खतरनाक हुन्छन् । जति मान पाएको छ उति निहूरिन जान्नुपर्ने हो । मान एक प्रकारको सेवाको अवसर पनि हो तर यहाँ मान सेवाको लागि भन्ने बुझिदैन् । केवल आफ्नो मान अरूलाई होच्याउन वा खुइल्याउनका लागि हो भन्ने बुझाई रहेको छ । तर, कतिपयले प्राप्त मानलाई अरूलाई खुइल्याउनका लागि हो भन्ने ठान्दछन् । कुलको अहङ्कार गर्ने कुनै जमाना थियो तर अहिले त्यो निकै घटेर गएको छ । हिंजोका राजा महाराजा तथा गाउँघरका जिमुवाल, मुखिया वा पटवारी ठूला ठालुहरूमा केही मात्रामा पाइने गर्दथ्यो तर अहिले ती प्रथा हटेका छन् भने त्यसको अवशेष मात्र बचेको छ । अवशेषबाट कहिले देखापर्दछ तर त्यसले सामान्य जन जीवनमा त्यति ठूलो प्रभाव पार्दैन । अरूको तुलनामा बढता प्रभाव देखिने भनेको धन र मानबाट नै हो । तर रूपले पनि मानिसलाई भित्र भित्रै चिमोटेको हुन्छ । रूपवानहरूको अहङ्कार वेग्लै हुन्छ । यो बढता पुरुष या स्त्री के मा हुन्छ यो भन्न गाह्रो छ । जसले जसरी भोग्नु भएको छ त्यसले त्यसैगरी बुझ्नु हुनेछ ।

घमण्ड वा अहङ्कार भनेको परिवार, समाज तथा राज्यबाट अलग्याउने सुत्र रहेछ । कतिपय परिवारमा यस्तो देखिन्छ । आफूले केही मात्रामा धन आर्जन गरेको लगत्तै परिवारबाट अलग हुनु चाहने । परिवारमा रहेर पनि बढ्ता सुविधा आफूले लिन चाहने यस्तो प्रवृति पाइन्छ । यो पनि अहङ्कारको पराकाष्ठा हो । जति ठूलो मान त्यति निहुरिनु मानले दिने आभूषण हो । यो आभूषण लगाउन सबै सबै सक्षम हुँदैनन् । उनीहरूको अन्तरहृदयमा रहेको अभिमानले उनीहरूलाई झुक्न दिंदैन । अनि कहाँबाट अहङ्कार ओझेल पर्न जाला ? सर्वसाधारणका लागि यो ठूलो रोग हो । कुनै व्यक्तिमा रोग लाग्यो भने त्यो रोगले त्यही व्यक्तिको शरीर जीर्ण बनाउने हो तर अहङ्कार भन्ने रोग जो कसैमा लाग्यो भने त्यो रोगले सारा परिवार, समाज र मुलुक नै नष्ट पार्न सक्छ । मुलुक हाँक्ने व्यक्तिमा अहङ्कार भन्ने रोग लाग्यो भने देश नै डुब्न सक्छ । कुनैपनि अहङ्कारीले कुनैपनि क्षेत्र पार लगाएको इतिहास आजसम्म पाइएको छैन् । परिवार भित्रको अहङ्कारी सदस्यले परिवार नै वदनाम बनाउँछ । समाजमा भएको अहङ्कारीले समाज वदनाम बनाउँछ । मुलुक हाँक्ने अहङ्कारीले मुलुक नै बदनाम बनाउँछ ।

आफूभित्र अहङ्कार छ कि छैन एकपटक आफूले आफै आत्ममूल्यांकन गर्नुपर्छ । आफूलाई आफै जाँच्नुपर्छ । परिणाम आफै देखिन्छ । मैले कसको आज्ञापालन गर्नु पर्ने थियो ? कस कसको आदर सम्मान गर्नुपर्ने थियो ? कसको सेवा गर्नुपर्ने थियो, कोसंग कस्तो वचन बोल्नुपर्ने थियो ? आफूले पाएको मान तथा सम्मान सुरक्षित राख्न कोसंग कस्तो व्यवहार गर्नुपर्ने थियो ? झुक्नुको अर्थ राम्ररी बुझ्नुपर्ने थियो कि थिएन ? परिवार र समाजमा कस्तो व्यवहार गर्नुपर्ने थियो ? यी सबैकुरा राम्ररी पूरा भएकी भएनन् ? हरेक मानवसंग गर्ने मानवीय व्यवहार गरियो कि गरिएन ? को को संग के ल्याईयो र कस कसलाई के दिनु थियो ? त्यो सबै पूरा भयो कि भएन ? यी सबै कुरा ख्याल गर्नु आत्ममूल्यांकन हो । आफूबाट तदनुकूलको व्यवहार भयो कि भएन ? भएको छैन भने आफूभित्र ऐजेरु जस्तै अहङ्कार झांगिएको छ भनेर बुझ्न गाह्रो हुनेछैन् । यसअघि थाहा थिएन भने अव त विश्वास लाग्ने भयो होला अहङ्कारको नालिवेली ?

दिल दिमागमा अहङ्कार पाल्नु भनेको भविष्य अध्याँरोतिर धकेल्दै लैजानु हो । अहङ्कारी जीवन जति दिन वित्नेछन् र दिनहरू जति वित्दै जानेछन् उति उति अँध्यारो कुनातिर जीवन धकेल्दै लैजान्छ । अन्तमा आफन्त भन्ने कोही रहँदैन् । सबै अवसरको पर्खाईमा हुनेछन् । जीवन पश्चात झन निन्दा भोग्नुपर्ने छ । न जीवन छँदा आफन्त कोही होलान न जीवन पश्चात आफ्नो राम्रो चर्चा गर्ने कोही भेटिएला ? अहङ्कारले जीवन रहँदामात्र होइन जीवन पश्चातको कमाई समेत बचाउन दिंदैन । यसकारण समय छँदै अहंङकार त्याग्नु सबैभन्दा बुद्धिमानी हुनेछ । आफ्नो मनको अन्तरकुन्तरमा केही अहङ्कारको शेष बचेको छ कि यसका वारेमा पहिले राम्ररी बुझ्न जरुरी छ । अनि कतै अहङकार बचेको छ भने त्यसलाई तत्काल त्याग्न तत्पर रहनुपर्दछ । अहङ्कारको परिणाम कदापी पाच्य हुँदैन । चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?