ट्रेंडिंग:

>> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै

बजार पर्खदै पटेरका हस्तकला

९ कार्तिक २०८१, शुक्रबार
९ कार्तिक २०८१, शुक्रबार

नवलपरासी, ०९ कार्तिक ।
जिल्लाको सुस्ता २ हर्कपुराका स्थानीय उद्यमीहरूले निर्माण गरेको हस्तकलाद्वारा निर्मित पटेरका सामग्रीहरूको बिक्री पर्खाइमा रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह लगायतका विभिन्न निकायले तालिम सिप प्रदान गरि उत्पादन गर्न लगाउने तर बजारी करण नगरिदिँदा निर्मित पटेरका आकर्षक हस्तकला सामग्री बिक्रीको पर्खाईमा रहेको छ ।

स्थानिय क्षेत्रमा पटेरहरूबाट बनेका चकटी, मोढा, अन्य भाँडाकुडा, झोला लगायतका सामग्री स्थानीय महिलाहरू घर घरमा तयार गरेको स्थानिय माधव चौधरीले बताए । तालिम धेरैले लिन्छन्, उनले भने, तालिम लिदासम्म बनाउने उत्साह हुन्छ, तर बजार नपाउँदा बिस्तारै उत्पादन गर्न छोड्दै जाने गरेका छन् । केही महिलाहरू आफ्नो दिन विताउनका लागि भए पनि उत्पादन गर्दै आएका छन्, उनले पटेरबाट बनेका सामग्री देखाउँदै भने, महगोँ पनि खासै पर्दैन तर बजारीकरण कस्ले गरिदिने भन्ने समस्या छ ।
बजारीकरण भयो भन्ने तालिम दिइने सबै महिला तथा पुरुषहरूले धमाधम उत्पादन गर्न सक्थे, तर बजारीकरण नै भएन् । उनका अनुसार एक सय भन्दा बढि उद्यमीले यस्ता तालिम लिइएका छन् । तर सामग्रीले बजार नपाउँदा उनीहरू उत्पादन गर्न छाडेर बसेका छन् । पर्यटकिय क्षेत्रहरूमा पनि स्टलहरूसम्म पुर्याएर यस्ता समाग्रिको बजार बनाउन सकिन्छ,तर त्यहाँसम्म पहुँच पु¥याउन कुनै संघसस्थाले नै पहल गर्नु पर्छ, ग्रामिण महिलाहरूको त्यहाँसम्म पहुँच पुग्दैन् ।

विगतमा केही बर्ष पहिला यहाँ बनेका समाग्रि अमेरिका लगायतका देशमा पनि आउने पर्यटकहरूले लिएर जाने गर्थे, तर अहिले केही समय देखि रोकिएको छ । बर्षमा दुई देखी ३ लाखसम्मका समाग्रि तिनै सस्थाहरू मार्फत काठमाडौ पठाईने गरिएको थियो । यी हस्तकला निर्मित समाग्रिको बजारीकरणका लागि पहल गरिदिन उनीहरूले सो क्षेत्रका साँसद मेयरलाई पनि आग्रह गरिएको सुनाए । त्यसै गरि संघिय सँसद राष्ट्रियसभाका पुर्व साँसद रामलखन हरिजनलाई पनि बजारीकरणका लागि आग्रह गर्दै भने,बजार पाए गाउँका सबै महिलाहरू गाँउ वरिपरि नै रहेका पटेरबाट यस्ता समाग्रि बनाउथे, पटेर पनि त्यसै खेर गई रहेको छ, महिलाहरू पनि घरमा मोवाईल चलाएर दिन बिताउने गरेकी छिन् । प्लाष्टिक समाग्रिले बजार लिइएको छ । यसबारे आम उपभोतmाहरूले पनि वातावरणमैत्री समाग्रि खरिद गरिदिन र सरकारी पक्षबाट पनि प्लाष्टिक नियन्त्रण गरि जैविक सामग्रीले बनेका स्थानीय हस्तकलाका सामग्री प्रयोग गर्नमा प्रोत्साहित गरिदिए पनि हुन्थ्यो ।

यसका लागि गाँउका महिलाहरूको पहुँच पुग्दैन्,चौधरीले साँसद हरिजनलाई आग्रह गर्दै भने, तपाईहरूबाट यस्ता हस्तकला जैविक सामग्रीको बजारीकरण र प्रोत्साहनका लागि पहल गरिदिन पर्छ । यसले घरमा बसेकी महिलाहरूको मोवाईल चलाउने बाध्यता हट्थ्यो, घरदैलोमै काम गर्ने बानीको विकास हुन्थ्यो, दुई पैसा महिलाहरूको हात पथ्र्यो, आर्थिक रूपमा आत्मनिर्भर हुने अवस्था आउँथ्यो । प्लाष्टिकले हुने प्रदुषण र आयात दुबै नियन्त्रण हुन्थ्यो । तर स्थानिय सरकार पनि तिनै प्लाष्टिक जन्य समाग्रिलाई नै प्राथमिकतमा राखेको छ । स्थानीय उत्पादन नारामा मात्रै सिमित भएका छन् । जबकी करोडौ बजेट खर्चेर स्थानिय सरकारले पनि आफ्नो शिक्षा क्षेत्रका विद्यालय, पुस्तकालय, स्वास्थ्य चौकी लगायतका स्वास्थ्य सस्थामा यस्ता समाग्रि खरिद गर्दा प्लाष्टिक भन्दा स्थानिय जैविक उत्पादनलाई खरिद गर्ने सोच र योजना बनाईदियो भन्ने स्थानिय स्तरमा रोजगारीको सृजना हस्तकलाको संरक्षण, यहाँका कच्चा पदार्थको उपयोग जस्ता बहुयामिक फाईदा पुग्ने देखिन्छ । यसका लागि पहुँचवाला ब्यतिmले नै भनिदिनु पर्ने आशय चौधरीको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?