ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

पोलियो दिवसमा सचेतनामुलक रयाली

८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार

बुटवल, ८ कार्तिक । अन्तराष्ट्रिय पोलियो दिवस (अक्टोबर २४) को अवसरमा रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ अन्तरगतका ३५ वटा क्लबहरुले रुपन्देहीमा वृहत कार रयाली गरेको छ । ‘पोलियो अब अन्त्य गर’ ब्यानरसहित गोलपार्कबाट शुरु भएको रयाली भैरहवा पुगेर समापन गरिएको थियो । समापन कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का निर्वतमान डिजी राजेन्द्र ध्वजुले रोटरीको पहिचानलाई कायम राखे गरि विश्वभर नै सामाजिक कार्यमा रोटरीयनहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

विभिन्न रिजनमा फरकफरक रचनात्मक कार्य गरेर पोलियो दिवस मनाउने क्रममा यसवर्ष रिजन ५ मा कार रयाली गरिएको उनले बताए । रोटरीको रिजन १,२ र ३ मा साईकल रयाली, रिजन ४ मा सडक नाटक तथा पाचमा कार रयाली, प्लेकार्ड र ब्यानर र डिजिटल बोर्डमा प्रसारप्रसार लगायत कार्यक्रम गरेर मनाईने उनले बताए । रोटरीबाट सन १९७९ मा पोलियो प्लस अभियान थालेको भन्दै उनले सन १९८८ मा विश्वबाट पोलियो निर्मुल गर्न डब्लु एचओसंग रोटरी ईन्टरनेश्नलले सम्झौता गरेर अभियानहरु चलाएको बताए ।

कार्यक्रममा डिष्ट्रिक पोलियो प्लस कमिटि चेयर ध्रुव धितालले शहरी क्षेत्र केन्द्रित सचेतनालाई यो वर्ष जोड दिएको बताए । रुपन्देहीका हाईवेमा रहेका फ्लाईओभरसहित विभिन्न स्थानमा ‘पोलियो अब अन्त्य गर’ को ब्यानर, प्लेकार्ड लगाउनेमात्र नभई विभिन्न स्थानका डिजिटल बोर्डहरुमा साझ ६ बजे १८ र १४ सेकेण्डका सचेतनामुलक भिडियो प्रदर्शन गर्ने उनले बताए । रोटरीले यो अभियानमा १ अर्ब डलर भन्दा बढि लगानी गरेको उनले दाबी गरे । नेपालमा सन २०१४ मे ७ मा पोलियो फ्रि घोषणा भएको उनले बताए । पाल्पामा ३ वटा क्लबहरु र दाङमा समेत क्लबहरुबाट कार्यक्रम हुने उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले पोलियो उन्मुलनमा रोटरी ईन्टरनेश्नलको योगदानबाट मिलेको सफलताबारे प्रकाश पारे । यस क्षेत्रमा जनस्वस्थ्यसंग समन्वय गरि भ्याक्सिनेसनको अभियान समेत चलाउने तयारी रहेको उनले बताए ।

कार्यक्रममा रिजन पाचका पोलियो प्लस कमिटि चेयर जितेन्द्र शर्मा, रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष प्रमोद पंन्थी, रोटरी क्लब अफ मेडिको फ्युजन ई हाईब्रिडका अध्यक्ष डा.विक्रम काफ्लेले शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण र सरसफाईको क्षेत्रमा समुदायस्तरमा रोटरी क्लबबाट निरन्तर कार्यक्रमहरु हुने गरेको बताए । रोटरी हाल २०८ देशमा १२ लाख सदस्यहरु आवद्ध रहेको सामाजिक संस्था समेत रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?