ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

संरक्षणमा ढिलाईः लोप हुँदै हिउँ चितुवा

८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार

‘भविष्यको पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ भन्ने नाराका साथ ११ औं अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस नेपालमा वुधवार मनाईएको छ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस विश्वभर विगत ११ बर्षदेखि मनाईदै आएको छ । हिउँ चितुवा दिवस मनाईरहँदा विश्वबाटै हिउँ चितुवा लोप हुँदै गएका छन । हिउँ चितुवा विश्वका १२ देशमा मात्र पाइन्छ । त्यही पनि यो बर्षेनी लोप हुँदै गएको छ । हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक हो तर पछिल्लोसमय हिमालमा हिउँ पग्लिनेक्रम बढ्दै जान थालेपछि यसको बासस्थानमै संकट उत्पन्न हुँदै गएको छ । जलबायु परिवर्तनका कारण हिमाल पग्लिदै उजाड बन्दै जान थालेपछि हिउँ चितुवाको बासस्थान लोप हुँदै गएको अवस्था छ । त्यसो त यो दिवसको बिषयमा आम नेपाली जनतासमक्ष जानकारी नै पुगेको छैन । त्यही पनि वन तथा वातावरण मन्त्रालयले यो दिवस आज विभिन्न कार्यक्रम गरी औपचारिकताको लागि भएपनि मनाउँदैछ । दिवसको अवसरमा सरकारले कञ्चनजङ्घा संरक्षण क्षेत्रको हिउँ चितुवा सर्वेक्षण नतिजा सार्वजनिक गर्दैछ । डोल्पा राष्ट्रिय निकुञ्जभन्दा पूर्व (वन क्षेत्र) को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकार्पण र डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएको जङ्गली याकको फोटो फ्रेम अनावरण गरिने भएको छ । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । तर, नेपालसंगै ती देशबाट पनि हिउँ चितुवा लोप हुँदै जान थालेपछि वातावरणविदहरूले चिन्ता प्रकट गरेका छन ।

वातावरण विनास, विश्वव्यापी कार्बन उत्सर्जन, तीब्र औद्योगिकरण लगायतका कारण उत्पन्न जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको छ । जसको फलस्वरूप हिमाल पग्लिनेक्रम बढेको छ भने हिमाली क्षेत्रमा पाईने जीवजन्तु लोप हुनेक्रम बढेको छ । जसको फलस्वरूप हिमालका लागि पहिचान वनेको हिउँ चितुवाको बासस्थानमा ह्रास आएको छ ।
अध्ययनका अनुसार हिउँ चितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको छ । उक्त बासस्थान क्षेत्र खण्डिकरण हुँदै गएको छ । पछिल्लोसमय हिमाली क्षेत्रमा विषादीको मात्रा बढाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्दा हिउँ जनावरहरू लोपोन्मुख हुँदै गएका छन । यो चुनौतिको बिषय हो । संरक्षणविदहरूले हिउँ चितुवा संरक्षणका लागि तीनै तहका सरकारबीच सहयोग र समन्वयको आवश्यकता औँल्याएका छन । यसमा सरकारको प्रयास र तत्परता महत्वपूर्ण हुन्छ । स्थानीय समुदायमा चेतना फैलाउने, अनुगमन गर्ने तथा यसको अवस्था, स्थिति, चुनौती र समाधान उपायका बारेमा थाहा पाउन बेला बेलामा सर्वेक्षण गर्नेतर्फ तीनै तहका सरकारले ध्यान दिनु जरुरी छ । हिउँ चितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । हिउँ चितुवालाई आइयुसिएनले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । अतः अवको दिनमा हिउँ चितुवा संरक्षणमा सरकारको मात्रै होइन वातावरण संरक्षणप्रति चिन्ता र चासो राख्नेहरूको ध्यान जानु जरुरी छ ।

नेपालबाट हरेक बर्ष हिउँ चितुवाको संख्या मासिदै गएको छ । पहिले पाँचसयको हाराहारीमा रहेको हिउँ चितुवा अहिले दुईसयभित्रै सीमित भएको छ । संरक्षणविदहरू उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा हिउँ चितुवालाई मान्दै आएका छन् । अवको दिनमा हिउँ चितुवाजस्तो लोपोन्मुख प्रजातिको चोरी सिकार तथा बेचबिखन नियन्त्रण गर्नेतर्फ सवैले ध्यान दिनु जरुरी छ । हिउँ चितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँ चितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्नेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?