© २०२३
बुटवल, ०८ कार्तिक ।
मिर्गौला तथा मुटु पीडित सरोकार समाज नेपाल लुम्बिनी प्रदेश बुटवल १० रामनगर को आयोजानमा विभिन्न निकायको सहयोगमा मृगौला पीडितहरूलाई सहयोग प्रदान गरिएको छ । मृगौला पीडित अति बिपन्न परिवार, मिर्गौला फेल भै डाइलेसिस गरिरहेका बिरामीहरूलाई खाद्यान्न, लत्ताकपडा वितरण गरिएको समाजका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए ।
रोटरी कलब अफ बुटवल डाउन टाउनकोको सहयोगमा २० जना अतिबिपन्नपरिवार लाई खाद्यान्न बस्तु चाडपर्व लाई लछितगरि वितरण गरिएको हो । कार्यक्रममा समाजका निर्वतमान अध्यक्ष तथा सल्लाहकार रमेस केसी, बरिस्ठ उपाध्यक्ष माधब प्रसाद श्रेष्ठ, रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव प्रसाद ज्ञवाली, वडा सदस्य यमुना काउचा, धर्मदत्त ज्ञवाली लगायतका सहभागीता रहेको थियो ।