ट्रेंडिंग:

>> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला

रुपन्देहीमा वृहत कार रयाली तथा पोलियो विरुद्धको सचेतना कार्यक्रम

७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार

बुटवल, ७ कार्तिक । अन्तराष्ट्रिय पोलियो दिवसको अवसरमा बिहिबार नेपालसहित विश्वभर विविध रचनात्मक सचेतना कार्यक्रम गरि मनाईदै छ । पोलियो उन्मुलनको अभियान थालेको रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ अन्तरगतका रोटरी क्लबहरुको आयोजनामा रुपन्देहीमा वृहत सचेतनामुलक ‘पोलियो अब अन्त्य गर’ ब्यानर, डिजिटल डिस्प्ले तथा कार रयाली गरिने भएको छ । रोटरी क्लब अफ बुटवलको सचिवालयमा बुधबार पत्रकार सम्मेलन गरि डिष्ट्रिक पोलियो प्लस कमिटि चेयर ध्रुव धितालले पोलियो अभियानमा रोटरीको योगदानबारे प्रकाश पारे ।

नेपालको रिजन १,२ र ३ मा साईकल रयाली, रिजन ४ मा सडक नाटक तथा पाचमा कार रयाली, प्लेकार्ड र ब्यानर लगायतका सचेतनामुलक कार्यक्रम गर्न लागेको उनले बताए । रुपन्देहीका हाईवेमा रहेका फ्लाईओभरसहित विभिन्न स्थानमा ‘पोलियो अब अन्त्य गर’ को ब्यानर, प्लेकार्ड लगाउने कार्यक्रम रहेको उनले बताए । यसैगरि विभिन्न स्थानका डिजिटल बोर्डहरुमा साझ ६ बजे १८ र १४ सेकेण्डका सचेतनामुलक भिडियो प्रदर्शन गर्ने उनले बताए । विशेष गरि बुटवल, भैरहवा, सैनामैना लगायतका क्लबहरुको बुटवल गोलपार्क हुदै भैरहवासम्म कार रयालीमा सहभागीता रहने उनले बतए । पाल्पामा ३ वटा क्लबहरु र दाङमा समेत क्लबहरुबाट कार्यक्रम हुने उनले बताए । रोटरीबाट सन १९७९ मा पोलियो प्लस अभियान थालेको भन्दै उनले सन १९८८ मा विश्वबाट पोलियो निर्मुल गर्न डब्लु एचओसंग रोटरी ईन्टरनेश्नलले सम्झौता गरेर अभियानहरु चलाएको बताए । ‘रोटरीले अहिलेसम्म १ अर्ब डलर भन्दा बढि लगानी गरेको छ ।’—उनले भने । नेपालमा सन २०१४ मे ७ मा पोलियो फ्रि घोषणा भएको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले पोलियो सचेतना र उन्मुलनमा रोटरी ईन्टरनेश्नलको योगदानबाट सफलता मिलेको दाबी गर्दै केही देशहरुमा अझै पनि यसको समस्या रहेको हुदा पनि विश्वबाट नै उन्मुलनको अभियान अझै चलाउन जरुरी रहेको बताए । यस क्षेत्रमा जनस्वस्थ्यसंग समन्वय गरि भ्याक्सिनेसनको अभियान समेत चलाउने तयारी रहेको उनले बताए ।

कार्यक्रममा रिजन पाचका पोलियो प्लस कमिटि चेयर जितेन्द्र शर्मा, रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष प्रमोद पंन्थी, रोटरी क्लब अफ मेडिको फ्युजन ई हाईब्रिडका अध्यक्ष डा.विक्रम काफ्लेले शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण र सरसफाईको क्षेत्रमा समुदायस्तरमा रोटरी क्लबबाट निरन्तर कार्यक्रमहरु हुने गरेको बताए । रोटरी हाल २०८ देशमा १२ लाख सदस्यहरु आवद्ध रहेको सामाजिक संस्था समेत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?