ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

सरकारको मूल्यांकनमा हतारो किन ?

७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको सय दिन पूरा भएको छ । सरकारको सय दिनलाई पर्ख र हेरको रूपमा अथ्र्याउने गरिन्छ । सय दिनको समयले सरकारको आगामी दिनको दिशा निर्धारण गर्दछ । त्यसैपनि सरकारले बल्ल दिशाबोध गर्दैछ । अर्थतन्त्र लयमा आउँदैछ । तर, यही बेला सरकारमाथि अनेकखाले टिका टिप्पणी गर्न थालिएको छ । त्यसो त विपक्षी दलहरूले सरकारको सय दिनलाई लिएर खरो आलोचना गर्नु स्वाभाविक हो । किनभने नेपालमा राम्रो काम गरेपनि सत्तापक्षको आलोचना गर्नैपर्ने बिपक्षीहरूको नियती नै बनेको छ । यो परिस्थितिमा सरकारमाथि अहिले आलोचनाको ज्वारभाटा प्रहार भैरहेको छ । निश्चितरूपमा देश सामान्य अवस्थामा छैन । त्यसैले सरकारले पनि अहिले सामान्यरूपमा कामकाज गरेर पुग्दैन । तर, सरकारले सय दिन पूरा गर्दैगर्दा सरकारको विषयलाई लिएर टिकाटिप्पणी र आलोचना सुरु भएकोले सरकारलाई सहजरूपमा काम गर्ने वातावरण हुँदैन कि भन्ने आशंका जन्मिएको छ । प्रधानमन्त्री ओलीले आर्थिक संकटको महामारीबाट अर्थतन्त्रलाई बौराउनु अनिवार्य भएको छ । तर, जुनरूपमा सरकारमाथि टिकाटिप्पणी सुरु भएको छ त्यसले सरकारलाई काम गर्न भने सजिलो छैन भन्ने प्रमाणित भएको छ । सरकारको विषयमा टिका टिप्पणी गर्न अझै थुप्रै समय बाँकी छ । जुनकुनै सरकारलाई पनि तीन महिनासम्म काम गर्ने समय हुन्छ र त्यसपछिमात्र सरकारको कामका बिषयमा समीक्षा हुन्छ । तर, अहिले सुरुवाती दिनवाटै सरकारप्रतिको टिका टिप्पणीले सरकारमाथि काम गर्नेभन्दा पनि दवाव बढाउने काम भैरहेको छ । अहिले सरकारलाई काम गर्न दिउँ, त्यसपछि सरकारको कामको मूल्याँकन गर्न सकिन्छ । त्यो समय आउनै बाँकी छ । त्यसैपनि यो सरकारको आयु दुई बर्ष अर्थात सातसय ३० दिन तोकिएकै छ । बाँकी ६ सय ३० दिन सरकारले अझै काम गर्ने समय छ । तर अहिले नै हतार हतार सरकारको कार्यशैलीलाई लिएर टिकाटिप्पणी सुरु हुनु राम्रो होइन् । सरकारले लय नसमात्दै भैरहेको आलोचनाले सरकारमाथि दवाव पर्ने हो कि भन्ने आशंका बढेको छ । यद्यपि सरकार जस अपजसको भागिदार हुनैपर्दछ तर केही समय काम गर्न दिएर सरकारको मूल्यांकन गर्नु मनासिव हुन्छ । कम्तीमा ओली नेतृत्वको सरकारको एक चौथाई समय पनि पूरा नभएकोले सरकारलाई आफ्नो रफ्तारमा काम गर्न दिनुपर्दछ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको आलोचना गर्ने समय अझै धेरै बाँकी छ । रात रहे अग्राख पलाए भनेझै सरकारले गरेका कामको मूल्याँकन गर्ने समय अझै धेरै छ । जुनकुनै सरकारको आलोचना गुण र दोषको आधारमा गरिन्छ । तसर्थ अहिले नै सरकारको विषयलाई लिएर आलोचनाको हतारो भन्दा सरकारले गर्ने कामका बिषयमा टिप्पणी बढी सान्दर्भिक हुन्छ । प्रधानमन्त्रीसँग यसपटक चौतर्फी अपेक्षा र दबाब छन् । यसपटक प्रधानमन्त्रीले आफूलाई सुधार गर्नेमात्र होइन, समग्र लोकतान्त्रिक पद्धतिप्रति उत्पन्न हुन लागेका वितृष्णा रोक्नेछन भन्ने आशा छ । प्रधानमन्त्री ओलीले लिने सबै निर्णयमा निर्मम समीक्षा गर्नैपर्दछ । तर, राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने शैली बिपक्षी दलहरूले पनि राख्नुपर्दछ । हिजोको दिनमा भएका बेठिक काम र व्यवहार ओलीबाट दोहोरिए भने त्यो जनताका लागि स्वीकार्य हुँदैन । पछिल्लोपटक व्यवसायी मिनबहादुर गुरुङले पार्टी भवन वनाउन दिएको जग्गाको बिषयमा ओलीको बढी नै आलोचना भएको छ । तर, मिनवहादुर गुरुङले विगतमा सवै पार्टीहरूलाई गर्दै आएको सहयोग र पार्टीहरूले पनि लिदै आएको दानको अर्को पाटोलाई पनि बिर्सन हुँदैन् । ओलीमाथि अर्को गंभीर चुनौति छ– देशको अर्थतन्त्र सही दिशामा ल्याउनु । यो कठिन चुनौति पार लगाउन उनलाई दह्रो साथको खाँचो छ । आर्थिक संकटको विद्यमान अवस्थाबाट मुलुकलाई माथि उठाउन सरकार सफल भयो भने यो सरकार इतिहासकै सफल सरकार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?