ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

बधशालाको मासु बेच्ने व्यवसायीलाई व्यवसायीकै २ लाख जरिवाना : उपमहानगर भन्छ- बधशाला सञ्चालनमा कानुनविपरित जान सकिंदैन

६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार

बुटवल, ६ कात्तिक ।

बुटवल उपमहानरपालिकाले प्रदेश सरकारको सहयोगमा निर्माण गरेको पशु बधशालाबाट खसी, बोकाको मासु बिक्री गर्दै आएका मासु व्यवसायीलाई मासु व्यवसायी समितिबाट २ लाख जरिवाना तोकिएको पाइएको छ ।

स्वच्छरुपमा उपभोक्ताहरुलाई बधशालामा पशु चिकित्सकबाट प्रमाणित गरेको मासु ल्याएर आफ्नो मासु पसलमा बिक्री गर्दै आएका बुटवल उपमहानरपालिकाका २ जना व्यवसायीलाई मासु व्यवसायी समिति नेपाल रुपन्देही शाखाबाट उल्टै कारवाही गरिएको हो । कारवाही सहित २ लाख रुपैयाँ जरिवाना लगाउने गरी चिठ्ठी समेत काटेको पाइएको छ ।

बुटवल उपमहानरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा बुटवल १० रामनगरमा रहेको बुटवल औद्योगिक क्षेत्रको जग्गामा २५ वर्षको लागि भाडामा लिएर पशु बधशाला सञ्चालनमा रहेको छ । अहिले मुक्तिनाथ लाइभस्टक बैंकले सञ्चालन गर्दै आएको यो पशुबधशालामा प्रति खसी बोका, पशु स्वाथ्य ऐन अनुसार चेक जाँच गरेर मात्रै ७ सय रुपैयाँमा बध गरेर व्यवसायीहरुलाई दिने गरिदै आएको छ ।

मासु व्यवसायी संघ नेपाल रुपन्देहीले आफुले बधशाला सञ्चालन गर्न पाउनुपर्ने माग सहित बधशाला नजाने घोषणा गर्दै आएका छन् । बुटवल उपमहानगरपालिका भित्र रहेका ७१ वटा मासु व्यवसायीहरु मध्ये ४ वटा मात्रै मासु व्यवसायीहरुले रातको समयमा, लुकी लुकी पशु बधशालाबाट मासु ल्याएर बिक्री गर्दै आएका छन् । यसरी स्वच्छ मासु बिक्री गर्दै आएका व्यवसायीहरुलाई मासु व्यवसायी समितिबाट मासु नबेच्नको लागि ‘धम्की समेत आएको’ भन्दै बुटवल उपमहानरपालिकामा गुनासो गरेका छन् ।

बुटवल उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले स्वाच्छ मासुको कारोबार गर्ने व्यवसायीहरुलाई सिन्डीकेट लगाउँदै मासु नकिन्नको लागि मासु व्यवसायी संघबाट नै धम्की दिने गरेको गुनासो नगरपालिकामा आएको जानकारी दिए । उनले भने–‘मासु बेच्न रोक्नको लागि व्यवसायी समितिबाट नै व्यवसायीहरुलाई धम्की आएको भन्दै नगरपालिकामा गुनासो आएको छ, हामी यो विषयमा पनि गम्भीर भएका छौं ।’

मासु व्यवसायी समितिमा आवद्ध भएका ७ जना व्यवसायीहरुले अहिले पशु बधशालामा बध गरेको स्वच्छ, प्रमाणित मासु बिक्री गर्दै आएका छन् । दसैंको सोह्र श्राद्धपछि हाल सम्म ५० लाखको मासुको कारोबार बधशालाबाट भएको छ । एक जना व्यवसायीले ४४ वटा सम्म खसी बोका बधशालामा बध गरेर बिक्री गर्दै आएका छन् ।

बुटवल उपमहानरपालिकाका एक अधिकृतका अनुसार मासु व्यवसायी समितिबाट बधशालाको मासु बिक्री गरेको भन्दै व्यवसायीलाई २ लाख रुपैयाँ जरिवाना गर्ने धम्की आएको ती व्यवसायीले गुनासो गरेको बुटवल टडेलाई जानकारी दिए । उनले भने–‘बधशालाको मासु बिक्री नगर्न, समितिबाट नै उर्दी जारी भएको रहेछ, यसमा हामीले बेचेको पाइएमा २ लाख जरिवाना गर्ने भन्दै व्यवसायीलाई तर्साउने काम भएको पाइएको छ,’ ती अधिकृतले भने ।

यता, बुटवल उपमहानपालिकाले भने मासु व्यवसायीहरुसंग छलफल र संवाद गरी अवको ३ दिनमा लिखित रुपमा मासु व्यवसायीहरुको खास समस्या के हो ? किन बधशालामा गएर मासु खरिद बिक्री, बध नगर्ने हो ? भन्ने विषयमा जवाफ माग गरिएको जनाएको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मित्र मणि खनालले यो विषयमा सर्वदलीय, सर्वपक्षीय छलफल गरी लिखित रुपमा कारण र समस्या समाधानको उपाय खोजी गरिएको जानकारी दिए ।

बधशालाको विषयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले कानूनी प्रक्रिया नै पुरा नगरी सुरुवाती चरणमा बधशालामा सहभागी हुन आएको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिको कार्यपालिका बैठकबाट २०८० जेठ ३ गते ठेक्का रद्द गर्ने निर्णय गरेको र पछि दुई पटक सम्म पनि उक्त प्रालि उक्त ठेक्का प्रक्रियामा समावेश नभएको कारण पछिल्लो समयमा मुक्तिनाथ लाईभस्टक बैंकले उक्त बधशाला सञ्चालन गरिरहेको जनाएको छ ।

उपमहानरपालिकाका योजना महाशाखा प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले अहिलेको अवस्थामा ५ बर्षको लागि सार्वजनिक खरीद ऐन बमोजिम सेवा सञ्चालनको लागि ठेक्का दिइसकेको अवस्थामा ठेक्का रद्द गर्ने र अर्को कम्पनीलाई दिने अवस्था नभएको बताए ।

उनले ५ बर्ष पछि नयाँ ढंगबाट जाने समेत जानकारी दिए । मासु व्यवसायीहरुले स्थापना गरेको कम्पनी बुटवल मासु उत्पादन तथा प्रशोधन कम्पनी प्रालिसंगै सुरुवाती दिनमा मासु बध गर्ने अनुमति पत्र नभएको, प्राप्त मात्रामा टेन्डर आह्वान नभएको, सार्वजनिक निजी साझेदारी अन्तर्गत व्यवसायीहरुले सञ्चालन गर्न दावी पेश गर्दा कानूनीरुपमा व्यवसायीहरुको लगानी नभएको, सञ्चालनको लागि पनि व्यवसायीहरुले कुनै पनि लगानी नगरेको, साथै बीड डकुमेन्ट पेश गर्दा बर्षको निश्चित रकम भन्दा पनि नाफाको ५ प्रतिशत मात्रै दिने गरी बीड प्रस्तुत गरिएको लगायतका कारण देखाउँदै कार्यपालिका बैठकबाट उक्त ठेक्का सम्झौता मनसाय रद्द गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?