ट्रेंडिंग:

>> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता

व्यापार संघको २५ औं वर्षगाँठमा प्रधानमन्त्री आउने

५ कार्तिक २०८१, सोमबार
५ कार्तिक २०८१, सोमबार

बुटवल, ४ कार्तिक– रूपन्देही व्यापार संघको २५ औं बार्षिकोत्सव कार्यक्रमको मुल समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा कार्तिक २८ गते आयोजना गर्ने मुल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा आउने तय भएको संघ अध्यक्ष दिपक प्रसाद अधिकारीले बताए । अध्यक्ष अधिकारीको नेतृत्वमा काठमाडौं गएको टोलीले प्रधानमन्त्रीलाई भेटगरि कार्यक्रममा प्रमुख आतिथिका रूपमा सहभागि हुन गरेको आग्रहलाई प्रधानमन्त्रीले स्वीकार गरि कार्यक्रममा उपश्थित हुने जनाएका हुन । त्यसैगरि कार्यक्रममा सहभागिताका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरि निमन्त्रणा गरिएको छ । अर्थमन्त्रीले पनि कार्यक्रममा सहभागी हुने जनाएको अध्यक्ष अधिकारीले बताए ।

जिल्ला भित्र छरिएर रहेका व्यवसायहरूलाई संगठित गर्दै संघले आफ्ना नियमित कार्यक्रमहरू तथा निरन्तर व्यवसायिक गतिविधिहरू गर्दै आएको बताउदै संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा साप्ताहिक रूपमा रजत महोत्सव मनाउने तयारी गरेको जनाकारी गराएका थिए । उक्त अवसरमा अध्यक्ष अधिकारीले व्यापार संघको बारेमा एवं व्यापार व्यवसायमा देखिएका समस्या र नीजि क्षेत्रले सामना गर्नु परेका असहज अस्वाथका बारेमा जानकारी गराउँदै यसमा राज्यले सुधारका लागि चाल्नुपर्ने कदमका बारेमा जानकारी गराए ।

टोलीमा अध्यक्ष अधिकारीसहित संघका सचिव मनहरी वस्याल, कार्यालय प्रमुख सरोज पोखरेल सहभागी थिए । संघले साताव्यापीरूपमा आगामी कार्तिक २२ गतेबाट विभिन्न कार्यक्रम गर्ने जनाएको छ । रजत महोत्सवको अन्तिम दिन मुल कार्यक्रमका रूपमा कार्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ । त्यस अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गर्नै, स्मारिका विमोचन तथा स्तम्भ अनावरण गर्ने तयारी गरिएको छ ।

संघले साताव्यापी कार्यक्रम अन्तरगत कार्तिक २२ गते मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, कार्तिक २३ गते जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, कार्तिक २४ गते संघसंस्था स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, कार्तिक २६ गते वृहत रक्तदान कार्यक्रम तथा मुटु र पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, कार्तिक २७ गते अस्पतालमा विरामीलाई निःशुल्क फलफूल वितरण तथा रूपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने सकारात्मक प्रभाव विषयक गोष्ठी गर्ने कार्यक्रम तय गरेको छ ।
अध्यक्ष अधिकारीले २५ औं वर्षलाई रजत महोत्वसका रूपमा साता व्यापी कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको बताउदै संघले मनाउन गैरहेको रजत महोत्सव कार्यक्रमहरूमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । रूपन्देही व्यापार संघ २०५७ साल कार्तिक २८ गते “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार बिस्तार” भन्ने मुल नाराका साथ विशुद्ध रूपमा व्यवसायीहरूमा परेका समस्याहरूको संबोधन गर्न र व्यवसायीहरूको एकतालाई बलियो बनाउने उद्देश्यले स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?