Butwal Today

बाँकेमा अवैध लत्ताकपडा र कारसहित दुई जना पक्राउ

५ कार्तिक २०८१, सोमबार
अ+
अ-

नेपालगञ्ज ।

जिल्ला प्रहरी बाँकेले नेपालगञ्जको एक कपडा गोदाममा छापा मार्दै एउटा जीपसहित अवैधरुपले भण्डारण गरिएको ठुलो परिमाणको अवैध लत्ताकपडा, जीपसहित दुई जनालाई पक्राउ गरेको छ ।

आज बिहानै नेपालगञ्ज–२ घरबारी टोलस्थित एक कपडा गोदाममा आफैं पुगेका जिल्ला प्रहरी बाँकेका एसपी तुलबहादुर कार्कीको कमान्डको टोलीले अवैध रुपमा भणडारण गरि राखेको अवस्थामा ३ लाख ८५ हजार २ सय रुपैयाँ बराबरको कटन र उलनको कुर्ता सुरुवाल, स्वेटर बरामद गरेको हो ।
प्रहरीले उक्त गोदामबाट कपडा ढुवानी गर्न राखिएको ७ लाख रुपैयाँको एउटा जीपसहित ढुवानीमा संलग्न रहेका दुई जनालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

बरामद गरिएको लत्ताकपडा र जीप गरि जम्मा १० लाख ८५ हजार २ सय रुपैयाँ बराबरको सामाग्री र दुई जनालाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।