ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

पार्टी विभाजन गर्ने अध्यादेश ल्याए राम्राे हुँदैन : माधव नेपाल

५ कार्तिक २०८१, सोमबार
५ कार्तिक २०८१, सोमबार

कपिलबस्तु ५ कात्तिक ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन चेतावनी दिएका छन् । उनले अरुलाई सिध्याउने उदेश्यले अध्यादेश ल्याउन लागेको सुनेको बताउँदै सरकारलाई अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन चेतावनी दिएका हुन् । सोमबार नेकपा एकिकृत समाजवादीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले हिटलरी शैलीलाई परित्याग गर्न घुराउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।  ‘देशलाई विकास कसरी गर्ने त्यसमा छलफल गर्नुस्, हामी पनि छलफल गर्न तयार छौं’ नेपालले भने –‘ अरु पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन ।’
उनले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जाने बताए । ‘संसारको इतिहासले बताएको छ । संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस्’ ओलीतर्फ संकेत गर्दै नेपालले भने । आफूहरूमा एमाले र केपी शर्मा ओली कसैसँग पनि बदलाको भावना नभएको बताए । उनले आफुहरु देश विकास कसरी गर्ने भन्ने विषयमा सहयोगी बन्न तयार रहेको बताए ।
अध्यक्ष नेपालले कतिपयले नेकपा एकिकृत समाजवादीका बारेमा भ्रम फैलाएको बताए । ‘एमालेमा विलिन हुने वा माओवादीमा मिसिन लागेको भनेर गरेको प्रचार गलत छ, हामी कसैसँग विलिन हुँदैन, आफ्नै खुट्टामा उभिन्छौं’ अध्यक्ष नेपालले भने । उनले विचार र मन मिल्नेहरुसँग सहकार्य गरी मोर्चा भने बनाउने बताए । उनले क्रान्तिकारीहरुविच माओवादी, विप्लव र नेसपासँग मिलेर राजनीतिक मोर्चाबन्दी गरेको बताउँदै तत्तकाल कसैसँग एकता गर्ने पक्षमा भने नरहेको बताए ।
उनले आफूहरुलाई राम्रो देख्नेले राम्रो नै मानेको बताए । नेकपा एकिकृत समाजवादी पार्टी गठन गर्नुके पछाडि राजनीतिक र संविधान जोगाउने प्रश्नसँग जोडिएको बताए ।  ‘फुलको आखाँमा फुलै संसार, हामीले राम्रो गरेका छौं’ उनले भने –‘कतिपय साथीहरु कागले कान लग्यौ भनेर कुद्ने प्रवृति देखिएको छ, कान छाम्नुस, त्यसै नकुद्नस् ।’  उनले आफुहरु ठिक ठाउँमा रहेको बताउँदै आफूहरुको राजनीतिक मुद्धा ठिक भएको बताए ।  ‘पार्टी बनाएर ठिक ग¥यौ की बेठिक ग¥यौं, घटनाक्रम र राजनीतिक उकुसमुकुसले बताइरहेको छ’ उनले भने –‘संविधान बचाउन र कम्यूनिष्ट आन्दोलनलाई स्थापित गर्नका लागि पार्टी गठन गरेका हौं ।’

उनले २०७७ सालमा एमालेको पार्टी सदस्य १ लाख ५ हजार रहेको स्मरण गर्दै अहिले नेकपा एसको पार्टी सदस्य १ लाख ५० हजार सदस्य रहेको बताए । ‘हामी सानो छैनौं, मधेशमा हाम्रो पार्टीप्रति जनलहर बढिरहेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?