ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

एमाले सिद्धार्थनगरको दोस्रो अधिवेशन कात्तिक १२ गते हुने

५ कार्तिक २०८१, सोमबार
५ कार्तिक २०८१, सोमबार

भैरहवा, ५ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशनयहीकार्तिक १२ गते हुने भएको छ । आइतबार भैरहवामा बसेको नगर कमिटीको पूर्ण बैठकले कार्तिक १२ गते सोमबार बिहान ११ बजेदेखि सिद्धार्थनगर नगरपालिका–१२ स्थित युनिक बैंक्वेटमा दोस्रो अधिवेशनगर्ने निर्णय गरेको हो ।

नगर अधिवेशनका लागि यही कार्तिक ९ गते शुक्रबार दिउँसो १ बजे १३ वटै वडामा प्रतिनिधि छनौट गरिने एमाले सिद्धार्थनगरका अध्यक्ष चक्रबहादुर थापाले बताए ।

अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु बनाइएको छ । जसअन्तर्गत अधिवेशन आयोजक समितिको संयोजकमा नगर अध्यक्ष चक्रबहादुर थापा रहेका छन् । त्यस्तै आर्थिक समितिमा अर्जुन कुमार गिरी, मञ्च व्यवस्थापनमा कुमार गुरुङ, प्रतिनिधि व्यवस्थापनमा माया कंडेल, प्रचार प्रसार समितिमा शशि पन्थी र स्वयंसेवक व्यवस्थापनमा नर्जुन गुरुङ रहेका छन् ।

बैठकमा बोल्दै एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले सिद्धार्थनगरमा पार्टीलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले त्याग र समर्पणको संस्कृति स्थापित गर्न आग्रह गरे । उनले भने, ‘भैरहवा इतिहास बोकेको ठाउँ हो । नेताले नेता स्थापित गर्नुपर्छ । म भन्दा फलानो राम्रो भन्न सक्नुपर्छ । पार्टीमा इमान्दीरताका साथ काम गरिरहेकालाई प्राथमिकता दिनैपर्छ ।’

राष्ट्रिय सभाका पूर्व सदस्य तथा एमाले रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत रहेका नेता भट्टराईले वर्तमान सरकार राम्रो काम गर्नका लागि बनेको बताए । ‘सत्तापक्ष र प्रतिपक्ष मिलेर सरकार बनाएका छौं । संसारमा यस्ता घटना बिरलै घट्ने गर्छन् । अर्थतन्त्रमा सुधार, संविधान संशोधन, विकास निर्माणका कार्यलाई तीव्रता दिनलगायत एजेण्डाका साथ नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनाएका छौं, हामीविरुद्ध अहिले पनि घेराबन्दी छ,’ उनले भने ।

त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगरमा एमाले कमजोर नरहेको दावी गरे । उनले भने, ‘कसैले पार्टी छोड्छु भन्दै धम्काएर केही फरक पर्दैन ।’ २०८४ सालमा हुने निर्वाचनमा एमालेले बहुमतका साथ निर्वाचन जित्नुपर्ने उनको भनाइ छ ।

पार्टीको रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले सिद्धार्थनगरलाई एमालेको किल्लाको रुपमा स्थापत गर्नुपर्नेमा जोड दिए । एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थीले अधिवेशन सभ्य र भव्य रुपमा सफल बनाउनुपर्ने बताए ।

पार्टीको रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरलाई एमालेमय बनाउनुपर्ने र आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ जिताउनपर्ने बताइन् ।

एमाले सिद्धार्थनगरका उपसचिवकुमार गुरुङ, तथा उपसचिव माया कंडेलले पनि मन्तव्य व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?