ट्रेंडिंग:

>> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा

सरकारः आश्वासन होइन राहत देऊ

५ कार्तिक २०८१, सोमबार
५ कार्तिक २०८१, सोमबार

गत असोज ११ र १२ गते परेको भीषण बर्षाका कारण विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका पालिकाहरूमा सरकारले राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि ५० लाखदेखि एक करोड रूपैयाँसम्म अनुदान दिन सिफारिस भएको छ । विपद प्रभावितलाई तत्काल राहतको खाँचो छ । बाढी र पहिरो प्रभावितहरूको त्रिपाल मुनीको बास भैरहेको छ । यस्तो बेला सरकारले तत्काल ठाउँको ठाउँ राहत लिएर पुग्नुपर्ने हो तर बाढी र पहिरो प्रभावितको अवस्था पनि गत बर्ष यही बेला जाजरकोट, बझाङ र डोटीमा गएको पहिरोमा परी विस्थापित भएकाहरूको जस्तो नहोस् । एक बर्ष हुँदापनि भुकम्प पीडित अझैपनि राहतको आशामा बसेका छन् । उनीहरूलाई पनि तत्कालीन सरकारले अहिले बाढी पहिरो प्रभावितलाई जस्तै आश्वासनको पोका बाँडेको थियो तर अहिलेसम्म न घर पुनर्निर्माण भएको छ न त उनीहरूलाई अहिलेसम्म राहतको प्रभावकारी प्याकेज नै उपलब्ध गराइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले विपद् संकटग्रस्त घोषित गरिएका ७१ वटा पालिकालाई अनुदान उपलब्ध गराउन सिफारिस गरेको छ भने सबैभन्दा बढी प्रभावित नौ पालिकालाई एक/एक करोड, बढी प्रभावित १२ पालिकालाई ७५ लाख र बाँकी विपद् प्रभावित ५० पालिकालाई ५० लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराउन सिफारिस गरेको छ । प्राधिकरणको यो सिफारिस कार्यान्वयन हुन नै अझै कति समय लाग्ने हो ? निश्चित छैन ।

त्यतिञ्जेल बाढी पहिरो प्रभावितहरू सरकारले दिने राहत कुरेरै बस्नुपर्ने अवस्था छ । प्राकृतिक बिपदको अवस्थामा तत्काल राहत प्रदान गर्नुपर्नेमा सिफारिसमै अल्झिने अवस्था आउनु दुःखद बिषय हो । यसैगरी गएको वर्ष जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्पपछिको क्षति आँकलन तत्काल अघि बढाएर स्थायी निजी आवास पुनःनिर्माण प्रक्रियाको विस्तृत कार्ययोजना तयार गर्न प्राधिकरणलाई निर्देशन गर्ने निर्णय पनि भएको छ । दुर्भाग्य भुकम्प गएको एक बर्षपछि मात्र सरकारले बल्ल निर्देशन जारी गर्दैछ । भुकम्प पीडितहरू एक बर्षसम्म सरकारको आश्वासन कुरेर कसरी बसे होलान ? उनीहरूको अवस्था अहिले कस्तो छ ? भन्ने बिषयमा सरकारले कुनै खोजखबर गरेको छैन । भुकम्प पीडित जनता अहिलेपनि खुला आकाशमुनि बस्न बाध्य छन् । ज्येष्ठ नागरिकले औषधि पाउन सकेका छैनन् । फेरी जाडोयाम सुरु भएको छ । बालबालिका कठ्याङ्ग्रिएर बस्नुपर्ने अवस्था छ । तर, सरकार त्यस क्षेत्रका जनताको समस्या सुन्दैन ।
भूकम्प प्रभावितको अवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री, विभिन्न राजनैतिक दलका नेता, मन्त्री तथा दोश्रो तहका केन्द्रिय नेताहरू समेत पुगे । भुकम्प प्रभावितलाई आश्वासनको पोका बाँडियो तर बितेको एक बर्ष भुकम्प पीडितका लागि आश्वासन कुर्दैमा वितेको छ । बरु छिमेकी मुलुक भारत र चीनले राहत उपलब्ध गराएर छिमेकी हुनुको मानवीयता दर्शाए । छिमेकी देशले दिएका सामाग्री कति समय त गोदाममा थन्क्याएर राखिएको थियो । त्यसमा पनि गिद्धे दृष्टि लगाउने काम भयो । सहयोगमा आएका राम्रा सामान पीडितले पाउन सकेनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिमा राहत पुगेपनि बाँड्न नसकेको अवस्था सुन्दा चिन्ता लाग्नु स्वाभाविकै हो । पीडितको घरमा अहिलेसम्म राम्रोसंग न चुल्हो बलेको छ, न त शरीर ढाक्न पाएका छन् । यस्तो दुःखद परिस्थितिमा सरकार अझैपनि वितरणको कुरा गर्न थाकेको छैन । लगनपछिको पोतेजस्तै आवश्यक परेको बेला नपाएको राहत सामग्री पछि दिएर केही अर्थ छैन । यस विषयमा सरकार गम्भीर हुनुपर्छ । जाजरकोट लगायत जिल्लाको भुकम्प पीडितको नियति जस्तै अहिलेको बाढी पहिरो र डुबान प्रभावितहरूको नहोस् । बाढी पहिरो र डुबान प्रभावितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस होइन, तत्काल सरकारको राहत जरुरी छ । यो बिषयमा केपी शर्मा ओली नेतृत्वको सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?