ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

युवाहरूको विदेश यात्राः आर्थिक समृद्धि कि जनशक्ति संकट ?

४ कार्तिक २०८१, आइतबार
४ कार्तिक २०८१, आइतबार

नेपालका युवाहरूको तीव्र विदेश पलायन एउटा गम्भीर सामाजिक र आर्थिक मुद्दा बनेको छ । यसले मुलुकको जनशक्ति, सामाजिक संरचना र अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । नेपालका युवाहरू किन युरोप र पश्चिमी देशहरूमा बसाई सर्ने गरेका छन्, यसले नेपालका लागि के प्रभाव पार्न सक्छ भन्ने कुरालाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने आजको आवश्यकता हो । राज्य पक्ष र राज्यका निकाय यस वारेमा गम्भीर भएको महसुस गर्न सकिएको छैन । नयाँ र पुराना दलका राजनैतिक भाषण र दस्तावेजमा विदेश गएकालाई स्वदेश फिर्ता गराउने भन्ने भेटिन्छ तर व्यवहारमा त्यसको लागि स्पष्ट खाका कसैले प्रस्तुत गरेका छैनन् । देश छाडेर गएकालाई देशमा फर्काउने एउटा पाटो हो भने देशमै रहेकालाई यहीँ रहन सक्ने वनाउने अर्को पाटो हो ।

रोजगारीको अभाव र आर्थिक अवसर
नेपालमा बेरोजगारी उच्च रहेको तथ्यांकले देखाउने गरेको छ । विशेषगरी शिक्षित युवामा यो समस्या गम्भीर छ । स्नातक र स्नातकोत्तर तह पूरा गरेका विद्यार्थीहरूले पनि राम्रो रोजगार नपाउँदा विदेश जाने योजना बनाउन बाध्य हुन्छन् । नेपालमा औद्योगिक र सेवामूलक क्षेत्रहरू विकासमा कमजोर रहेका कारण रोजगारी सिर्जनामा समस्या छ । २०२३ को तथ्यांक अनुसार हरेक वर्ष करिब ४ लाख नयाँ श्रम शक्ति रोजगार बजारमा प्रवेश गर्छ तर उपलब्ध अवसरहरू न्यून छन् । विदेशमा गएका युवाहरूले राम्रो तलब पाउँछन्, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउँछ । उनीहरू परिवारलाई आर्थिक सहयोग गर्न सक्छन्, जसले नेपालमा रहेका तिनका परिवारको जीवनस्तरमा पनि सुधार ल्याउँछ । तर, यो क्रम दीर्घकालीन रूपमा हेर्दा मुलुकको उत्पादक जनशक्ति गुमाउँदै गएको देखिन्छ ।

शिक्षा र सीपको लागि अवसर
नेपालमा उच्च शिक्षाको गुणस्तर र रोजगारीसंग सम्बन्धित सीपहरू प्राप्त गर्न सहज छैन । युरोप र पश्चिमी देशहरूमा विश्वस्तरीय शिक्षण संस्थाहरू र अनुसन्धानका अवसरहरू छन्, जसले नेपाली युवालाई आकर्षित गर्छ । यसबाहेक, त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि छात्रवृत्ति, पोस्ट–ग्राजुएट कामको अवसर र स्थायी बसोबासको प्रक्रियामा सजिलो हुने भएकाले धेरैले विदेश जाने सोच बनाउने गरेका छन् । विदेशमा अध्ययन गर्न जाने युवा शिक्षित र दक्ष जनशक्ति हुन् तर अध्ययनपछि उनीहरू प्रायः नेपाल फर्किंदैनन् । यसले गर्दा मुलुकले योग्य जनशक्ति गुमाउँछ र यो ‘ब्रेन ड्रेन’ (मस्तिष्क पलायन) नेपालको दीर्घकालीन विकासका लागि अवरोध बन्न सक्छ ।

राजनीतिक अस्थिरता र भविष्यको अन्योल
नेपालमा लामो समयदेखि चल्दै आएको राजनीतिक अस्थिरताले सरकारी योजना र कार्यक्रमहरूले निरन्तरता पाउन सकेका छैनन् । अस्थिर राजनीतिक अवस्था, भ्रष्टाचार, र नीतिगत अस्थिरताले गर्दा धेरै युवाहरूले आफ्नो भविष्य नेपालमा सुरक्षित देख्दैनन् । रोजगारीका अवसरहरू कम हुनु र व्यावसायिक लगानीको वातावरण अस्थिर रहनुपनि विदेश पलायनको एउटा ठूलो कारण हो । विदेशमा राजनीतिक स्थिरता र राम्रो सामाजिक सुरक्षा व्यवस्था रहेको कारण धेरै नेपाली युवाहरू त्यहाँ जान चाहन्छन् । युरोपेली देशहरूमा निःशुल्क स्वास्थ्य सेवा, बेरोजगारी भत्ता र पेन्सन जस्ता सामाजिक सुरक्षा प्रणाली भएका कारण तिनीहरूलाई त्यहाँको जीवन सहज लाग्ने गरेको छ ।

विप्रेषणको भूमिका
विदेश जाने युवाहरूले नेपालमा विप्रेषण पठाउने गर्छन् । जसले नेपाललाई आर्थिक रूपमा लाभ दिएको छ । विप्रेषण नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । सन् २०२३ मा मात्र नेपालले करिब १० खर्ब रूपैयाँ भन्दा बढी विप्रेषण प्राप्त गरेको थियो । जसले देशको आर्थिक स्थिरतामा ठूलो भूमिका खेलेको छ । यो पैसा गाउँ–गाउँसम्म पुगेर घरेलु अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गरेको छ । तर, दीर्घकालीन रूपमा यस प्रकारको निर्भरता हानिकारक छ । विप्रेषणले मुलुकलाई अल्पकालीन राहत दिन सक्छ, तर उत्पादनशील क्षेत्रहरूमा लगानी र रोजगारी सिर्जनामा ध्यान नदिएमा भविष्यमा यो निर्भरता संकटको कारण बन्न सक्छ ।

सामाजिक प्रतिष्ठा र जीवनस्तर
विदेशमा काम गर्ने वा बस्ने मानिसलाई नेपालमा समाजले विशेष सम्मानको दृष्टिकोणले हेर्छ । विदेश गएर पैसा कमाउने र समाजमा उच्च आर्थिक स्तर प्रदर्शन गर्ने चलनले पनि धेरै युवाहरूलाई विदेश जाने प्रेरणा दिन्छ । विदेशबाट पठाइएको पैसा र जीवनशैलीले गर्दा समाजमा “आर्थिक सफलताको” परिभाषा नै बदलिएको छ । तर, यो सामाजिक दबाब दीर्घकालीनरूपमा देशभित्रका युवाहरूलाई विदेश पलायन गर्न थप प्रेरित गर्दैछ, जसले गर्दा समाजको मानसिकता नै विदेश पलायनतर्फ केन्द्रित हुन थालेको छ । विदेश गएका युवाहरूको नेपालमा रहेका परिवारको रहन सहन, भौतिक विलासिताले नेपालमा रहेर संघर्ष गरिरहेकाहरू माथि केही गर्न नसकेको भन्ने भाष्य निर्माण गरि मनोसामाजिक दवाव वढाउने गरेको छ ।

यो प्रवृत्ति लाभदायक कि हानिकारक ?
नेपालबाट युवाहरूको विदेश पलायनले छोटो अवधिमा केही सकारात्मक प्रभाव ल्याएको छ । विप्रेषणले अर्थतन्त्रमा सहयोग पु¥याएको छ, र कतिपय परिवारले आर्थिक समृद्धि हासिल गरेका त छन् । तर, दीर्घकालीन रूपमा हेर्दा यसले नेपालको विकासलाई रोक लगाइरहेको छ । युवा जनशक्ति देशको प्रमुख उत्पादनशक्ति हो र जब यो उत्पादन शक्ति बाहिर पलायन हुन्छ, देशको औद्योगिक, शैक्षिक र सेवामूलक क्षेत्रहरू कमजोर बन्छन् । ब्रेन ड्रेन, आन्तरिक विकासको कम प्राथमिकता, परनिर्भर अर्थतन्त्र जस्ता समस्याले नेपालमा मलजल पाएका छन् जसले गर्दा यो समस्याले नेपालमा निकट भविष्यमा विकराल रूप लिने सम्भावना देखिन्छ । त्यसैले सरकार पक्ष यसमा गंभीर हुनुपर्ने देखिन्छ ।

सरकारले निजी क्षेत्रसंग सहकार्य गरी रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ । औद्योगिक क्षेत्रहरूको विकास, कृषि आधुनिकीकरण र सेवा क्षेत्रको विस्तारमा ध्यान दिनुपर्छ । उद्यमशीलताका कार्यक्रमहरूलाई प्रवद्र्धन गर्न सकिन्छ, जसले युवा जनशक्तिलाई नेपालमै रोजगारको अवसर दिन सक्छ । त्यसैगरि नेपालको शिक्षालाई व्यवहारिक, सीपमूलक, र रोजगारसंग जोड्न सक्नुपर्छ । उच्च शिक्षामा लगानी बढाउनु र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने संस्थाहरू स्थापना गर्नु दीर्घकालीन उपाय हो । सरकार र निजी क्षेत्रले स्टार्टअपहरूलाई सहयोग पु¥याउने वातावरण सिर्जना गर्नुपर्छ । युवा उद्यमीहरूलाई सहज ऋण, करमा सहुलियत र बजारको पहुँच दिन सकिन्छ । नेपालले विदेशी श्रम बजारमा मात्र निर्भर नरही आन्तरिक श्रम बजारलाई आधुनिकीकरण गर्नुपर्छ । औद्योगिक क्रान्ति र प्रविधिको प्रयोगले श्रम बजारमा अवसर वृद्धि गर्न सकिन्छ । र, अन्त्यमा विदेशमा शिक्षा र अनुभव प्राप्त गरेका युवाहरूलाई नेपाल फर्केर काम गर्न प्रेरित गर्न, उनीहरूको ज्ञान र सीपलाई मुलुकको विकासमा उपयोग गर्ने रणनीति समेत बनाउनुपर्छ ।

नेपालबाट युवाहरूको विदेश पलायन एक गम्भीर मुद्दा हो, जसले देशको भविष्यमा ठूलो प्रभाव पार्नेछ । छोटो अवधिमा विप्रेषणले केही राहत दिएको भएपनि दीर्घकालीन समाधानको लागि रोजगारी सिर्जना, शिक्षा सुधार र सामाजिक सुरक्षा प्रणालीमा सुधार गर्नु आवश्यक छ । युवा जनशक्ति बाहिर गुमाउनुको सट्टा उनीहरूको सीप र प्रतिभा नेपालमै उपयोग गर्ने वातावरण सिर्जना गर्न सकेमा मात्र मुलुकको दिगो विकास सम्भव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?