ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

एकताबद्ध एनआरएनएमा प्रचण्डको जोड

४ कार्तिक २०८१, आइतबार
४ कार्तिक २०८१, आइतबार

काठमाडौँ ।

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाव दिएका छन् ।

आफ्नै निवास खुमलटारमा शनिबार एनआरएनए अभियन्ताहरूको एक टोलीसँगको छलफलमा प्रचण्डले विवादकै कारण एनआरएनए तितरबितरको अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गरे।

फुटेर नभई एकताबद्ध भएको खण्डमामात्रै समृद्ध नेपाल निर्माणका लागि एनआरएनएको भूमिका प्रभावकारी हुन सक्ने उनको भनाइ छ । विगतदेखि नै आफूले एकताबद्ध एनआरएनएका लागि भूमिका खेलेकोसमेत प्रचण्डले भेटका क्रममा स्मरण गरे।

२०८० असारमा प्रचण्डकै मध्यस्थतामा विभाजित अवस्थामा  रहेका तत्कालीन दुई एनआरएनए (अध्यक्ष बद्री केसी, कुल आचार्य र रविना थापा पक्ष तथा विनोद कुँवर पक्ष)बिच एकता गर्ने सहमति जुटेको थियो । तर, त्यतिबेलाका तीन अध्यक्षमध्ये बद्री केसीले नचाहेसँगै एकता भाँडिएको थियो भने पछि विवाद थप बढेर विभिन्न समूहमा एनआरएनए रहेका छन् ।

सोही प्रसङ्गलाई स्मरण गर्दै प्रचण्डले भने, ‘एनआरएनए प्रवासमा रहेका नेपालीहरूको सुखदुखको साथी हो । तपाईंहरुको जुन उद्देश्य छ, एक नभईकन त्यो पूरा हुन गाह्रो छ । विगतमा पनि मैले एकताका लागि पहल गरेको थिएँ । अब पनि त्यसका लागि पहल गर्छु ।’

सो अवसरमा एनआरएनए अभियन्ताहरूले एनआरएनएसँग सरोकार राख्ने विषयहरूबारे प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता कार्यान्वयनमा ढिलाइ भएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । ‘यहाँकै हातबाट लिएको गैरआवासीय नेपाली नागरिकता अहिलेसम्म प्रयोगमा आउन सकेको छैन’, गैरआवासीय नागरिकता कार्यान्वयन हुन नसक्दा लाखौँ गैरआवासीय नेपाली चिन्तित छौँ । यसमा यहाँबाट सहजीकरणको अपेक्षा राखेको छु।’

संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकताबारे स्पष्ट व्यवस्था गरेर सम्पत्तिको सुरक्षा लगायतमा तलमाथि नहुनेगरी आवश्यक व्यवस्था मिलाउनका लागि समेत उनले आग्रह गरे ।

यस्तै आफूलाई एनआरएनए अध्यक्ष आरके शर्माले अहिले कतिपय श्रमिक गन्तव्य मुलुकमा पासपोर्ट नवीकरणलगायतको समस्या देखापरेको भन्दै यसका लागि आवाज उठाइदिन आग्रह गरे । उनले आफूहरू एनआरएनए एकताको पक्षमा रहेपनि अर्को पक्षका कारण समस्या उत्पन्न भइरहेको बताए ।

यसैगरी एनआरएनए घले समुहका अध्यक्ष  विनोद कुँवरले केसी पक्षले धोका दिँदा विगतमा प्रचण्डकै सहभागितामा एकता गर्ने सहमति भएपनि सफलता हासिल हुन नसकेको बताए ।

यस्तै अभियन्ता एबम पुर्व उपाध्यक्ष सोनाम लामा र एनआरएनए घले समुहकि महासचिव  जानकी गुरुङले एनआरएनए संस्था पवित्र भएपनि संस्था अहिले खराब हातमा पुग्दा समस्या पैदा भएको जिकिर गरे । ‘हामीहरुको यो संस्थामा २० औँ वर्षको लगानी छ । बेथिति चिर्दै पहिलेकै अवस्थामा फर्काउनु पर्छ’, उनले भने। सो क्रममा प्रचण्डले एनआरएनएको तर्फबाट राखिएका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको भन्दै समस्याको समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन ।

शर्माले भेटका क्रममा एनआरएनएको विषयका साथै समसामयिक विषयमा पनि छलफल भएको बताए । उनले एकताबद्ध एनआरएनएका लागि प्रचण्डले जोड दिएको उल्लेख गर्दै त्यसका लागि आफूहरू पनि तयार रहेको बताए । तर, संस्थामा पछिल्लो समय भइरहेको गलत गतिविधिले आफूहरुलाई चिन्तित बनाएको उल्लेख गर्दै शर्माले कोषको रकम दुरुपयोग बढिरहेको समेत उल्लेख गरे ।

भेटमा  माओवादीका केन्द्रीय सदस्य समेत रहेका पुर्व उपाध्यक्ष डीबी क्षत्रीको पनि सहभागिता रहेको थियो । सो क्रममा उनले वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष कार्यान्वयनमा रहेपनि यसलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । यस्तै उनले विदेशमा रहेका श्रमिकको समस्या समाधानमा पार्टीको तर्फबाट पनि पहल भइरहेको बताए ।

एनआरएनएको ११ औँ महाधिवेशनमा बद्री केसीले धाँधली गरेको भन्दै अर्को पक्षले शर्माको नेतृत्वमा नयाँ समिति गठन गरेको थियो । तर, यसअघि नै समानान्तर रूपमा १० औँ महाधिवेशन गरेको विनोद कुँवर पक्षको आधिकारिकताको मुद्दामा सर्वोच्चले फैसला गर्दै गत चैत २१ मा एनआरएनएलाई २०७८ माघ १ को अवस्थामा फर्काएर एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।

जसअनुसार पूर्वअध्यक्ष शेष घलेले तीन टुक्रामा रहेको एनआरएनएको एकताको महाधिवेशन गराउनुपर्ने भएपनि पछि फेरि केसी पक्ष अदालत पुगेको थियो । अदालतले गत साउनमा फैसला गर्दै केसी पक्षलाई बालुवाटारस्थित सचिवालयबाटै काम कारबाही गर्न बाटो खुला गरिदिएपछि शर्मा पक्ष फेरि आफू आधिकारिक रहेको दाबी गर्दै सर्वोच्च गएको अवस्था छ । सो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?