ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

महेशपुर भन्सारमा घट्दो राजस्वः तस्कर बाधक कि कमजोर व्यवस्थापन ?

४ कार्तिक २०८१, आइतबार
४ कार्तिक २०८१, आइतबार

नवलपरासी, ०४ कार्तिक ।
जिल्ला स्थित महेशपुर भन्सार नाकाबाट बर्षेनी उठ्ने राजस्व लक्ष्य घट्दै ओरालोतर्फ गएको तथ्यांकले देखाएको छ । भन्सारबाट राजस्व कम उठ्नुको प्रमुख कारण सिमाक्षेत्रमा हुने चोरी तस्करीलाई लिइएको छ । भन्सारमा बनस्पती (प्लान्ट) क्वारेन्टाईन अभाव तथा थोरै जनशतिmका कारणले पनि भन्सारबाट राजस्व कम उठ्नुको सहायक कारण रहेका छन् ।

मुल भन्सारको रूपमा सञ्चालनमा आएदेखि नै बनस्पतिजन्य मालबस्तुको भन्सारका लागि प्लान्ट क्वारेन्टाईनको कुरा उठ्दै आएको तर सरकारद्वारा उतm मागको उपेक्षा हुँदै जादा राजस्व घट्दै लक्ष्य पनि घट्दै गएको भन्सार कार्यालयले जानकारी गरायो । सरकारी नीति नै महेशपुर भन्सारलाई उपेक्षामा राखिएको हो,कि यहिँका स्थानीय नेताहरूले असहयोग गरेका हुन ? यसबारे आशँका भन्सार कर्मचारीहरूले ब्यक्त गर्दै आएका छन् । सरकारले भन्सारका लागि आवश्यक थप पूर्वाधारका लागि जग्गा अधिग्रहण गर्न रकम पठाउँदा पनि स्थानीय नेताहरूले पहलकदमी नलिदा सो रकम समेत फ्रिज भएको थियो, अहिले भन्सारका प्रति स्थानीय नेताहरू सकारात्मक पनि देखिँदैनन् । भन्सारको तथ्याँक अनुसार आर्थिक बर्ष २०७६/०७७ मा १४ करोड ६० लाख राजस्व उठाउने लक्ष्य राखेकोमा लक्ष्यको ८९.३६ प्रतिसत १३ करोड ४ लाख ६२ हजार राजस्व संकलन गरेको थियो । आ.ब. ०७७/०७८ मा २६ करोड ७० लाख ५४ हजार लक्ष्य राखेर १०२.२३ प्रतिशत २७ करोड ३० लाख २१ हजार राजस्व संकलन गर्न सफल भयो ।

राजस्वमा लक्ष्य भन्दा बढि संकलन गरि हौसिएको भन्सार कार्यालयले आ.ब.०७८/०७९ मा ४५ करोड ६० लाख ६९ हजार लक्ष्य राख्दा बर्ष भरिमा लक्ष्यको ४८.९७ प्रतिशत २२ करोड ३३ लाख ४५ हजार मात्र राजस्व उठाउन सक्यो । राजस्व ओरालो लाग्दा भन्सार कार्यालयले आ.ब.०७९/८० का लागि राजस्व लक्ष्य नै घटाउँदै ३३ करोड २६ लाख ६१ हजार राखेर राजस्व संकलन गर्दा झन राजस्व उठ्ने दर घटेर ३२.२८ प्रतिसत १० करोड ७३ लाख ८८ हजार राजस्व संकलन गर्न सक्यो । त्यसले गर्दा आ.ब.०८०/०८१ मा पुनः राजस्व संकलन लक्ष्य घटाएर १६ करोड ३५ लाख ८५ हजार बनाई राजस्व संकलन गर्दा ९२.४१ प्रतिशत १५ करोड ११ लाख ८० हजार राजस्व संकलन गरेको तथ्याँक छ ।

भन्सार नहुँदा चोरी तस्करी भएर पनि मालबास्तु निकासी पैठारी हुँदै आएको छ । प्लान्ट क्वारेन्टाईन स्थापना हुने हो भन्ने भन्सार संकलन गर्ने लक्ष्य वृद्धि हुने सम्भावना बढ्न सक्ने भन्सार कार्यालयले जनाएको छ । विभागबाट प्राप्त जानकारी अनुसार प्लान्ट क्वारेन्टाईनको अभावमा आउने राजश्वमा कमी र उद्यमी ब्यवसायीको हैरानीलाई मध्यनजर गर्दै विभागले पहल थालेको भए पनि क्वारेन्टाइन स्थापना हुन नसकेको भन्सार कार्यालयले जनाएको हो । स्थानीय उद्योगी ब्यवसायी र राजनीतिक दलबाट पनि सो समस्याबारे पटक–पटक अवगत गराउँदै माग हुन थालेपछि विभागको ध्यानाकर्षण भई प्लान्ट क्वारेन्टाईन स्थापनाका लागि कार्यदल बनाई प्रकृया अगाडि बढाईने जानकारी आएको तर अहिलेसम्म स्थापना हुन नसकिरहेको अवस्था भन्सार कार्यालय प्रमुख बुद्धि कुमार चुडालले जानकारी गराए ।

उनका अनुसार यदि क्वारेन्टाइनका लागि कर्मचारी पठाउन नसके पनि कर्मचारीको तलब सुबिधा पाईदिएर करार भर्ना गर्न अनुमति प्रदान गर्दा पनि भन्सार कार्यालयले दरबन्दीमा क्वारेन्टाईनका कर्मचारी नआएसम्म करारका कर्मचारी राखेर काम गर्न सकिन्थ्यो, तर सरकार र विभागले ति कार्य पनि नगरेको गुनासो उनको थियो । प्लान्ट क्वारेन्टाईनसँग नै खाद्य पदार्थको आयात र निर्यात हुने नाका हो । तर प्लान्ट क्वारेन्टाईन नहुदा त्यसको भन्सार हुन सकिरहेको छैन् । भन्सार नहुँदा अवैध रूपमा झोला पोकामा साईकल र मोटरसाईलमा बनस्पती जन्य पदार्थ (तरकारी, खाद्य, दाना लगायत) का सामग्री दैनिक नेपाल भित्रिने गरेका छन् । त्यसबाट मात्रै दैनिक हजारौं रुपियाँ राजश्व गुमिरहेको छ ।

प्लान्ट क्वारेन्टाईन नहुँदा भन्सारले भन्सार काटेर बैधता प्रदान नगरे पनि साना ब्यापारीले दैनिक सयौ साईकल र मोटरसाईलमा सामग्री अवैध रूपमा भित्रयाउन परेको छ । अवैध आयात गर्दा ब्यापारीलाई नाफा भन्ने कुरा भई रहेका छैन । अवैध छ, भनेर प्रहरीले राजश्व भन्दा खाजश्व उनीहरूबाट उठाई नै हाल्छन् । प्रहरीलाई रकम बुझाए पनि लुकिछिपि नै मालसामान लैजानु पर्ने बाध्यता रहेको छ । दिनमा एक सय त्यस्ता ब्यापारीले ३ सय देखि ५ सयसम्म मात्र भन्सार बुझाए पनि दैनिक ३० हजार देखि ५० हजार भन्सार संकलन हुन्छ । यसरी मासिक ९ लाख देखि १५ लाखसम्म राजश्व उठन सक्छ । जबकी प्लान्ट क्वारेन्टाईनको कर्मचारीलाई एक महिनाकै राजश्वले तलब सुबिधा पुग्न सक्छ । बाँकी रकम राजश्वको रूपमा राजकोषमा बचत हुन्छ ।

प्लान्ट क्वारेन्टाईन नहुँदा बनस्पतीजन्य मालबस्तुको भन्सार गराउन जिल्लाबासी तथा यो नाका सहज हुने ब्यापारीहरू समेत भैरहवा भन्सार कार्यालयमा भन्सार गराउन जाँदा प्राथमिकतामा नपर्ने गरेको छ । यसले गर्दा रूपन्देही तर्फकै केही सिमित ब्यापारीले मात्र तरकारी फलफूलका भन्सार गराएर बजारमा बिक्री वितरण गर्दा उपभोक्ता समेत महँगो मूल्यमा खरिद गर्नु परिरहेको छ । सीमित मात्रामा मात्र तरकारीहरू ल्याउनेले तरकारीमा एकाधिकार समेत लगाउन खोजेको आरोप पनि लाग्ने गरेको छ । मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन, तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउँदै भन्सार हुन सकिरहेको छैन । यसले गर्दा चोरी पैठारी भई नेपाल भित्रिने तरकारीमा विषादीको मात्रा परिक्षण हुन सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?