ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

आर्थिक क्षेत्रले बढाउँदै आशाको किरण

४ कार्तिक २०८१, आइतबार
४ कार्तिक २०८१, आइतबार

नयाँ सरकार गठन भएको तीन महिनाको अवधीमा राजस्व सङ्कलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले बृद्धि भएको समाचारले केही आशाको सञ्चार गरेको छ । रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ । अर्थतन्त्रमा चुनौती रहेपनि यी समाचारले मुलुकको अर्थतन्त्र अझै विग्रिसकेको छैन भन्ने संकेत गर्छन । नीजि क्षेत्रले समेत पहिलेको तुलनामा सुधार आइरहेकोले आत्मविश्वास बढेको महसुस गरेको छ । विदेशी मुद्राको सञ्चिति हालसम्मकै धेरै २१ खर्ब ५२ अर्ब रुपियाँ रहेको सरकारको दावी छ । समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरी अध्ययन कार्य प्रारम्भ भइसकेकोले सरकारले अर्थतन्त्रलाई गतिशील बनाउने गरि काम अघि बढाएको हो कि भन्ने आशा पलाएको छ ।

सरकारका तर्फबाट प्रस्तुत आर्थिक दृष्यले आशाको किरण छर्ने प्रयास गरेपनि तर गाउँघर सहर बजारमा देखिएको सन्नाटाले आर्थिक अवस्थामा अझै सुधार आउन नसकेको छनक दिन्छ । यो बर्षको बडादशैं सकिएको छ । बडादशैं सकिएसंगै दिपावलीको रौनक सुरु हुने बेला आएको छ । तर, गाउँघरमा रौनक आउन सकेको छैन । देश परदेशबाट दशैं मान्न स्वदेश फर्किएकाहरूले बजारमा चहलपहल बढाउनुपर्ने हो तर यो बर्ष विगतको बर्षहरूमा जस्तो उल्लास छैन । सवैतिर उही निरासा छ । विदेशबाट फर्किएकाहरू पनि आर्थिक अभाव र तनावकै कुरा गर्छन । सायद महंगी बढेकोले हुनसक्छ बजारमा खरिददारीको रौनक पनि छैन् । दिपावलीको पूर्व सन्ध्यामा बजार उल्लासमय छैन । सरकारले सकारात्मक रिपोर्ट प्रस्तुत गरेपनि देश आर्थिक हिसावले जर्जर रहेको महसुस भैरहेको छ ।

२०४६ सालको जनआन्दोलन पश्चात् नेपालमा स्थापित बहुदलीय शासन व्यवस्थाले ठूलो आर्थिक क्रान्ति ल्याउने सपना बुनिएको थियो । देशमा आर्थिक पुनर्जागरणको युग सुरु भएको हो कि भन्ने भान परेको थियो तर ती सवै रसातलमा बिलीन भए । छिटो छिटो परिवर्तन भैरहने सत्ता र त्यसले सिर्जना गरेको राजनीतिक अस्थिरताका कारण देश दिशाविहीन बन्न पुगेको छ । जसले मुलुकको समग्र विकास प्रक्रिया तथा सेवा प्रवाहलाई जनमुखी, मितव्ययी र प्रभावकारी बनाउने विषयमा चुनौती थपेको छ । आखिर किन नेपालमा यस प्रकारको बिसंगति उत्पन्न भैरहेको छ ? सोचनीय बिषय छ । सत्ता र शक्तिका लागि मुलुकलाई अस्थिरतामा धकेलिरहने हाम्रो वर्षौंदेखिको राजनीतिक परम्पराले नागरिकको राजनीतिप्रतिको विश्वास टुटाउँदै लगेको छ ।

मुलुकप्रतिको निष्ठा र नैतिकतालाई ओझेलमा राखेर गरिने यस प्रकारका क्रियाकलापले मुलुक उन्नतीको शिखर चढ्न सक्दैन । जसका कारण मुलुकमा सांस्कृतिक बिचलनको अवस्था आउने गरेको अहिलेको दशैँको अवस्थाले चरितार्थ गरिदिएको छ । राजनीतिलाई आर्थिक या अन्य कुनै फाइदा आर्जन गर्ने व्यवसाय हैन, समाजसेवामा समर्पित हुने अभियानका रूपमा जबसम्म बुझ्न र लिन सक्दैनौँ तबसम्म सत्ता र शक्ति वरिपरि राजनीति घुमिरहने निश्चित छ । त्यसैले नेताहरूले पनि अव आफैबाट परिवर्तन सुरु गर्नु जरुरी छ । जनतामा ब्याप्त निरासा र कुण्ठाको अन्त्यका लागि अवको भरमग्दुर प्रयास बाञ्छनीय छ । तसर्थ सन्निकट रहेको दिपावलीलाई उज्यालो दिपावली बनाउनेतर्फ हामी सवैको प्रयास जरुरी छ । प्राकृतिक विपत्तीका कारण पनि यो दशैंमा उत्साह आउन सकेन् । तसर्थ दिपावलीलाई उल्लासमय बनाएर रौनक सिर्जना गर्ने वातावरणको तयारीमा लागौं । अव आर्थिक चहलपहल बढ्ने आशा गरिएकोले चाडपर्वलाई पनि रौनकमय वनाउने प्रयास गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?