ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

अपाङगता कम गराउन भैरहवामा अर्थो प्राथमिक उपचार प्रशिक्षण

४ कार्तिक २०८१, आइतबार
४ कार्तिक २०८१, आइतबार

भैरहवा ।

प्राथमिक उपचार बैज्ञानिक तरिकाले होस भन्ने ध्येयका साथ रुपन्देहीका ७० जनालाई अर्थो सम्बन्धि प्राथमिक तालिम दिइएको छ ।

दुर्घटना पश्चात हुने जोखिमलाई कम गर्न स्वास्थ्य संस्था पुग्नु अघि प्रारम्भिक उपचार गाँउ घर वा मेडिकल सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी तथा सरोकारवाला गैर स्वास्थ्यकर्मीलाई प्राथमिक ट्रमा हेरचाह तथा ननअपरेटिभ फ्याक्चर व्यवस्थापन तालिम दिइएको हो ।

एओ एलायन्स स्विजरल्याण्डको आयोजना सिल्भरलाईन हस्पिटल, काठमाडौंको प्रविधिक सहयोग र युवा समाजसेवी क्याप्टेन गौरव बोहराको समन्वयमा रुपन्देहीका विभिन्न क्षेत्रका स्वास्थ्यकर्मी, लक्षित समूहलाई दुईदिने प्रशिक्षण दिइएको समन्वयकर्ता राजन शुक्लाले जानकारी दिए ।

नेपालमा दिनहुँ सडक दुर्घटनामा परि ज्यान गुमाईरहेको संख्या बढ्दो भइरहेको बेला तालिम पश्चात दुर्घटनामा परि ज्यान गुमाउनेहरुको मृत्युदर न्यूनीकरण हुने अपेक्षा छ । तालिम लिएकाहरुले दुर्घटनामा परि चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई सही प्राथमिक उपचारले जीवन रक्षा गर्न सकिन्छ भन्ने विषयमा पहिलो प्रथामिक उपचार गर्न सक्षम भएका छन यसले दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या घटाउने सकिने छ भने उपचारमा जटिलताबाट समेत जोगाउन मद्धत मिल्नेछ ।

प्रशिक्षणमा सिल्भरलाईन हस्पिटलका अर्थोपेडिक सर्जन डा. रमेश प्रसाद सिंह सहितको चिकित्सकहरुले तालिमको सहजीकरण गरेका थिए । उनले बेसिक कुराहरुको जानकारी दुईदिने तालिममा प्रदान गरेपनि सधै दक्षता बढाउनका लागि सहयोग गर्ने बताए । तालिमले लक्षित समूहकोे बौद्धिक विकास, क्षमता अभिबृद्धि र प्राथमिक तहमा काम गर्ने क्षमता बढेकोले यसले अपाङगता कम गराउने डा.सिंहले भने ।

तालिमको उद्देश्य प्राथमिक उपचारको हेरचाह र गैर–अपरेटिभ फ्र्याक्चर व्यवस्थापनलाई सामान्य मस्कुलोस्केलेटल चोटहरू र फ्र्याक्चरहरूको व्यवस्थापन, आधारभूत सिद्धान्तहरूको बारे ज्ञान र दिशानिर्देशहरू प्रदान गर्नु हो भने सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने अंगभंगहरूलाई पहिचान गर्न प्रभावकारी प्राथमिक उपचार हेरचाह प्रदान गर्न सहभागीहरूलाई सक्षम बनाउने रहेको छ । यो कोर्स प्यारामेडिकहरू, सामान्य चिकित्सकहरू र प्राथमिक ट्रमा हेरचाह र गैर–सञ्चालित फ्र्याक्चर व्यवस्थापनमा आफ्नो ज्ञान र सीपहरू विकास गर्न रुचि राख्ने युवा ट्रमा सर्जनहरूको अभ्यास गर्न लक्ष्यका साथ बनाइएको हो ।

तालिममा प्राथमिक उपचार हेरचाह, फ्र्याक्चर व्यवस्थापन, सामान्य फ्र्याक्चरको उपचार, आर्टिकुलर फ्र्याक्चरको उपचार, पालस्टर, कास्ट र स्पीलन्ट लगायतको विषयमा शिक्षा र प्रयोगात्मक अभ्यास गराइएको थियो ।

गाउँघरमा कसैलाई चोटपटक लागेको वा कुनै दुर्घटनामा परी घाइते भएको स्वास्थ्य संस्था टाढा भएको अवस्थामा संस्थामा पुग्नुअघि प्रारम्भिक उपचार सहज होस् र मानिसलाई कुनै जटिल समस्या नआओस् भन्नका लागि यो तालिम गरिएको हो । चोटपटक लागेर वा दुर्घटना भइ घाइते भएको प्रारम्भिक अवस्थामा बिरामीको हेरचाह हुन सके धेरैजनाको ज्यान बचाउन सकिने र अपांग हुन नदिने लगायत धेरै समस्याको समाधान गर्न सकिने उनको भनाइ छ ।

तालिममा सहभागीहरुले तालिमबाट हामी लक्षित समुहले धेरै ज्ञान पाएकोले यस क्षेत्रको अपांगता कम गराउनु कासाथै दुर्घटना पछि हुन स्वास्थ्य जोखिम र मृत्युदरलाई कम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?