ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सरायँनाच प्रदर्शन गर्दै दशैं पर्वको समापन

३ कार्तिक २०८१, शनिबार
३ कार्तिक २०८१, शनिबार

लमही, ०३ कार्तिक ।
पूर्णिमा कोजाजात्राको दिन दाङको लमहीमा पहाडी क्षेत्रमा नाचिने परम्परागत सरायँ नाच प्रदर्शन गरिएको छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच निकाल्दै दशैंको अन्तिम पुर्णिमाको दिन बिहीबार लमहीमा बृहत सराय नाच निकालियकोहो । रातोडाडा स्थित भगवती मन्दिरवाट सुरु भएको नाच लमही बजार परिक्रमा गरि सार्वजनिक बगैंचा समापन गरि बिधिबत रूपमा दशैको समापन गरिएको हो ।

मन्दिर तथा सराय व्यवस्थापन समिति ले व्यवस्थित रूपमा सराय नाच प्रदर्शन गरेको हो । सो कार्यक्रममा लमही नगरपालिकाका वर्तमान मेयर जोगराज चौधरी, निवर्तमान मेयर कुल बहादुर केसी, राजनैतिक दलका ब्याक्तित्व एबम नेपाली सेनाका, नेपाल प्रहरी, लगायत उच्च पदस्थ ब्यक्ती हरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा निवर्तमान मेयर केसीले सांस्कृतिक र पौराणिक महत्व बोकेको सराय नाच एैतिहासिक महत्वको समरक्षण गर्न थालेको आफैमा धेरै राम्रो भएको बताए । उनले यो सराय नाचले तराइमा पहाडबाट बसाइ सराइका साथसाथै संस्कृति सरेको बताउँदै यो राम्रो पक्ष भएको बताए ।

कार्यक्रममा समितिका अध्यक्ष हेमन्त पाण्डेले ऐतिहासिक लोपन्मुख सराय नाँच संरक्षणका लागि सरायँ नाचलाई नियमित गरिएको बताए । वि.सं २०७१ सालदेखि गुल्मी, पाल्पा, अर्घाखांची, प्यूठानबाट बसाइसराइ गरी दाङको लमही आएका मानिसहरूको सक्रियतामा सराय नाँच संरक्षण गर्ने उद्देश्यले वर्सेनि यो कार्यक्रम राखिएको अध्यक्ष पाण्डेले बताए ।
समितिका सल्काकार थानेश्वर गैरेले सरायनाचले सामाजिक सद्भाव र एकता कायम राख्न सहयोग पुगेको बताए । नेपाल र नेपालीको मौलिक संस्कार र संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेपछि १ दशक अघिदेखि समितिले निरन्तर सरायँ नाँच प्रदर्शन गर्दै आएको गैरेले बताए । परापूर्वकालदेखि नाच्दै आएको सरायँ नाचलाई अहिलेका पुस्तासम्म देखाउनुपर्छ भने लागेरै कार्यक्रम गर्न लागिएको आयोजकहरूले बताएका छन् ।

सरायँ खेल्दा पन्चेबाजाको तालमा तरबार, खुकुरी ,खुडा आदि परम्रागत हातहतियारहरू नचाएर युद्धकला प्रदर्शन गर्दै एक आपसमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने गरिन्छ । सराय नाँच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रूपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरूका कोट तथा शक्तिपिठहरूमा नाच्ने प्रचलन छ । भगवान रामले रावणसगको युद्धमा बिजय प्राप्त गरेको बिजया दशमीको बिजय उत्सब पछि युद्धमा प्रयोग गरीएका हतियार सहित खडक जात्रा निकालिएको परम्परागत मान्यता रहेको छ । सराय नाच विशेष गरी नेपालका प्रचलित एक महत्वपूर्ण सांस्कृतिक नृत्य हो, जुन दशैंको अवसरमा निकालिन्छ । यो नृत्य धार्मिक आस्था, सांस्कृतिक पहिचान, र सामुदायिक एकतालाई प्रतिनिधित्व गर्दछ । दशैंको समयमा निकालिने सराय नाचले विभिन्न रूप र परम्पराहरू समेटेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?