ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बुटवललाई शैक्षिक हब बनाउने अभियानमा होमबहादुर गलामी

३ कार्तिक २०८१, शनिबार
३ कार्तिक २०८१, शनिबार
गुल्मी, सत्यवती गाउँपालिका वडा नं.८ को भार्से जनसहयोग माविबाट २०२६ एसएलसी गरेका होमबहादुर गलामी मगर यतिबेला सात दशक उमेर नाघे । तर उनी सामाजिक एवम् शैक्षिक क्षेत्रमा निरन्तर गतिशील छन् । कालिका मानवज्ञान मावि, बुटवलको १० वर्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर देशकै नमूना स्कुल बनाउन नेतृत्व लिएका उनी यतिबेला बुटवल कालिका क्याम्पस सञ्चालक समितिका अध्यक्ष छन् ।
जीवनभर उनले आफूलाई राजनीतिक, सामाजिक र शैक्षिक व्यक्तित्वका रूपमा उभ्याउने काम गरेका उनी, पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा बसेका छन् । २०४९ र २०५४ सालमा साविकको बुटवल नगरपालिकामा बुटवल –११ बाट होमबहादुर गलामी वडाध्यक्ष बने । विकास निर्माण र सामाजिक विकाससहित सक्रिय राजनीतिमा हामफाले । यतिबेला उनी कुनैपनि राजनीतिक पार्टीमा क्रियाशील छैनन् ।
राजनीतिक उनको रहरको विषय भएपनि नेतृत्वप्रतिको असन्तुष्टिले उनलाई राजनीतिबाट टाढा बस्न बाध्य बनाएको सुनाउँदै थिए ।
नयाँ पुस्तालाई प्राविधिक एवम् रोजगारमूलक शिक्षा दिनुपर्ने उनको ठहर छ। शिक्षा आमनागरिकको पहुँचमा पुग्नुपर्ने,सर्वसुलभ र गुणस्तरीय हुनुपर्ने मान्यतालाई कायम राख्दै कालिका मानवज्ञानले शिक्षा क्षेत्रमा गरेको प्रगतिमा सबैको उत्तिकै योगदान रहेको चर्चा गर्दै उनले भने– सचेत अभिभावक,दक्ष एवम् योग्य शिक्षक,लगनशील,कर्तव्यनिष्ठ र दृष्टिकोणसहितको व्यवस्थापन समिति अनि अनुशासित विद्यार्थीकै कारणले गर्दा नै कालिकाले आजको फड्को मार्न सकेको हो । देशकै नमूना विद्यालय बनाउन सकिएको हो ।
उनले बुटवल क्याम्पसलाई समेत देशकै नमूना क्याम्पस बनाउन आफूहरू गतिशीलरूपमा अघि बढेको सुनाए । विहानै उठ्छन् । व्याडमिन्टन खेल्छन् । शरीरको सक्दो कसरत गर्छन् । खाजा खान्छन् । केही समय देश,विदेशको समाचार बारे जानकारी लिन्छन् । खाना खान्छन् । आफ्नो निर्दिष्ट काम गर्छन् र राति बेलैमा सुत्छन् । यो उनको दैनिकी हो ।
मानबहादुर गलामीका जेठा होमबहादुर गुल्मीको ग्वाघामा जन्मिएपछि ८/९ वर्षको उमेरमा बुटवल झरेका थिए । उनका बाबा ब्रिटिस आर्मीका लाहुरे थिए । गाउँमा खुलेको स्कूलमा पढाउन थालेपछि उनी लाहुर फर्किएनन् । लाहुरमा मानबहादुरले लाहुरेहरूलाई पढाउँथे रे–होमबहादुरले सुनाउँदैथिए ।
दुई छोरा र एक छोरीका अभिभावक होमबहादुर गलामीेले विभिन्न सहकारीमा नेतृत्व गरिसकेका छन् । कम्पनीमार्फत जलविद्युत आयोजनामा हात हालेका छन् । सफलताका ढोका उघार्दैछन् । आम्दानीमुखी काममा साथीहरूलाई साथमा लिएर अघि बढिरहेका होमबहादुरलाई सादा र सक्रिय जीवन ओैधी मन पर्छ ।
पछिल्लो समय उनले आदिवासी जनजातिहरूको उन्नति र प्रगतिका सन्दर्भलाई लिएर वकालत गर्दै आईरहेका छन् । देशमा ठूलो संख्यामा रहेका आदिवासी जनजातिहरूको शैक्षिक, सामाजिक,राजनीतिक र आर्थिक अवस्था सोचेजति उकासिन नसकेको उनको ठम्याई छ । जसको कारण आदिवासी जनजातिहरू पछाडि पारिएको उनको तर्क छ । त्यसैले उनी सोही अभियानमा समाहित भई वकालत गर्दै आईरहेका छन् । बाँचुञ्जेल शैक्षिक उन्नति र प्रगतिमा क्रियाशील रहिरहने कसम खाएका होमबहादुर गलामी, कुनै काखण्डमा शिक्षक समेत थिए ।
शैक्षिक अवस्था सुध्रिनका लागि देशको राजनीतिक आकास सफा हुनुपर्ने, शैक्षिक नेतृत्व सबल र सक्षम भएमामात्र देशले खोजेको र रोजेको शैक्षिक अवसर प्राप्त हुन सक्ने उनको अनुभव र सिकाई रहेछ । यतिबेला बुटवल क्षेत्रलाई शैक्षिक हब बनाउने अभियानमा हातेमालो गरि अघि बढ्दैछन् उनी । बुटवलमा देशभरिबाट स्कुलदेखि उच्चशिक्षा पढ्न आउने ठाउँ बनाउन सकिएमा शैक्षिक हब बनाउन सजिलै सकिने उनको तर्क छ ।
शैक्षिक व्यक्तित्वको रूपमा परिचयको दायरा फराकिलो बनाउँदै गएका होमबहादुर गलामीलाई सफल शैक्षिक यात्रीका रूपमा देख्न पाईयोस् । शुभेच्छा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?