ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पाखो बारीमा लहलह धान

परिक्षणको लागि २ रोपनी क्षेत्रफल भएको बारीमा धान खेती गरेको र आउने वर्षमा १० रोपनी क्षेत्रफलमा बारीमा धान लगाउने योजनामा ठाकुर भट्टराइ छन् । कम पानी र भिरालो जमिनमा पनि राम्रो उत्पादन लिन सकिने एनपिएच ३६९ राज नामको धानको बीउ बारीको लागि पनि उपयुक्त देखिएको छ ।
२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार

पाल्पा, ०२ कार्तिक ।
चारैतर्फ डाले घाँसका ठूला ठूला रुख । यसको बिचमा भिरालो बारी । अन्न वाली अन्तर्गत मकै, गहुँ, फापर, कोदोको खेती गर्ने बारी हो । तर यहाँ यतिखेर बारीमा लहलह झुलेका धानका बाला देख्दा सबैको मन लोभिन्छ । तानसेन नगरको डाडाडुम गाउँका युवा कृषक ठाकुर भट्टराईले जिल्ला मै पहिलो पटक बारीमा नयाँ प्रजातिका धान लगाएका हुन् । बारीमा धान कल्पना भन्दा बाहिरको कुरा हो । त्यसैले नयाँ देख्दा सबैको मन लोभिएको हो । पहिले पहिले बारीमा घैया भन्ने धान लगाउने प्रचलन थियो । तर यो घैया प्रजाती नभएर पानी तथा सिंचाईको कम आवश्यकता पर्ने एक प्रकारको नयाँ धान भएको कृषि प्राविधिकहरू बताउँछन् ।

अन्न तथा फलफूल वाली लगाउँदा वन्य जन्तुबाट जोगाउन कठिन भएका कारण बारी बाँझो नै राख्नु पर्ने अवस्था आएको थियो । पहिला गोरुले जोतेर ठिक्क बनाएको ठाउमा एकाएक धान छर्दा त पहिला होला जस्तो भए पनि वरपरका सबैले प्रतिकृया दिँदा नरमाइलो लागेको थियो । जव बीउ उम्रिएर राम्रोसंग गाँझिदै र बाला लाग्दै जादा सबै अचम्म मानी हेर्न आउनेहरूको भिडै लाग्न थालेको उनी बताउँछन् ।

नयाँनयाँ व्यवसाय तथा पेशा गर्नु पर्दछ भनेका ठाकुर यस अगाडि पनि बारीमा पातीको खेति गरेका थिए । यसबाट आम्दानी राम्रो भएपनि कामदारको अभावका कारण पाति खेति गर्न छाडेको बताउँछन् । यस पटक परिक्षणको लागि २ रोपनी क्षेत्रफल भएको बारीमा धान खेति गरेको र आउने वर्षमा १० रोपनी क्षेत्रफलमा बारीमा धान लगाउने योजना रहेको उनले बताए ।
धान वालीलाइ पानीको धेरै आवश्यकता हुन्छ भन्ने हाम्रो मानसिकता रहेको छ । पानी प्रयाप्त मात्रामा आवश्यकता नपर्ने, आकासे पानीको भरमा भिरालो जमिनमा पनि खेति राम्रोसंग गर्न सकिने, उत्पादन पनि राम्रो लिन सकिने, वन्य जन्तुले पनि नखाने भएका कारण व्यवसायीक रूपमा सफल भएको उनका छिमेकी गोविन्द पराजुली बताउँछन् ।

पहिला बारीमा धान लगाउने भन्दा आफुलाई यसरी सफल होला भन्ने पत्यारै लागेको थिएन । लगाएको भोलि पटक आकासबाट पानी पर्दा होस नै उठेको थियो । पछि बिस्तारै उम्रिदै गाझिदै गयो । भए धान चामल होला नभए पराल भन्ने लाग्यो हेर्दा हेर्दै परालसँगै धान पनि फल्यो खुसी हुँदै उनले सुनाए । यसरी बारीमा धान खेति होला भन्ने कल्पना नै थिएन । ठाकुरको श्रीमती यसोदा भट्टराई बताउँछिन् ।

बारीमा धान लगाउने भन्ने नै थिएन । अन्य वाली लगाए वन्य जन्तुले नोक्सान गर्ने भएका कारण बारी बाझो राख्ने सोचमा पुग्दा एकाएक बीउ बिजन व्यवसायी बिष्णु भण्डारीले बीउ उपलब्ध गराउने र परिक्षणका रूपमा खेती गर्न भनेपछि बारीमा बीउ छरेको भट्टराई दम्पती बताउँछन् ।

वन्य जन्तुका कारण गाउँ बस्तीका बारी बाँझो हुँदै गएको बखतमा नयाँ प्रजातीको बीउ आयो । परिक्षण गरेको सफल भयो । कम पानी र भिरालो जमिनमा पनि राम्रो उत्पादन लिन सकिने एनपिएच ३६९ राज नामकको बीउ भएको र यसको बिस्तारका लागि हाम्रो भूगोल अत्यन्त उपयोगी भएको व्यवसायी बिष्णु भण्डारी बताउँछन् ।

धानलाई वन्य जन्तुबाट जोगाउन सजिलो वाली भयो । यसलाई जोगाउनु पर्ने भनेको चरा बाट मात्र हो । अर्को तर्फ यसले पहारिलो भाग मन पराउँछ । ओसेप हुने ठाउँमा कम मात्रामा दाना लाग्ने र लागेका दानाहरू पनि पुष्ट नहुने यसको विषेशता हो । हाम्रो जस्तो पहाडी क्षेत्रको वालीमा राम्रो उत्पादन लिन सकिने रहेछ भन्ने परिक्षण बाट थाहा लागेको उनी बताउँछन् ।

पाल्पाको त दोस्रो मुख्य बाली हो धान, पहिलो भनेको मकै हो । पहिले पहिले सबै बारीमा मकै खेती गर्ने प्रचलन थियो । वन्य जन्तुका कारण मकै खेतिको क्षेत्रफल खोटिदै र छोटिदै गयो । गाउँका बस्तीहरू खाली हुँदै गए । यस्तो अवस्थामा नयाँ प्रजातिको धानको बीउले कृषकको लागि थप उर्जा प्राप्त हुने संगै प्रत्येक वर्ष ठूलो परिमाणमा भारतबाट आयत गरिने चामललाई प्रतिस्थापन गर्न ठूलो बल पुग्ने तानसेन नगरका कृषि प्राविधिक सरोज तिमल्सिना बताउँछन् ।

बारीबाट वन्य जन्तुका कारण विस्थापित भएका कृषकको संख्या धेरै छन् । धान खेती योग्य क्षेत्रलाई आवासिय क्षेत्र बनाउने क्रम बढेकाले धानको उत्पादनका ह्रास आएको थियो । यसले व्यवसायिक सफलता प्राप्त गरेको खण्डमा गाउँ छोडेकाहरू पुन गाउँ फर्कने, कम मेहनतमा राम्रो उत्पादन लिन सकिने धान खेतीबाट कृषकको आर्थिक बिकासमा थप मद्दत पुग्ने कृषि प्राविधिकहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?