ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पहाड–तराईमा सँगसँगै सरायँ

२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार

बुटवल, ०२ कार्तिक ।
अर्घाखाँची जिल्लाका विभिन्न देवी भगवती, कोटमा सुरुवात भएको विजया दशमीको अवसरमा प्रदर्शन हुँदै आएको सरायँ नाच पछिल्लो समयमा तराईंका जिल्लाहरूमा पनि प्रदर्शन गर्न थालिएको छ । रूपन्दहेहीको पहाडी बाहुल्यता भएका स्थानीयहरू बुटवलको देविनगर, बेलबासको जीतगढी, नयाँगाउँ क्षेत्रमा सराय नाँच प्रदर्शन गरिएको छ । यस्तै कपिलवस्तु जिल्लाका विभिन्न स्थान, दाङ जिल्लामा पनि यसको प्रदर्शन गरिएको हो ।

विजया देशमीको दिनदेखि पूर्णीमा सम्म प्रत्येक दिन छुट्टाछुट्टै देवी भगवती मन्दिरमा सरायँ नाच प्रदर्शन गरिँदै आइएको हुन्छ । अर्घखाँचीबाट सुरुवात भएको यो नाँच प्रदर्शन गुल्मी, पाल्पा, प्यूठान लगायतका जिल्लाहरूमा पनि मौलिकताका साथ प्रदर्शन गरिँदै आएको हो । तरबारसहित लडाइँको अभिनयबाट सुरु भई भट्याउँदै सरायँ नाचिने गरिन्छ । कोटघर, दुर्गा र देवीका शक्तिपीठमा हतियार जुधाएर सराय नाच्दै, जमरा र फूलपाती खोला एवं पोखरीमा बगाउँदै दसैंलाई बिदाइ गर्ने गरिन्छ । पहाडको सांस्कृतिक नाच पछिल्लो समय भने यो फैलिँदै तराईका केही स्थानमा पनि बिस्तार भएको छ ।

अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट सुरु भएको सरायँ नाच अन्य गाउँ हुँदै पाल्पा, गुल्मी, प्यूठानसम्म पुगेको थियो । पछिल्लो समय पहाडबाट तराईमा बसाइँ सरेकाहरूले त्यहीँ नै कोट, दुर्गा र देवीका मन्दिर स्थापना गरी सरायँ नाच निकाल्ने गरेका छन  । पहाडका चार रूपन्देही, कपिलवस्तु, दाङ र नवलपरासी जिल्लामा दसैंको दिन देखि पूर्णिमासम्म नै शक्तिपीठका मन्दिरमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियार जुधाएर नचाउँदै युद्धको झल्को दिने गरी सरायँ नाच्ने गरिन्छ ।

अहिले आठ जिल्लाका धेरै शक्तिपीठका मन्दिरमा सरायँ नाच नाचिने गरेको छ । पहाड र तराईमा बालबालिका, युवादेखि पाका उमेरसम्मका पुरुष र महिला सराय नाच्न रुचाउछन् । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजय उत्सवस्वरूप हर्षबढाइँ गर्दै कोट र मन्दिरमा हतियार प्रदर्शन गर्दै सरायँ नाच्न थालिएको जनविश्वास रहेको छ ।

मन्दिरमा विधिपूर्वक पूजा गरेपछि मन्दिरबाट हतियार, आलम, बाजा निकालेर रमाउँदै यो नाच देखाउन थालिन्छ । सरायँ नाचको सुरुवात अर्घाखाँचीको अर्घा दरबारको भगवती मन्दिरबाट भएको मानिन्छ । बिस्तारै गुल्मी, प्यूठान, पाल्पामा कोटहरूमा दसैंदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ । भगवती मन्दिरमा विधिपूर्वक राखिएको जमरा पूर्णिमाको दिन सरायँ नाचेर विधिपूर्वक सेलाइने गरेको पुजारी धर्मराज पोखरेलले बताए ।

अर्घाखाँचीको अर्घा दरबारमा सबैभन्दा ठूलो सरायँ जात्रा मनाइएको छ । मध्यकालमा वर्तमान अर्घाखाँची जिल्लाको तत्कालीन अर्घा राज्यमा राजा जिल्ला राईले युद्धमा आफूले अर्घा राज्य जितेको उपलक्ष्यमा विजयको उत्सवको स्वरूप विजया दशमीको कोजाग्रत पूर्णिमाको दिनमा सरायँ नाच नचाएर दही, केरा र बक्सिस बाँड्न थालेको कथन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?