Butwal Today

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु  

२ कार्तिक २०८१, शुक्रबार
अ+
अ-

दाङ,२ कात्तिक ।

बंगलाचुली गाउँपालिकामा गएराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।

चुनढुँगा लिन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।