ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

कृषि यान्त्रीकरणको प्रयोगले उत्पादकत्वमा सुधार

२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार

लमही, ०२ कार्तिक ।
घरमा ‘पावरटिलर’ सहितको कृषि यन्त्रको व्यवस्था भएपछि लमही –२ का किसान छुनिलाल चौधरीलाई खेतीको काम गर्न सहज भएको छ । यसअघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत गर्दै आएका उनी गत वर्षदेखि पावरटिलरले खनजोत गर्न पाउँदा खुसी छन् । उनले भने, “ट्याक्टर, पावरटिलर जस्ता कृषियन्त्रको प्रयोगले खनजोतको काम छिटोछरितो भएको छ । काम गर्न निकै सहज भएको छ, घरमा खेतीको कामका लागि गोरु र राँगा पाल्नुपर्ने झन्झट पनि अब हटेको छ भने ज्याला मजदुरी लगाउने महँगो खर्च बचेको छ ।”

बढ्दै गएको यांत्रिककरणका कारण कृषियन्त्रले खनजोत गर्दा बालीहरूको उत्पादन र उत्पादकत्व पनि सन्तोषजनक रहेको उनले बताए । आफ्नो खनजोत गर्ने काम सकेर छरछिमेकीको खेत जोत्ने काम पाउँदा ट्र्याक्टर र पावरटिलरवालाले आम्दानी पनि गरिरहेको गढवा/ का किसान हरी चौधरी बताउँछन् ।

“आफ्नो घरमा रहेको गोबर ग्यासमा प्रयोग गरिने गोबरका लागि मात्रै गोरु र राँगा पाल्नुपर्ने बाध्यता छ”, उनले भने, “खेतमा खनजोत गर्ने देखि धान ,गहुँ समेत लगायत सबै काम अब ट्र्याक्टर र पावरटिलरबाट गर्ने गरिएको छ उनले भने ।”
कतिपय किसानले खेतीको काम सकेपछि गिट्टी बालुवा तथा मालसामान ढुवानीको काममा पनि यी कृषियन्त्रको प्रयोग गर्ने गरेका छन् । दाङ राप्ती गाउँपालिकाका ७० बर्षिय बुधु चौधरी बिगत सम्झदै अहिलेको अबस्था सपना जस्तो लाग्ने बताउँछन । खेती गर्दा आफूले बाल्यकालमा कठिन परिश्रम गर्नुपरेको, जोत्न धान दाउन हलका हल गोरु पाल्ने महिनौ दिन लगायर खेती गर्ने भित्राउने बताउँदै उनले भने, “उतिबेला गोरुको सहायतामा कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौँ, अबत सबै काममा सुबिधा छ । काम छिटो, कम खर्च हुने अहिलेका किसान भाग्यमानी हुन उनले भने ।”

प्रदेश सरकार र स्थानीय पालिका सरकारले ५० प्रतिशत अनुदानमा किसानलाई पावरटिलर लगायत कृषियन्त्र उपलब्ध गराउँदै आएको छ । त्यसै गरि देउखुरीमा कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड लमहीले चाक्लाबन्दी सुरु गरी मकै बीउ उत्पदनमा अधिकतम कृषि कृषियन्त्रको प्रयोग र उन्नत बीउको प्रयोग गर्नेहरू बढेसँगै कृषि उपजको उत्पादन पनि पहिलेको तुलानामा बढेको मात्र नभई कृषियन्त्र प्रयोग गर्दा समयको बचत भई परिश्रम कम लाग्ने गरेको ब्यबस्थापक बिश्व शर्माले बताए ।
त्यति मात्र देउखुरीमै, स्थानीय जातको बीउको प्रयोगले प्रतिबिघा जग्गामा मुस्किलले आठ–दश क्विन्टल धान फल्थ्यो, राम्रोसँग खनजोत हुने र उन्नत बीउको प्रयोगले २० क्विन्टलसम्म फलेको देखिएको शर्माले बताए” कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कमा पनि कृषि उपज धान र गहुँको उत्पादकत्व पहिलेको तुलनामा वृद्धि भएको जनाइएको छ । बालीहरूको उत्पादन र उत्पादकत्व वृद्धि भए पनि नेपालमा बर्सेनि ठूलो परिमाणमा खाद्यान्न विदेशवाट आयात भइरहेको तथ्याङ्क छ ।

समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा पटकपटक देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने कृषिक्षेत्र प्रभावित भइरहेको किसानको अनुभव छ । देउखुरीका कृषक राम्भजन चौधरी ले भने, “गाउँभरिका प्रायजसो सबैका घरमा पावरटिलर छ, पावरटिलर नभएको घरमा ट्र्याक्टर, धान तथा गहुँ झार्ने (थ्रेसिङ) गर्ने मेसिन छ, सबैले यी कृषियन्त्र नै प्रयोग गर्छन्, हलो जोतेर खेती गर्ने समय अब बिस्तारै हराउँदै छ ।”
बर्सेनि मौसममा आउने परिवर्तनका कारण भने आफ्नो बाली जोगाउन हैरानी खेप्नुपरेको किसनको भनाइ छ । चौधरीले भने, “मौसमको समस्या भने अहिलेको जस्तो उहिले थिएन, उतिबेलाको समयमा हिँउदेयाममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरीको समस्या थिएन ।”

खेती गर्दा चाहिएको बेला रासायनिक मल नपाउने किसानको अर्को समस्या पनि छ । मुख्य खाद्यान्न बालीका रूपमा किसानले धान र गहुँ बालीको खेती गर्दै आएका छन् । कृषि उपजको उत्पादन गरेर हुने आम्दानीबाट किसानले जीविका चलाउने गरेका छन् । आफूलाई वर्षभरि आवश्यक पर्ने कृषिउपज कृषकले घरमै भण्डारण गरी बढी भएको धान व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारले ‘कृषिमा आत्मनिर्भर लुम्बिनी प्रदेश सरकारको अभियान’ भन्ने नारासहित चालु वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिएको छ । खेर गएको बाझो जमिन सदुपयोग गर्दै कृषिको उत्पादन बढाउन करार खेती समेत सन्चालन हुँदै आएको छ । आम कृषकको आम्दानी वृद्धि गर्नमा टेवा पु¥याउन कृषकलाई कृषि प्याकेज र सिंचाइ सुबिधा व्यवस्था पनि गरेको छ । प्रदेश, स्थानीय, कृषिसँग जोडिएका संघ/संस्थाहरू कृषिमा सहज बनाउन कृषियन्त्रीकरण बितरणमा प्राथमिकता दिँदै आएका छन । त्यसकारण पनि पछिल्लो समयमा खेती उत्पादनदेखि भित्राउनका लागि अधिकांश किसानहरू यान्त्रीकरणको प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?