ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

आज र भोलिको राष्ट्रिय अभियानमा सहभागी बनौं

२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार

राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा यही मिति २०८१ साल कार्तिक २ र ३ गते देशैभरी एकै साथ सन्चालन हुने भएको हुँदा आफ्ना बालबालिकाहरूलाई तोकिए अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायीक महिला स्वास्थ्य स्वयंसेविकाहरूसंग सम्पर्क गरी अनिवार्य रूपमा सेबन गराऔं । सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ए संगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको यस कार्यक्रममा आफ्ना बालबालिकाहरूलाई अभियानमा नछुटाऔं । हरेक बर्ष कार्तिक २ र ३ गते खुवाईने भिटामिन ए र जुकाको औषधी यसपाली पनि नेपालीहरूको महान चाड बिजयादशमीको अन्तिम दिन पूर्णिमाको भोलिपल्ट परेको हुँदा पर्व मनाउदैं गर्दा अभियानमा कोही बालबालिका नछुटुन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशैभरी एकैसाथ खुाउन परिपत्र गरेको हुनाले सबैले आ– आफ्नो स्थानबाट अभियान सफल वनाउन लागिपर्नु आवश्यक छ । आफ्ना भविष्यका कर्णधार ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधी खुवाउन नभुलौं । यो अभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ । लुलो लङ्गडोको साथै असक्त हुनबाट बचाउनुका साथै अरू रोगसंग लड्ने क्षमतापनि बढाउँदछ । र, रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँछ । त्यसैले आफ्ना बालबालिकाहरूलाई निशुल्करूपमा उपलब्ध भएको यो औषधी सेवन गराउने कार्यमा अनिवार्य रूपमा सहभागी बनौं । भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागी हरेक सुचिकृत स्वास्थ्य संस्थाहरूले सामुदायिक महिला स्वास्थ्य स्वयमसेबिकाहरूद्वारा बर्षको दुईपटक कार्तिक र बैशाख महिनामा ६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए को क्याप्सुल खुबाईन्छ । जसमा ६ देखि ११ महिनाका लागि एकलाख आई.यु.र १२ महिनादेपख ५९ महिनासम्मका लापग दुईलाख आई.यु.खुवाउनु पर्दछ । साथै दादुरा, कडा कुपोषण, दिर्घ झाडापखाला र भिटामिन ए को कमीबाट हुने आँखा सम्बन्धि रोगहरूको लागि पनि स्वास्थ्य संस्थाहरूबाट भिटामिन ए को क्याप्सुलद्वारा उपचार गरिन्छ ।

त्यसैगरी शिशुलाई स्तनपानमार्फत भिटामिन ए को आपूर्ति गर्ने उद्देश्यले सुत्केरी महिलाहरूलाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायीक महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट एक क्याप्सुल दुईलाख आई.यु.भिटामिन ए खुवाईन्छ । साथसाथै परजीबी नियन्त्रण कार्यक्रम अन्तरगत जन्मदेखि १ बर्ष उमेर सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाईदैन भने १२ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरूलाई सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकामार्फत अर्धबार्षीक रूपमा कार्तिक र बैशाख महिनामा जुकाको औषधि अल्बेन्डाजोल चारसय मिलिग्राम एक मात्रा खुवाउने जसमा १२ महिनादेखि २३ महिना सम्मका बालबालिकाका लागि दुईसय मिलिग्राम र २४ महिनादेखि ५९ महिना सम्मका बालबालिकाका लागि चारसय मिलिग्राम खुवाईन्छ भने बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्र्तगत बिद्यालय जाने बालबालिकाहरूलाई अर्धबार्षिक रूपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधी अल्बेन्डाजोल चारसय मिलिग्राम एकमात्रा खुवाउने चलन छ । सोही अनुसार सहभागी गराई खुवाउनु पर्दछ । त्यसैले यो कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रूपमा संचालनमा ल्याईएको पाईन्छ ।

के हो त भिटामिन ए:
ब्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसंग कार्य गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने शुक्ष्मपोषक तत्वको रूपमा मानिने रासायनिक पदार्थलाई भिटामिन ए भनिन्छ । भिटामिन ए ले शरीरलाई बिभिन्न किसिमका संक्रमण रोकथाम गर्दछ । आँखालाई स्वस्थ राख्दछ । बालबालिकाको बृद्वि बिकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौति दुध, सिङ्गो माछा, जनावरको दुध, हरियो सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी, अण्डा, पहेँला फलफूल तरकारी, फर्सी, मेवा आदीमा श्रोतको रूपमा पाईन्छ भने तयारी क्याप्सुलको रूपमा बिभिन्न मात्रामा सुरक्षित साथतयार पारिएको हुन्छ । त्यसैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबद्र्धक पोषक तत्वको रूपमा मानिएको छ ।

यसरी नेपाल सरकारबाट निशुल्क रूपमा वितरण गरिएका यी महत्वपूर्ण स्वास्थ्य सम्बन्धि अभियानका कार्यक्रमहरूलाई आ–आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अवधिका आधारमा अनिबार्य रूपमा गएर आ– आफ्ना बालबालिकाहरूलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरूबाट बचाउनको लागि औषधि सेवन गराउनु हरेक बाबा आमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ । साथसाथै यही मिति २०८१ कार्तिक २ र ३ गते संचालित हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भब्यताका साथ सफल पारौं । प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरू, शिक्षक शिक्षिकाहरू, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमामात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ भन्नेमा कुनै दुईमत पाईदैन । त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ– आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं । भिटामिन ए र जुकाको औषधि निशल्क पाईन्छ । यी दुबै सुरक्षित छन् । यी दुवै औषधिले जीवन रक्षा गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?