ट्रेंडिंग:

>> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन

प्रदेश र स्थानीय निजामती ऐन फिर्ता गरेपछि लुम्बिनीका प्रदेश प्रमुख घर्ती आलोचित

१ कार्तिक २०८१, बिहीबार
१ कार्तिक २०८१, बिहीबार

बुटवल, १ कात्तिक ।

लुम्बिनीका प्रदेश प्रमुखले दुईवटा विधेयक फिर्ता गरेपछि आलोचित बनेका छन् । लामो कसरतपछि प्रदेश सभाबाट बहुमतले पारित गरिएको प्रदेश निजामती ऐन र स्थानीय निजामती ऐन फिर्ता गरेपछि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमाथि चौतर्फी आलोचन आउन थालेको छ ।

प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणिकरणका लागि पेश हुन आएका विधेयकहरु संविधानको धारा २०१ को उपधारा(३) बमोजिम पुनर्विचार हुन आवश्यक देखिएको सन्देश सहित घर्तीले उक्त विधेयक प्रदेश सभामा फिर्ता गरेका हुन् । प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक प्रदेश सभाबाट भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठन सम्वन्धी विधेयक भदौ २७ गते सदनबाट पारित भएको थियो । विज्ञहरु र जनस्तरमा समेत छलफल चलाएर लामो प्रयास र बृहत छलफलपछि लुम्बिनी प्रदेशसभाबाट पारित भई प्रमाणिकरणका लागि लुम्बिनी प्रदेश प्रमुख समक्ष पेश भएका दुवै विधेयक प्रदेश प्रमुखले प्रदेश सभामा फिर्ता पठाएका छन् ।

प्रदेशसभाबाट बहुमतले पारित भएका विधेयक प्रदेश प्रमुख घर्तीले फिर्ता पठाएपछि प्रमुख घर्ती अहिले सरकार, सभा र कर्मचारीबाट नै चौतर्फी रुपमा आलोचित हुन पुगेका छन् । सत्तारूढ दल एमालेका प्रमुख सचेत तुल्सी चौधरीले विधेयक फिर्ता गर्नुपर्ने कुनै कारण नभएको बताए । व्यापक छलफल र निष्कर्षपछि संसदले सर्वसम्मत पास गरेको विधेयकमा कुनै पनि त्रुटि नभएको उनले बताए । उनले भने, “प्रदेश प्रमुखले संघीय कर्मचारीको प्रभावमा परेर विधेयक फर्ता गर्नुभयो, यो गलत गर्नुभयो ।” उहाँले अध्ययन गरेपछि पनि सरकारका मुख्यमन्त्री र सभामुखसँग छलफल गरेको भए पनि समस्याको समाधान हुने थियो भन्दै तर सभा र सरकारलाई कुनै पनि जानकारी नदिई एक्ल निर्णय गरेर विधेयक फिर्ता गर्नु संघले प्रदेशमाथि गरेको हस्तक्षेप भएको बताए ।

त्यस्तै सत्तारूढ दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले हरेक विधेयक ऐन कानुन काम गर्दै जाँदा सरकारलाई अप्ठ्यारो परे संशोधन गर्दै जाने सरकारको नियमित प्रक्रिया भएको बताए । “संबिधानमा आधारित बनेको विधेयक फर्ता गर्नुपर्ने कुनै कारण थिएन, सर्वपक्षीय, सर्वदलीय सहमतिले पारित भएको विधेयक प्रमाणीकरण नगरी फिर्ता नै गर्नु भन्दा पनि आवश्यक अनुसार संशोधन गर्दै जानु अति उत्तम विकल्प हो”– उनले भने ।

प्रदेश प्रमुख संघका कर्मचारीको स्वार्थको प्रभावमा परेर विधेयक फिर्ता गरेको प्रतिपक्षको आरोप रहेको छ । प्रदेश स्थापना भएको पहिलो पाँच वर्षको अवधिमा बनाउनु पर्ने कानुन प्रदेशले बनाउन नसक्दा प्रदेश र स्थानीय तहका कर्मचारीहरुको वृत्ति विकास रोकिएसँगै अलपत्र अवस्थामा थिए । अझै सदनबाट सर्वसम्मत पारित भएको विधेयक विभिन्न कारण देखाएर फिर्ता गर्नु प्रदेश प्रमुखले कर्मचारीको वृत्ति विकासमा रोकावट लगाउन खोजेको प्रमुख प्रतिपक्षी दल माओवादीका प्रमुख सचेत ईन्द्रजीत थारुले बताए । थारुले भने, “बहुमतले पारित भएका दुईवटै विधेयक हुवहु पुन प्रमाणिकरण गर्नुपर्ने दाबी गर्दै प्रदेश प्रमुख संघीय कर्मचारीको दवाब र प्रभावमा नपर्न आग्रह समेत गरे । उनले भने, “प्रदेश प्रमुखको यस्तो हर्कत संघीयतामाथिको प्रहार हो ।

प्रदेशमाथि प्रश्न उठिरहेको बेला प्रदेश प्रमुखले यस्तो कदम चाल्न भनेको प्रदेशलाई संघको अधिनमा राख्न खोजेको प्रदेश सभाका सभामुख तुलाराम घर्तीले बताए । यसले प्रदेश प्रमुखको अपरिपक्वता पनि भएको पुष्टि हुन्छ । किनभने विधेयक फिर्ता गर्नु भन्दा पनि सभामुख र सरकारका मुख्यमन्त्रीसँग छलफल गरेको भए मार्ग प्रशस्त थिए । “सन्देश सहित विधेयक फर्ता गर्ने अधिकार उहाँलाई भए पनि सरकारले सर्वसम्मत पारित गरेको विधेयक सरकार र सभालाई जानकारी समेत नगराई फर्ता गर्नु प्रदेशलाई हेर्ने दृष्टिकोण र प्रदेशलाई स्वयत्त हुन नदिनु हो”–सभामुख घर्तीले भने । तत्काल सदन पनि नचलेको अवस्थामा यी विधेयक पुनः छलफल गरी पारित गर्नुपर्ने हुँदा केही समय अझै लम्बिन्छ त्यसको असर कर्मचारीको वृत्ति विकासमा पर्न जान्छ”– सभामुख घर्तीले भने ।

प्रदेशको निजामती ऐन र स्थानीय ऐनमा मुख्य तिनवटा बिषयको कारण प्रमाणीकरण नगरी फिर्ता गरेको प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले बताए । उनले यी विधेयक अध्ययन गर्दा राज्यलाई आर्थिक भार पर्ने, संघीय ऐनसँग बाझिएको र एकपटकको लागि स्वतः तह वृद्धि र स्थानीय तहमा बाह्रौं तहका कर्मचारी राख्ने विषयले कर्मचारीबिच नै मनमुटाव हुने देखिएपछि यसलाई सच्याउनु पर्ने भन्दै स्थानीय ऐनमा १५ बुँदा र प्रदेश ऐनमा १० बुँदा लेखी सन्देश सहित सच्याउनको लागि फिर्ता गरेको प्रमुख घर्तीले बताए ।

यसरी वहुमतले पारित भएको विधेयक पुनः सभामा फिर्ता आउनु संघीय संरचना अन्तर्गतको कार्यालयले प्रदेशलाई अंकुश लगाउन खोजेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए । “यसरी पटक पटक विधेयकमाथिको छलफल र विधेयक फिर्ता हुनुले कर्मचारीलाई मात्रै हैन सरकारलाई पनि ठूलो आर्थिक भार बढाईरहेको छ र ऐन नआएकै कारण कर्मचारीको सरुवा वृत्ति विकास नहुनु दुखद पक्ष हो र प्रदेशका कर्मचारीको वृत्ति विकासमा संघले रोकावट लगाउनु यो पनि अत्यन्तै गलत निर्णय हो”–वलीले भने ।

नेपालको संविधानमा व्यवस्था भए बमोजिम प्रदेश निजामती सेवा प्रदेश सरकारको एकल अधिकारको रुपमा र स्थानीय निजामती सेवाको हकमा प्रदेश कानुन अनुसार गठन हुने र त्यसको व्यवस्थापनको जिम्मा स्वयम् स्थानीय तहले गर्ने भनेको छ । यी दुवै ऐनको नीति र मापदण्ड संघीय सरकारले बनाउने जिम्मेवारी रहेको छ । तर संघले न त नीति र मापदण्ड बनाउन सकेको छ न संघीय निजामती ऐन नै बनाउन सकेको छ । तर प्रदेश सरकाले भने संघको बाटै नहेरी जबर्जस्त प्रदेश र स्थानीय निजामती ऐन बनाउने प्रयत्न गरिरहेका छन् ।

७ वटै प्रदेशमा निजामति सम्बन्धि कानुन बन्न नसक्दा संघीयता कार्यान्वयनमा समस्या आएको भन्दै पटक पटक राजनीतिक दलले लबिङ गरिरहेका बेला प्रदेशसभाबाट बहुमतले पारित भएको विधेयक प्रदेश प्रमुखबाट फिर्ता हुनु राजनीतिक दल र कर्मचारी तहले समेत रहस्यमय ढङ्गले बुझेका छन् भने कर्मचारी तहमा चिन्ता चासोको बिषय बनेको छ । प्रदेश र स्थानिय तहमा निजामति सम्बन्धी कानुन बन्न नसक्दा कर्मचारीहरुको वृत्ति विकासमा प्रत्यक्ष असर परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?