ट्रेंडिंग:

>> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

फुल्यो काँश, बढ्यो सौन्दर्य 

३० आश्विन २०८१, बुधबार
३० आश्विन २०८१, बुधबार
पाल्पा, ३० असोज ।
शरद ऋतुको आगमनसँगै खेती नगरिएका खाली समथर भूभागमा तथा खोलाका किनार किनारमा काँश फुलेर सेताम्य भएका छन् । यहाँका फाँटहरुमा फुलेका काँशले प्राकृतिक सौन्दर्यता बढाउँदा क्यामेरा तथा मोवाइलमा कैद गर्ने युवायुवतीहरु मात्र होइन । सौन्दर्यप्रेमी जो केहीको पनि मनै लोभ्याउने गरेको छ । वर्षा ऋतृ सकिएपछि आउने सरद ऋतुसंगै फुल लागेका छन् । काँश फुलेपछि रोग व्याध हराउँदै जाने पुराना पुस्ताहरुको भनाई रहेको छ ।
सेताम्य फुलेका काँशले मनलाई आनन्दित बनाएको वगनासकाली गाउँपालिका पोखराथोकका वेद प्रसाद न्यौपने बताउँछन् । खोलाको किनारामा सेताम्य फुलेको काँशबाट आम्दानीको मुख्यश्रोत बनाउन सकिन्छ । यसबाट गुन्द्री, ढकीया अन्य सजावटका सामानहरु पनि बनाउने गरेको पोखराथोककी स्थानीय फुलकुमारी कुमाल बताउँछिन् ।
माडी फाँटमा मात्र नभई पुर्वखोलाको  कचल, सर्देवा, अर्गली, रामपुर जस्ता फाँटमा  पनि काँशका सेता फुलहरुले प्राकृतिक सुन्दरता बढाएको छ । पहिलाप हिला परालको गुन्द्रीको  विकल्पमा काँशका गुन्द्रीहरु बनाउने प्रचलन थियो । त्यसबाट विभिन्न सामग्रीहरु जस्तै ढकीया सजावटका सामग्री बनाएर बजारमा बिक्री पनि गर्ने, आफन्तहरुलाई उपहार दिने समूह पनि थिए । पुराना पुस्तामा यस्ता सिपहरु भएपनि नया पुस्ताका लागि काँश, टिकटक बनाउनभन्दा अरु केही काम नलागेको स्थानीय कमल खनाल बताउँछन् ।
काँशलाई नया पुस्ताले उपयोग गर्न नजानेको हो । आयुर्वैदिक चिकित्सामा पनि काँश एक प्रकारको जडिवुटीको रुपमा चिनिन्छ । यसलाई आम्दानीको मुख्य श्रोततर्फ स्थानीय सरकारले पहल नगरेको हो । नयाँ पुस्तालाई तालिम दिएको खण्डमा घरैमा बसीबसी आयआर्जन गर्न सकिने थियो । त्यसैगरी यहाँको पर्यटन विकासमा पनि थप  सहयोग हुने थियो । यसलाई ठुलो सानो पर्दाको म्युजिक भिडियोको छायांकनका लागि समेत प्रयोग गर्न सकिने भएपनि उपयोगमा ल्याउन नसकिएको स्थानीयहरु बताउछन् । वातावरणीय क्षेत्रमा पनि यसको महत्वपूर्ण योगदान रहेको छ । यसले भूक्षय रोक्न सक्दछ । खेतको किनारामा लगाउँदा पहिरो नियन्त्रण गर्न सकिने वन प्राविधिक रामचन्द्र लामा बताउछन् । काँश भएको ठाउँमा खोलाको कटान अत्यन्तै कम हुने गरेको उनी बताउछन् ।
तिनाउ गाउँपालिका दोभानका स्थानीय शेर बहादुर चिदी भन्छन्, “तिनाउ खोलामा समाहित हुन आउने कचल खोलाको वारी पारी सेताम्य हुने गरी फुलेको काँशलाई साक्षी राखेर मायापिरती साटासाट गर्ने ठुलो संख्यामा युवायुवतीहरु वुटवलबाट आउने गरेको र काँश फुलेपछि वर्षा सकियो भन्ने सन्देश दिएको उनले बताए ।
खेतका गरा गरामा सुन जस्तै पहेलै पाक्न लागेको धानसंगै सेताम्य फुलेको काँशका बोटहरु झुलेको देख्दा जो कोहीको मन पनि लोभिने गर्दछ । यसलाई उपयोग गर्न सकिए आम्दानीको बलियो माध्यम बनाउन सकिने थियो । पहिला पहिला यहाँका महिलाहरुले विभिन्न सामग्रीहरु बनाएर बजारमा लगेर बिक्री गरी आफुलाई आवश्यक सामग्रीहरु किनेर  ल्याउँथे । तर आज यस्ता सिप भएका मानिस सबै सकिदै गए । नया पुस्ताले सिप सिक्न नचाहँदा काँश त्यसै खेर गएको स्थानीय देव कुमारी वगाले बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?