Butwal Today

दाङमा पानीमा डुबेर एक जनाको मृत्यु

२८ आश्विन २०८१, सोमबार
अ+
अ-

दाङ,२८ असोज।

दाङमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तीनगर गाउँपालिका–७ सानो–तुलसीपुर निवासी ६१ वर्षीय केशव थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

थापा घरबाट करिब दुई सय मिटर दक्षिणमा रहेको माध्यामिक विद्यालय सानो–तुलसीपुरको पूर्वपट्टिको धारामा पानी जमेको नालीमा मृत भेटिएको प्रहरी निरीक्षक थापाले जनाएका छन् । घटना बारे थप अनुसन्धान भइरहेकै उनलेे बताए ।।।