ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा

२५ आश्विन २०८१, शुक्रबार
२५ आश्विन २०८१, शुक्रबार

नवलपरासी, २५ असोज ।

जिल्लाको सुनवल स्थित तुरिया खोलाबाट अवैध निकासी गर्दै गरेको अवस्थामा एक टिप्पर र एक ट्याक्टरमा ढुँगा बरामद गरिएको छ । दशैको मौका छोपी खोलाबाट ढुँगाको चोरी निकासी गर्ने क्रममा सुनवल नगरपालिकाका नगर प्रहरीले उतm टिप्पर (हाईवा) मा लोग गरिएको लु २ त ५२३३ नम्बरको टिपर बरामद गरिएको हो ।

केही दिन अगाडि सुनवल प्रहरीले पनि एक ट्याक्टर ढुँगा बरामद गरी सुनवल नगरपालिकालाई बुझाएको थियो । अहिले हाइवा नगरपालिकाले बरामद गरी सुरक्षार्थ सुनवल प्रहरी चौकीमा बुझाएको सुनवल प्रहरी चौकीका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी गराए ।

हाइवा नगरपालिकाले बरामद गरेको जरिवाना काट्न नआएका कारण नगरपालिकाले उतm हाइवा सुरक्षार्थ प्रहरी चौकीमा लेखी पठाएको हुँदा प्रहरी चौकीमा राखिएको उनको भनाई थियो । “विहीवारदेखि नै दशै विदा भएको छ”, उनले भने, “नगरपालिकामा कर्मचारी बस्दैनन्, त्यहाँ उक्त हाईवा राखियो भन्ने हाईवा कसैले लग्यो, वा हरायो भन्ने आर्कैै समस्या हुने हुँदा चौकी परिसरमा राखिएको छ ।” नगरपालिका कार्यालय खुलेपछि आवश्यक कारवाहीका लागि सुनवल नगरपालिकामा उक्त हाइवा र ढँुगा पठाइने प्रहरी निरीक्षक पौडेलले जानकारी गराएका थिए । नगरपालिका र प्रहरी अहिले खोलामा अवैध निकासीलाई कडाईका साथ रोक्ने प्रयासमा छन् । तर पनि लुकीछिपि खोला तस्करहरु खोलाजन्य सामग्री चोर्ने गरेका छन् ।

विगत बर्षमा पनि पुर्व पश्चिम राजमार्ग निर्माण आयोजनाको आडमा खोलाजन्य पदार्थको ब्यापक तस्करी भइरहेको थियो । स्थानीय प्रहरी कार्यालय र बन कर्मचारीको मिलेमतोमा खोलाजन्य पदार्थ (ढुँगा, गिट्टि, बालुवा, मिस्कट) को ठूलो मात्रामा तस्करी हुने गरेको आरोप पनि लागेको थियो । तर अहिले प्रहरी चौकीमा नयाँ प्रहरी निरीक्षक पौडेल आएदेखि खोला तस्करीमा कडाई गर्दै आएका छन् । सुनवल नगरपालिकाको तुरियाखोला भित्रै पुर्वपश्चिम राजमार्ग निर्माण आयोजनाको खोलाजन्य पदार्थको प्रशोधन केन्द्र राखिएका छन् । तिनै प्रशोधन केन्द्र नजिकै मिनि पहाड जस्तै खोलाजन्य पदार्थ भण्डारण गरिएका छन् । भण्डारण नजिकै खोलाको किनारमा अवैध ढुँगा र मिस्कट झिकेर राखिएको अवस्थामा जहाँ तही भेटाउने गरिएको स्थानीयले बताएका छन् ।

आयोजना जति ढिलो भयो, उति धेरै दिन कमाउन सकिन्छ, आयोजनाकै नाममा खोलामै प्रशोधन केन्द्र राखिएका छन्, कोही आयो भने आयोजनाकै ती सामग्री हो भनी झुक्याउन सकिन्छ, मौका छोपेर बाहिर बेच्न सकिन्छ । नगरपालिकाले आयोजनालाई उपलब्ध गराएको सामग्री वा अन्य फर्मले निकासी गरी राखिएको खोलाजन्य सामग्रीको स्टकबारे वास्तविक लेखाजोखा पनि नगरपालिकासँग छैन । तस्करीको हल्ला भयो र जो जहाँ पायो, त्यही कमाउने मेसो बनेको छ, । अनुगमनको काम भन्दा अनुगमनको नाममा सौदाबाजी बढी छ । “होइन भने नियमित अनुगमन गर्ने र प्रतिवेदन तयार गरी कसले के गर्ने ? कार्ययोजना बनाउने र लागु गर्ने हो । कार्ययोजना अनुसारको काम गरेको प्रतिवेदन पनि नियमित सार्वजनिक गर्नु पर्ने हो, तर खोई त प्रतिवेदन ?” उनले प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?