ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

दशैँ पर्वको बहुआयामिक महत्व

२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार

वाल्मिकी रामायण अनुसार रामायण कथाको भूगोल इन्डिया हो । यस लेखकलाई मोटामोटी रूपमा १०० वटा रामायणको जानकारी छ । भुटानको रामायणमा राजा शुद्धोधनको छोरा लक्ष्मण थिए र उनी साह्रै दुष्टमतिका र व्यायभिचारी थिए । यसरी नै कम्बोडियाको पनि छुट्टै रामायण प्राप्त छ । कथाका विषयवस्तु पनि फरक छन । थाइल्याण्डमा हात्तीलाई गणेशको अवतार मानेर पुजा गरिन्छ र थाइल्याण्डमा रामको दरबार भएको ठाउँलाई अयोध्या भन्दा रछेछन् । २०५७ सालमा पाल्पा जिल्ला विकास समितिको तर्फबाट म समेत १३ जना थाइल्याण्डको भ्रमणमा खानेपानी तथा सरसफाई सम्वन्धि अध्ययन गर्न जाँदा अयोध्याका राम परिवारसित सबन्धित मूर्तिहरू टुटे फुटेको पाइयो । रोचक र स्मरणीय कुरो त के छ भने थाइल्याण्डको राष्ट्रिय पुस्तक रामायण रहेछ तर इन्डिया र नेपालमा रामायणलाई त्यस्तो राष्ट्रिय पुस्तक भनिएको छैन । जति कुरा गरे पनि रे रे मा आधारित छन्, पुष्टी भएको छैन ।
जमराको महत्वः
हाम्रो देश नेपालमा मनसुनी हावापानी अनुसार खेतीपाती गरिन्छ । यहाँ दशै पनि दुईपटक मनाइन्छ । एउटा चैते दशै र अर्को असौजे दशैं । असौजे दशैलाई ठूलो दशंै र चैते दशैलाई सानो दशै भन्ने चलन छ । दुबै दशैको साँस्कृतिक महत्व एउटै छ ।
जमरा राख्नुको महत्वः
चैत, बैशाख, जेठ, असार यो वर्खे खेतीपाती गर्ने बेला हो । हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि जमरा सँस्कृतिलाई निरन्तरता दिँदै आएका छन् । कृषि प्रणालीमा जमराको अति महत्व छ तर हाम्रा पण्डित पण्डा पुराोहित ज्यूहरूले कृषिमा यसको बैज्ञानिक र व्यवहारिक विषयतर्फ कहिल्यै व्याख्या विश्लेषण गरेर सर्वसाधारणलाई बताएको पाइदैन । उहाँले त केवल यादेवी सर्वभूतेषु शक्ति रूपेण सथिस्ँता नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नमः । या देवी सर्वेभूपेषु विद्यारूपेण सथिस्ँता नमस्तस्यै, नमस्तस्यै, नमतस्यै नमोनमः । निद्रा रूपण या देवी सर्वोभूपेषु सथिस्ँता नमस्तस्यै, नमस्तस्यै, नमतस्यै नमोनमः ।
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमाशिवाधात्री स्वहा स्यधानमस्तुते । दुर्गाशप्तशती यस खाले मन्त्रहरू छन् । यी सबै महिलाका नाम हुन् । यस खाले आरती भजनमा रूपान्तरण केही छैन । यिनमा रुढता छ, परिवर्तन छैन । यसले हाम्रो व्यवहारिक जीवनमा खास त्यस्तो फलदायी पाइदैन तर पर्दा सुन्दा निकै मिठा आकर्षक छन् । यसले के बताउँछ भने धार्मिक रूपले व्याख्या गर्नेहरू दशैँ पर्वलाई सास्ँकृतिक पर्व नभनेर हिन्दूको पर्व भन्ने गरेका छन् । यसले दशै पर्वलाई यस्तो व्याख्याले साँगुरो बनाएको छ । दशै पर्व हिन्दूको मात्र पर्व होइन यो पर्व हिन्दु, बौद्ध, लामा लगायत सबैजसोको पर्व हो । कोहीले धार्मिक रूपमा मनाउँछन भने अधिकाँशले साँस्कृतिक रूपमा मनाउँछन् । साँस्कृतिक रूपमा मनाउनु भनेको के हो ? विज्ञान र व्यवहारमा आधारित कुरा हो । खेतीपाती गर्नुभन्दा पहिला विउ वा हलको परिक्षण हुनु आवश्यक छ । विउबाल परिक्षण गरिएन भने विउ नउमरिन सक्छ । विउबाल उम्रेन भने त्यही राोपण गरिएको अन्न नाश हुने भयो । यसबाट उत्पादनमा ह्रास हुने भयो । राष्ट्रिय आम्दानीमा पनि नोक्सान हुने भयो । यसैले गर्दा हामी नेपालका सबै जनजातीका पुर्खाहरूले जमरा सँस्कृतिको सुरुवात गरेको देखिन्छ । सारतः जमरा सँस्कृतिले विउबालको उमार शक्ति ( जर्मिनेशन पावर टेस्टी हो )
टिका भनेको के हो ?
हामी नेपालीले मकैको, कोदाको, फापरको, जुँनेलाको टिका लगाउँदैनौ । हामीले टिका लगाउँछौं त धानको अक्षेताको टिका लगाउँछौं किन ? नेपालको यही लुम्बिनी प्रदेशकै अजीगरा ताल, पाल्पा प्रवास ताल, पाल्पा बुढुवा ढाव र कास्की पोखराको बेगनास ताल रूपाताल आदि ताल तलैयामा लेखकले प्राकृतिक धान आँखैले देखेको हुँ । प्राकृतिक तालमा आफै उम्रने आफै झर्ने, आफै बढ्ने धान हो । त्यो धानलाई हाम्रा नेपाली जातजाती जनजाती सबैले प्रयोग गरे । शुरुमा आगो प्राप्ति नगर्दासम्म त्यो धान त्यत्तिकै नै रह्यो । जब आगो प्राप्ति भयो धानलाई आगोमा पोल्दा फुला उठ्यो र हाम्रा पुर्खाहरूले लाभा खान सिके । खाँदा स्वादिलो माने । पछि विकासका क्रममा त्यसपछि ओखल ढिकीको आविष्कार भएपछि चामल बनाउन सिके । पछि पानी राखेर चामल खान सिके । यसरी धानको र चामलको महत्व बढ्यो । त्यती मिठो खान सिकेका हाम्रा पुर्वजहरूले त्यो धानको अक्षेताको निधारमा टिका लगाउन सिके । निधार भनेको मान्छेको साइनबोर्ड हो । साइनबोर्ड (निधार) मा शुरुमा सेतो टिका लगाउने हाम्रा पुर्खाहरूले क्रमशः रातो, पहेलो, हरियो विभिन्न किसिमको रङ्गहरू आविष्कार भएपछि विजय र खुसियालीमा रातो टिका, शोक वा दुःख मनउँदा पहेलो टिका लगाउने प्रचलन सँस्कृतिको रूपमा विकास भयोे ।
दशैं पर्वको रातो टिकाको सम्बन्धमाः
शुरुका दिनहरूमा जतिबेला रङ्गहरू थिएनन् । त्यतिबेला मूल रङ्ग सेतोलाई नै हाम्रा पुर्खाहरूले प्रयोग गर्दथे । भनिरहन पर्दैन पछिल्ला दिनहरूमा विभिन्न रङ्गहरू आविष्कार भएपछि खुसियालीमा रातो र दुःख पीडा पर्दा पहेलो रङ्ग वा सेतो रङ्ग लगाउन थालेको देखिन्छ । स्मरण रहोस् दशैमा वा अन्य पर्वमा होस धानको अक्षेताको रातो सेतो वा जुनै रङ्गको अक्षेता साइनबोर्डरूपी निधारमा लगाएर धानको साँस्कृतिक रूपमा अहिल्यै होइन निकै पहिल्यैदेखि उत्पत्तिको अधिकार लिएका रहेछों । यो कुरा हाम्रो नेपालका १२३ जाती जनजातिले बुझ्दा राम्रो हुने छ । दशैमा राता टिका लगाउने निधारभरि लगाउन सुरुवात नेपालका जनजातीहरूले नै शुरु गरेको हुन भन्ने कुरा लेखक तथा इतिहासकार बमबहादुर अधिकारी लगायत ५० औं लेखकले लेख्नुभएको छ । त्यसैले जनजातिलाई काटेर उनीहरूको त्यही रगतभित्तामा पञ्जाछाप लगाएर राता टिका लगाउन थालेको हो भन्ने बुझाइ र अपप्रचार स्वतः खण्डित हुन्छ ।
निष्कर्ष:
दशै पर्व नेपालको मौलिक पर्व हो । यो पर्वमा परापूर्व कालदेखि नै नेपालीहरूले टिका जमरा लगाएर महोत्सवका रूपमा मनाउदै आएका छन् । यो पर्व जनजातिलाई काटेर मनाउन थालेको भन्ने धारणाले एकताबद्ध बन्दै गरेको नेपाली समाजलाई विभाजनको षडयन्त्र हो भन्ने बुझ्न सकिन्छ । तथ्यका आधारमा लेखिएको इतिहास हो । कपोल कल्पनामा गरिने प्रचारमा सत्यता हुँदैन । हिजोका दिनमा को कहाँबाट आए, कसका पूर्खाले कतिमात्रामा गल्ती गरे, त्यस्ता कुरालाई लिएर विवाद गर्नु वाञ्छनीय हुँदैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?