ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग

२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार

नवलपरासी, २३ असोज ।
राजस्व कर्मचारीको निगरानीमा मात्रै मदिरा उत्पादन गर्नु परेको जिल्ला स्थित डिस्टिलरीहरूको समस्या बनेको छ । राजस्व कर्मचारी उपस्थित भएन भने उत्पादन नै रोकिने अवस्था भएकोले डिस्टिलरीलाई समस्या हुँदै आएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले राजस्व बढाउनका लागि निरन्तर विभिन्न अभिब्यतिm दिँदै आएको तर राजस्व वृद्धिको बाधक राजस्वका कर्मचारी नै भइरहेको सरोकारवालाहरूको भनाइ छ । राज्यलाई कर तिर्ने सरोकारवालालाई प्रवद्र्धन र प्रोत्साहन गरिनु भन्दा करदातालाई हैरान गरेर राजस्व कहिल्यै नबढ्ने एक ब्यवसायीले बताए । ‘राज्यको मेरुदण्ड अर्थतन्त्र हो, त्यसको प्रमुख कुरा राजस्व हो,’ उनले भने–‘तर मेरुदण्ड नै भत्काउनेमा राजस्वका कर्मचारी लाग्ने गरेका छन् । जसको ज्वलन्त उदारहण हो, जिल्लामा सञ्चालित डिस्टिलरीहरू । राजस्वका कर्मचारी आएर बसेमा मात्र डिस्टिलरीले आफ्नो उत्पादन शुरु गर्छ, यदि राजस्व कर्मचारी आएनन् भने उत्पादन नै प्रभावित बन्ने गरेको गुनासो छ ।
बर्षेनी तीन करोड भन्दा बढि राजस्व बुझाउँदै आएको जिल्लाको सुनवल नगरपालिका स्थित हिमाली डिस्टिलरीका राजस्व हेर्ने प्रतिनिधि मान बहादुर क्षेत्रीसँग डिस्टिलरी किन चलेको छैन ? भनेर सोधपुछ गर्दा उनले राजस्व कर्मचारी नभएर उत्पादन रोकिएको प्रतिकृया दिए । नियमित रूपमा डिस्टिलरी चलेको छैन्, उनले भने, मितेरी लगायत आधा दर्जन ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ । तर नियमित रूपमा डिस्टिलरी सञ्चालनमा समस्या देखिएको छ । डिस्टिलरीको पूर्ण नियन्त्रण राजस्व कर्मचारीको रहेको हुन्छ । सिसिटिभि समेत जडान गरिएको छ ।

नियमित उत्पादन गर्दा राजस्वले आफ्नो लेबल लगाईदिने हो । त्यस पछि निकासी हुन्छ । तर उत्पादन नै नियन्त्रण गर्नु हुँदैन । उत्पादन गरेर भण्डारण गर्न मिल्ने र निकासीमा नियन्त्रण गरिनु पर्ने हो । तर उत्पादन नै नियन्त्रण हुँदा उद्योगलाई प्रोत्साहन हुनु भन्दा निरुत्साही गर्ने कार्य भइरहेको अनुभव कर्मचारीहरूको रहेको छ ।
बर्षेनी कर वृद्धि हुने पनि यहिँ मदिरा हो, तर नियन्त्रण पनि यसैलाई गरिएको छ । डिस्टिलरी नियन्त्रण गरेर नेपालमा मदिराको सेवन थोरै घटेको छ, एक कर्मचारीले भने, बरु विदेशी मदिराको आयात बढेको छ । राजस्व नीति र कर्मचारीका कारण राजस्व र रोजगारी दुबैलाई प्रभावित बनाएको उनको भनाइ थियो ।

यसैगरि गत बर्षमा १७ करोड ५२ लाख राजस्व बुझाएको सुनवल नगरपालिकाकाको स्वाठी स्थित लायन्स डिस्टिलरीले अहिले पनि महिनाको १ करोड बढि राजस्व संकलन गर्दै आएको छ । अधिकांश मजदुरु बर्गले सेवन गर्ने खालका ब्राण्डका मदिरा सो डिस्टिलरीले उत्पादन गर्दै आएको लेखा प्रमुख केशरमान श्रेष्ठले बताएका थिए । राज्यलाई राजस्व नियमित बुझाउने उद्योग मध्येको यो पनि प्रमुख उद्योग हो । स्वदेशमै उत्पादन हुदै आएको स्प्रीटबाट मदिरा उत्पादन गर्ने गर्दै आएको छ । दर्जन बढि स्थानीय महिलाहरूले रोजगारी समेत पाएका छन् । राजस्वका कर्मचारी नियमित रूपमा उद्योग परिसर भित्रै बस्ने गरेका हुन्छन् । उनीहरूकै निगरानीमा मदिरा उत्पादन हुने गर्छ ।

सामाजिक रूपमा मदिरा उद्योगलाई पनि सम्मानित पेशा नभएको हुदा राजस्व कर्मचारीको निसानामा ति उद्योगहरू नै पर्ने गर्छन् । उच्च अधिकारीलाई सम्मान स्वरूप उपहार उनीहरूले नै पठाईदिनु पर्छ । चाडवर्प र उत्सव महोत्सवमा पनि राजस्व कर्मचारी लगायत उच्च ओहदाका कर्मचारीको ध्यान पनि मदिरा उद्योगतर्फ जाने गरेको छ । डिस्टिलरी सञ्चालक तथा अधिकारी सरकारी कर्मचारीको स्वागत सत्कारमा जहिले पनि तम्मतयार हुनु पर्ने अवस्था हुन्छ । तर त्यसको फाईदा बेला बखत राजस्वका कर्मचारीलाई मिलाएर उद्योग सञ्चालकहरूले पनि लिइने गरेको एक मजदुरले सुनाए । राजस्वको स्टिकर बिनामा पनि कहिले काँही मदिरा उत्पादन गरि बजारमा पठाईदिएर राजस्व छली पनि हुने गरेको छ ।

राजस्व कर्मचारीले उद्योग सञ्चालक र कर्मचारीलाई हैरान गर्ने र अबैध असुली गर्ने गर्दा त्यसको फाईदा सञ्चालकहरूले पनि बेला मौका मिलाएर राजस्व छल्ने तर्फ जाने गरेको ति मजदुरको भनाई थियो । यसले उद्योग सञ्चालक र कर्मचारीलाई लाभ हुने तर राज्य कोषमा राजस्व घट्ने गरेको छ । राजस्वका कर्मचारी उद्योगमा बसेर हेर्ने, सिसिटिभी मार्फत पनि अनुगमन गर्ने तर पनि राजस्व अनुसन्धानका कर्मचारी बेला मौका घुमफिर गर्दै आफ्नो भाग पनि उठाउन आई पुग्ने गरेको दाबी ती मजदुरको थियो । राजस्व कर्मचारी र उद्योगका कर्मचारीको खेलोमेसो हामी हेर्ने गर्छाै, उनले नाम नबताउने सर्तमा भने,तर हामी जस्ता साना मजदुरले त्यसको प्रतिवाद गर्ने हैसियत नै हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?