ट्रेंडिंग:

>> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान

रामपुरमा प्लाष्टिकका फूलमाला निषेध

२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार

बुटवल, २३ असोज ।
रामपुर नगरपालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै कृषकले उत्पादन गरेको प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरेको छ । प्लास्टिकजन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने, स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने भन्दै प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

नेपालीहरूको महान पर्वहरूको पूर्व सन्ध्यामा आइतबार एक सूचना जारी गर्दै कृत्रिम फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको हो । सूचनामा भनिएको छ, ‘नेपालीहरूको महान पर्व विजया दशमी, शुभदीपावली, नेपाल संवत छठ पर्व लगायत विभिन्न महोत्सव तथा अन्य सभा समारोहमा प्लास्टिकजन्य फूलगुच्छा, माला लगायतका सामग्रीको उत्पादन, आयात, विक्री वितरण र भण्डारण नगर्न नगराउनु हुनका लागि सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।’ साथै सूचना मार्फत नगर क्षेत्र भित्र उत्पादन भैरहेको सयपत्री, गोदावरी र मखमली लगायतका फूलहरू एवं सो बाट बनेका मालाहरू मात्र प्रयोग गर्न अनुरोध गरिएको छ ।

आइतबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले जानकारी दिए । दशैं लगतै व्यवसायीहरूले तिहारलाई लक्षित गरी प्लष्टिकका फूल तथा मालाहरू आयात गर्दा व्यवसायी समस्यामा पर्न सक्ने भएकाले कार्यपालिकाले चाँडै निर्णय गरिएको जानकारी दिए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले कार्यपालिकाको निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गरिने बताए । प्राकृतिक फूलको प्रवद्र्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिकजन्य फूलमाला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताईन् । अनुगमनको क्रममा बजारमा प्लास्टिकजन्य फूल तथा माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही समेत गर्ने बताईन् ।

नगर प्रमुख रमण बहादुर थापाले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न प्लास्टिकका मालालाई प्रयोग नगर्न आग्रह गरिएको बताए । वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण पालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?