Butwal Today

बबई नदीमा डुबेर बालकको मृत्यु 

२३ आश्विन २०८१, बुधबार
अ+
अ-

दाङ,२३ असोज ।

पश्चिम दाङको दंगिशरण गाउँपालिका-४ बैबाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगिशरण गाउँपालिका-४ बैबाङका नरेश खड्काका ९ वर्षीय छोरा पुस्कर खड्का रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

आज दिउँसो करिब तीन बजेतिर खड्कासहित सोही ठाउँ निवासी कविराम पुनका ९ वर्षीय छोरा तारा पुनपनि पौडी खेल्न बबई नदीमा गएका थिए। पौडी खेल्ने क्रममा दुवै बेपत्ता भएपछि तत्कालै प्रहरीलाई खबर गरिएकाे थियाे ।

सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा गएको टोलीले उनीहरू पौडी खेल्न गएको स्थानदेखि सय मिटर दक्षिणतर्फ नदी बीच भागमा खड्काको शव फेला परेकाे थियाे ।

प्रहरी निरीक्षक थापाका अनुसार खड्कासँगै पौडी खेल्न गएका पुनलाई भने स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको थियाे।

प्रहरीले नागरिकलाई नदीमा पौडी खेल्दा सतर्कता अपनाउन आग्रह गरेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?