ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

मुस्ताङमा औपचारिक बौद्ध उच्च शिक्षाको माग

२२ आश्विन २०८१, मंगलवार
२२ आश्विन २०८१, मंगलवार

जोमसोम, २२ असोज ।
मुस्ताङमा औपचारिक बौद्ध उच्च शिक्षाको माग गरिएको छ । गुम्बाहरूमा अनौपचारिक रूपमा बौद्ध शिक्षा सञ्चालनमा रहे पनि त्यसलाई मुलधारमा ल्याउनका लागि बौद्ध क्याम्पसको माग गरिएको हो । मुस्ताङका सरोकारवालाहरूले बौद्ध कलेज सञ्चालनका लागि मुस्ताङ तयार रहेको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयले औपचारिक बौद्ध शिक्षाको सुरुआत गर्नुपर्ने माग गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले मुस्ताङको जोमसोममा असोज २० गते आइतबार आयोजना गरेको मुस्ताङको बौद्ध सम्पदा र संस्कृतिको पर्यटन प्रवद्र्धन विषयक अन्र्तक्रियामा मुस्ताङका अगुवाहरूले बौद्ध सम्पदाहरूको अनुसन्धान, संरक्षण, उत्खनन् तथा बौद्ध शिक्षामा विश्वविद्यालयले अग्रसरता लिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मुस्ताङ बौद्ध सम्पदाको अदभूत खानी रहेको भन्दै यसको उजागर गर्न आवश्यक रहेको बताए । बौद्ध सम्पदा र संस्कृतिको प्रवद्र्धनले दीगो पर्यटन विकास हुने भन्दै उनले मुस्ताङको सामरिक महŒवलाई ध्यानमा राख्दै काम गर्नुपर्ने बताए ।

पूर्व मुख्यमन्त्री अधिकारीले बौद्ध विश्वविद्यालयले मुस्ताङका बौद्ध गुम्बा तथा विद्यालय तहमा बौद्ध शिक्षा लिएका विद्यार्थीहरूका लागि बौद्ध क्याम्पस सञ्चालनको ठोस निर्णय लिनुपर्ने बताए । बौद्ध दर्शनको अनुसन्धानले मात्रै मुस्ताङलाई पर्यटकीय खानीका रूपमा विकास गर्न सकिने उनको भनाई थियो । मुस्ताङको बौद्ध शिक्षाको विकासमा पक्ष विपक्ष हुन जरुरी नभएको भन्दै उच्च शिक्षा सञ्चालनमा आफूले सहजिकरणको काम गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले मुस्ताङका गुम्बाहरूमा रहेका बौद्ध ग्रन्थहरूको अध्ययन अनुसन्धान हुन नसकेको भन्दै विश्वविद्यालयले अनुसन्धानलाई अघि बढाउने योजना बनाइरहेको बताए । गुम्बा विहारहरूमा रहेका बौद्ध ग्रन्थलाई नेपालीसहितका भाषामा रूपान्तरण गरी यहाँको बौद्ध संस्कृति, कला तथा पुरातत्वलाई उजागर गर्न विश्वविद्यालयले प्रयास गरिरहेकाले स्थानीय, प्रदेश तथा संघीय सरकारले पनि विशेष योजना बनाएर सहयोग गर्नुपर्ने बताए ।

बौद्ध विश्वविद्यालयले मुस्ताङमा अनुसन्धान केन्द्रका साथै उच्च शिक्षा सञ्चालन गर्न सक्ने भन्दै त्यसका लागि स्थानीय, प्रदेश सरकारले पहलकदमी गर्नुपर्ने उनले बताए । उच्च शिक्षा सञ्चालनका न्यूनतम पूर्वाधार तयार रहेको अवस्थामा विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्न सक्ने उनले प्रतिवद्धता जनाए । मुस्ताङका गुम्बाहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्नातक तहमा औपचारिक शिक्षामा जोड्न सकिने भन्दै त्यसका लागि सहजीकरण गर्न सरोकारवालालाई आग्रह गरे ।

बौद्ध दर्शन, कला, संस्कृतिको अध्ययन अनुसन्धान गर्नु विश्वविद्यालयको मुख्य लक्ष्य रहेको भन्दै उनले ओलांचुगोलादेखि टिंकरसम्मको हिमाली बौद्ध सम्प्रदायको अध्ययन अनुसन्धान गर्न विश्वविद्यालयले काम गर्ने उनले बताए । विश्वविद्यालयको अनुसन्धान कार्यमा सरोकारवाला सबैको सहयोग हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य श्रीमाया थकालीले मुस्ताङी जनताकै संरक्षणमा बौद्ध संस्कृति र सम्पदा जीवित रहेको भन्दै यसको प्रवद्र्धन, अनुसन्धानमा विश्वविद्यालय तथा सरकारी निकायबाट विशेष योजना ल्याउनुपर्ने बताइन् ।
त्यस्तै संविधान सभाका सदस्य चन्द्र बहादुर गुरुङले मुस्ताङमा शताब्दिऔं पूरानो संस्कृति र सम्पदा रहेको भन्दै यसको उचित अनुसन्धान हुन नसकिरहेको बताए । उनले विश्वविद्यालयले बौद्ध शिक्षाका साथै अनुसन्धानमा काम गर्ने योजना ल्याउनुपर्ने बताए ।

बाह्रगाउँ गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्ग्याल गुरुङले मुस्ताङमा बौद्ध क्याम्पस स्थापना गर्ने प्रयास भए पनि सफल नभएकोमा चिन्ता व्यक्त गरे । उनले साक्यपा बौद्ध कलेज स्थापना गरी स्नातक तहको पठनपाठन मुस्ताङमा गर्न आवश्यक रहेको भन्दै विश्वविद्यालयसंग सहकार्य गर्न आफूहरू तयार रहेको बताए । मुस्ताङी जनताहरू छिमेकी देशहरूको सम्बन्धलाई सुमधुर बनाउदै अघि बढ्ने विषयमा सचेत रहेको भन्दै उनले मुस्ताङको पर्यटन प्रवद्र्धनमा बौद्ध सम्पदालाई उजागर गर्दै लैजानुपर्नेमा जोड दिए । स्थानीय समाजसेवी जयन्द थकालीले बौद्ध गुम्बाको प्रचार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । त्यस्तै चन्द्रबहादुर थकालीले विश्वविद्यालयले अनुसन्धानकर्ता खटाएर गुम्बाहरूको विषयमा अनुसन्धान तथा पर्यटकीय ज्ञान प्रदान गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले सम्पदाको विकासले पयर्टन र पर्यटनले जीविकाको विकासमा जोड दिने बताए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले मुस्ताङको बौद्ध सम्पदा र संस्कृतिको विकासले पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताए । कार्यक्रममा मुस्ताङ उद्योग वाणिज्य संघका सचिव योगेश शेरचन, तिलक वि.क., पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली, सुन्देली रसाइली लगायतले बोल्दै मुस्ताङको संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्यका रूपमा विश्वभरी पहिचान गराउनुपर्नेमा जोड दिए । कार्यक्रम जोमसोमस्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा मुस्ताङका स्थानीय सरोकारवाला, पर्यटनबिद्, बौद्ध विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?