ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण
बुटवलको बधशाला प्रकरण

कागजात नै नपु-याएको कारण टेन्डर रद्द गरिएको खुलासा

प्रस्ताव पेश गर्दा ‘बुटवल मासु उत्पादन तथा प्रसोधन प्रा. लि.को मासु उत्पादन तथा प्रशोधन सम्बन्धी कुनै पनि ईजाजत पत्र समेत नभएको पाइएको छ ।
२२ आश्विन २०८१, मंगलवार
२२ आश्विन २०८१, मंगलवार

बुटवल, २२ असोज ।
बुटवलका मासु व्यवसायीहरूले स्थापना गरेको नीजि कम्पनी ‘बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिले सार्वजनिक नीजी साझेदारी ऐन अनुसार सार्वजनिक सम्पत्तीमा निर्माण गरिएको बधशाला २५ बर्षको लागि आफुहरूले उपभोग गर्न पाउने गरी बुटवल उपमहानगरपालिकामा प्रस्ताव पेश गरेको पाइएको छ । यसरी प्रस्ताव पेश गर्दा उक्त कम्पनीको मासु उत्पादन तथा प्रसोधन सम्बन्धी कुनै पनि ईजाजत पत्र समेत नभएको पाइएको छ ।

पशुसेवा विभागबाट अनिवार्य रूपमा पशुपंक्षी बध गर्ने, प्रसोधन गर्ने, उत्पादन गर्ने सम्बन्धी अनुमती लिनुपर्ने कानूनी व्यवस्था छ । तर बुटवलका मासु व्यवसायीले स्थापना गरेको प्राईभेट कम्पनी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालि ले यो सम्बन्धी कुनै पनि कागजात वा अनुमती नै नलिईन टेन्डरमा सहभागी भएको पाइएको हो ।

यसरी कागजपत्र नै नभएको नीजि कम्पनीको प्रस्ताव बुटवल उपमहानगरपालिकाले पहिलो पटक रद्द गरी पुनः दोस्रो पटक र पुनः तेस्रो पटक समेत टेन्डर आह्वान गर्दा उक्त कम्पनी टेन्डरमा सहभागी नभएको पाइएको छ ।
पछिल्लो दिनमा बधशाला नयाँ ढंगबाट आफुहरूले टेन्डर पाउनु पर्ने भन्दै मासु व्यवसायी आन्दोलित छन् ।
बुटवल उप–महानगरपालिकाले बधशाला सञ्चालनको लागि वि.स. २०७८ साल असोज ७ गते सञ्चालन र व्यवस्थापनको लागि मनसाय पत्र आह्वान गरेको थियो । ०७८ पुस २३ गते आर्थिक प्रस्ताव आह्वान गरी जेठ ११ गते सम्झौता गर्न उपमहानगरपालिकामा बोलाईएको थियो । तर व्यवसायीहरूले ढिला गरी सोही बर्षको माघ महिनाको २९ गते बार्षिक ४७ लाख ३० हजार भाडादर बुझाउने गरी प्रस्ताव पेश गरेका थिए । यसमा निर्णय भएको दाबि मासु व्यवसायीहरूको रहेको छ ।
सोही अनुसार उप–महानगरपालिकामा प्रस्ताव पेश गरेको बुटवल मासु उत्पादन तथा प्रसोधन कम्पनीलाई चैत १७ गते बैंक ग्यारेन्टी माग गरेको थियो । तर उपमहानगरपालिकाको कार्यपालिका बैठकमा पेश गरिएको कागजात, उक्त प्रसोधन प्रालिले पेश गरेको अन्य डकुमेन्ट समेतलाई आधार मान्दा र सार्वजनिक नीजि साझेदारी ऐन अनुसार पनि दिन नमिल्ने देखिएको भन्दै कार्यपालिका बैठकले २०८० जेठ ३ गते ठेक्का रद्द गरेको थियो ।

उप–महानगरपालिकाको कार्यापालिका बैठक २०८० जेठ ३ गते गरेको निर्णय अनुसार आधुनिक पशु बधशाला सञ्चालन तथा व्यवस्थापनको लागि ठेक्का रद्द गर्ने प्रस्ताव नम्बर १७.३ मा पेश गरेको थियो । कार्यपालिकाबाट भएको निर्णय अनुुसार ६ वटा बुँदामा टेन्डर स्पष्ट नभएको कारण देखाउँदै रद्द गरिएको उल्लेख छ । कार्यपालिकाले गरेको निर्णय बुँदामा टेन्डर आह्वान हुँदा प्राप्त प्रतिष्र्धा नभएको, बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिले पेश गरेको प्रस्तावनामा मासु उत्पादन गर्ने र प्रशोधन गर्ने कुनै पनि कागजात पेश नगरेको, कार्यालयले तयार पारेको बिड डकुमेन्टको ढाँचामा कार्यालयलाई बुझाउने रकम उल्लेख नगरी सिधैं नाफाको ५ प्रतिशत भनि उल्लेख गरेको तर ५ प्रतिशत भनेको कति अंक हो भनी निश्चित आधार नै उल्लेख नगरेको पाइएको छ ।

कुनै पनि सार्वजनिक टेन्डर आह्वान हुँदा सार्वजनिक खरिद ऐन बमोजिम निश्चित रकम उल्लेख गरिएको हुनु पर्दछ, तर व्यवसायीहरूले यसमा भने नाफाको ५ प्रतिशत मात्रै उल्लेख गरेका थिए ।
यस्तै बिड डकुमेन्टमा नाफाको ५ प्रतिशत उल्लेख गरेको बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिले १० बर्षे कार्ययोजनामा भने बार्षिक ४७ लाख ३० हजार रूपैयाँ उल्लेख गरेको थियो ।
प्रस्ताव गरिएको टेन्डर मनासय पत्र टेन्डर प्रक्रियामा कतै पनि सार्वजनिक नीजी साझेदारी ऐन र सार्वजनिक खरिद ऐन आर्कषित हुने गरी प्रक्रिया अगाडी नबढेको कारण टेन्डर रद्द गरिएको कार्यपालिकाको निर्णयमा उल्लेख छ ।
यता मासु व्यवसायीहरूले बुटवल उपमहानगरपालिकाले विविध कारण देखाई टेन्डर रद्द गरेर नीजी कम्पनीलाई दिएको दावि गर्दै आएता पनि मासु व्यवसायीहरूले दर्ता गरेको कम्पनी पनि नीजी प्राईभेट कम्पनीनै रहेको खुलेको छ ।
यस्तै मनासय पत्र सम्बन्धी प्रष्टताको लागि प्रस्तावक कम्पनी र सरोकारवाला बिचको बैठकमा २ बर्षको लागि रकम छुट दिन माग समेत गरेको पाइएको छ । तत्कालिन बुटवल उपमहानगरपालिका अधिकृत विष्णु प्रसाद खनालको संयोजकत्वमा २०७९ साल भदौ २० गते गठन गरिएको ५ सदस्यीय सुझाव समितिको प्रतिवेदन र उपमहानगरपालिकाका कानून अधिकृत धुब्र भट्राईको राय सुझावको आधारमा बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिले पेश गरेको मनासय रद्द गरी पुनः प्रक्रियामा जानको लागि सुझाव दिएको थियो ।
सोही अनुसार २०८० जेठ २ गते कार्यालयमा पेश भएको टिप्पणीको आधारमा धरौटी रकम फिर्ता गर्ने गरी निर्णय भएको बताइएको छ ।

यस पछि बुटवल उपमहानगरपालिकाले ३ पटक सम्म पशुबधशाला सञ्चालनको लागि सूचना प्रकाशन गरेको थियो । तर यसमा बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिले कुनै पनि प्रस्ताव पेश गरेको थिएन । दोस्रो पटक आह्वान गरेको टेन्डरमा एउटा पनि आवेदन पेश भएको थिएन । तेस्रो पटकमा मुक्तीनाथ कृषि कम्पनी अन्र्तगतको मुक्तीनाथ लाईभस्टक कम्पनीले टेन्डर हालेर ५ बर्षको लागि सञ्चालन अनुमती लिएको छ ।

बुटवल उपमहानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख अधिकृत लेखनाथ पोखरेलका अनुसार सार्वजनिक नीजी साझेदारी भनेको कुनै पनि व्याक्ति, संस्थाले लगानी गरेको हुनुपर्ने ऐनमा उल्लेख गरिएको छ । तर बुटवलको पशुबधालामा भने सरकारी निकाय (बुटवल उपमहानगरपालिका र प्रदेश सरकारको लगानी) मा बुटवल उपमहानगरपालिकाको जग्गामा निर्माण गरिएको कारण यसलाई सार्वजनिक नीजी साझेदारीमा लैजान कानूनी व्यवस्था नभएको बताउँछन् ।

उनका अनुसार कुनै पनि लगानी नगरेको एउटा प्राईभेट कम्पनीलाई सार्वजनिक नीजी साझेदारी अनुसार सञ्चालन गर्न दिनको लागि पहिला उसको लगानी सुनिश्चत भएको हुनुपर्ने ऐनमा उल्लेख छ । तर यसमा हेफर ईन्टरनेशनल परियोजनाले प्राविधिक सहयोग गरेको उल्लेख छ तर बधशाला निर्माण गर्दा कती लगानी भन्ने कुनै पनि कागजी प्रमाण छैन । मासु व्यवसायीहरूले बनाएको प्राईभेट कम्पनी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रा.लि. सैनामैनाले बधशाला निर्माण गर्दा कुनै पनि लगानी गरेको छैन ।
सञ्चालनको लागि मात्रै सार्वजनिक नीजी, साझेदारीमा लैजानको लागि पनि लगानी भएको हुनुपर्ने ऐनमा उल्लेख छ । तर यसमा व्यवसायीहरूले लगानी नै नगरेको स्थानमा आफुले सार्वजनिक नीजि साझेदारी अनुसार सञ्चालन गर्न पाउनु पर्ने माग आफैमा विरोधाभास देखिन्छ ।
व्यवसायीहरूले आफुले २५ बर्षको लागि बधशाला सञ्चालन गर्न पाउनुपर्ने समेत माग गरेको पाइएको छ । यद्यपी सरकारी क्षेत्रमा निर्माण गरिएको संरचनमा सार्वजनिक खरिद ऐन बमोजिम ५/५ बर्षको लागि सार्वजनिक टेन्डर आह्वान गरी रितपूर्वक टेन्डर दिन सकिने उल्लेख छ ।
यता, बुटवल मासु उत्पादन तथा प्रसोधन प्रा. लि. का अध्यक्ष कृष्ण प्रसाद पौडेलले मासु व्यवसायी, महिला उद्यमी सहकारी संस्था, मासु व्यवसायी बहुउदेश्य सहकारी लगायत सहभागी भएको कारण आफुहरूले पहिला देखि नै बधशालाको लविङ्ग गर्दै आएको कारण ठेक्का/सञ्चालन पाउनुपर्ने बताउँदै आएका छन् । उनले केही दिन पहिला पत्रकार सम्मेलनको आयोजना गरी बधशाला सञ्चालनमा उपमहानगरपालिकाले एकतर्फी निर्णय गरेकाले विरोध गरिएको बताएका थिए ।

राजनीतिक दलको साथ
बुटवल उपमहानगरपालिका भित्र दर्ता भएका ६९ वटा मासु पसलले बुटवल उपमहानगरपालिकाले स्थापनागरेको पशु बधशालामा बध गरेको, पशु चिकित्सकबाट प्रमाणीत गरेको मासु बेच्नुपर्ने नियम कडाईका साथ लागू गरेको छ । बुटवलका राजनीति दलहरू भने उपभोक्ता अधिकार माथि खेलवाड गर्दै अस्वथ्यकर मासु बिक्रि गर्दै पटक÷पटक कारबाहीमा समेत परेका व्यवसायीहरूको पक्षमा लविङ्ग गरेका छन् ।
नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माआवोदी (केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा लगायतका नेताहरूले आईतबार बुटवलमा मासु व्यवसायीले गरेको विरोध कार्यक्रममा खुलेर मासु व्यवसायीहरूको पक्षमा पृष्टपोषण गरेका थिए ।
नेकपा एमालेका रूपन्देही सचिवालय सदस्य राजेन्द्र ढकाल, माओवादी केन्द्र बुटवल नगर अध्यक्ष महेन्द्र भुसाल, विप्लव नेतृत्वको नेकपाका बुटवल सेक्रेटरी विष्णु बेल्बासे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश समिति सदस्य महेन्द्र उपाध्याय, राप्रपाका नेता लक्ष्मण प्रसाद श्रेष्ठले व्यवसायीको पक्षमा पक्षपोषण गरेका थिए ।

जरिवाना नै तिर्न आएनन व्यवसायी
बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनको क्रममा सुरुवाती अवस्थामा १०÷१० हजार जरिवाना गरेका, खसीबोका भनेर बाख्रीको मासु बेच्दै आएका व्यवासयीहरूले अहिले सम्म जरिवाना रकम तिर्न गएका छैनन । बुटवल उपमहानगरपालिका पशुपंक्षी शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेका अनुसार सुरुवाती चरणमा अनुगमनको बेला कारवाहीमा परेका मासु व्यवसायीलाई १० हजार, दोस्रो चरणमा २५ हजार, तेस्रो चरणमा ५० हजार र चौथो चरणमा ८५ हजार जरिवाना सहित जिल्ला प्रशासनको सहयोगमा पसल बन्द गर्ने र सबै दर्ता, नविकरण रद्द गर्ने सम्मको कारवाही हुने बताए । कारवाहीमा परेका मासु व्यवसायीहरू कानूनी दायरामा नआए नियम अनुसार पसल नै बन्द गराउनु पर्ने अवस्था आउन सक्ने उनले जानकारी दिए ।

संघीय राजपत्रमा चारकिल्ला
नेपाल सरकार संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको मिति २०८१ बैशाख २७ गते चारकिल्ला प्रमाणीतको लागि राजपत्रमा ‘नेपाल सरकारले पशुबधशाला तथा मासु जाँच ऐन २०७५ को दफा १ को उपदफा (२) को अधिकार प्रयोग गरी ऐन अनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर १० लाई आधार क्षेत्र मानि चारकिल्ला प्रमाणीकरण गरी प्रकाशन गरेको छ ।
पुर्वमा सुखौरा खोला, पश्चिममा बुटवल धागो कारखाना, उत्तरमा पुर्व–पश्चिम राजमार्ग, दक्षिणमा सामुदायिक वन क्षेत्र लाई आधार मानि तत्कालिन सचिव रेवती रमण पौडेलले क्षेत्र तोकेको पाइएको छ ।
सोही राजपत्रको सूचनाको आधारमा बुटवल उपमहानगरपालिका र पशुबधाला सञ्चालनको लागि टेन्डर प्राप्त गरेको मुक्तीनाथ लाईभस्टक बैंकका विचमा सम्झौता हुँदा सोही चारकिल्ला भन्दा बाहिर मासु व्यवसायीले पशु बध गर्न नपाईने, यदि उक्त क्षेत्र बाहिर खसी बोका बध गरेको पाइएमा (प्रथम पक्ष) उपमहानगरपालिकाले नियमन गर्नुपर्ने उल्लेख गरिएको छ । उपमहानगरपालिका भित्र रहेका मासु व्यवसायीहरूले खसी बोका अनिवार्य रूपमा बधशालामा मात्रै बध गर्नुपर्ने उल्लेख गरिएको छ ।
सोही सम्झौतालाई कार्यान्वयन गराउनको लागि मुक्तीनाथ लाईभस्टक बैंकले उपमहानगरपालिका सहित विभिन्न निकायमा उजुरी दिएपछि गत असोज १० गते बाट उपमहानगरपालिकाले निरन्तर अनुगमन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?