ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

नवलपरासीमा धान जोन सञ्चालन हुने

२२ आश्विन २०८१, मंगलवार
२२ आश्विन २०८१, मंगलवार

बुटवल, २२ असोज ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा जिल्लामा यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रम संचालन हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत नवलपरासी वर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा यस वर्षवाट धान वालीको जोन कार्यक्रम संचालन हुने छ ।
सुनवल नगरपालिकाको नगर प्रमुख बिमला अर्याल, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाको नगर उपप्रमुख सम्झना चौधरी समेतको उपस्थितिमा सुनवल नगरपालिकाको सभाहलमा सम्पन्न धान जोन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका रूपन्देहीका प्रमुख नारायण काफ्लेले यस वर्षदेखि सुनवल नगरापालिकाका २, ३ र ९ नं. वडाहरू र रामग्राम नगरपालिकाको १४ नं. वडामा धान जोन कार्यक्रम लागू हुने जानकारी दिए । यस वर्षदेखि जोन कार्यक्रम अन्तरगत उक्त क्षेत्रमा कृषकहरूलाई कृषि यान्त्रिकरण, सिचाँई पूर्वाधार निर्माण, तालिम तथा प्रदर्शनी मार्फत कृषकहरूको क्षमता विकास कार्यक्रम, धान बीउ उत्पादन भण्डारण तथा प्रशोधन लगायतका कार्यक्रम हरू संचालन गरिने छ ।
उक्त कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले कृषकहरूको माग र नगरपालिकाको समेत विशेष पहलमा यस नगरपालिकाको वडा २, ३ र ९ तथा रामग्राम नगरपलिकाको वडा १४ मा धान को जोन कार्यक्रम यस वर्ष देखी संचालनमा आउनु खुशीको विषय रहेको जनाउँदै आगामी दिनमा नगरपालिकाबाट समेत यस परियोजनासंगको सहकार्यमा कृषि क्षेत्रमा विशेष कार्यक्रमहरू संचालन गर्न योजनावद्ध तरिकाले अगाडी बढ्ने प्रतिवद्धता जनाईन् । कार्यक्रममा रामग्राम नगरपालिकाका नगर उप प्रमुख सम्झना चौधरीले कृषि पेशालाई सम्मानित पेशाको रूपमा स्थापित गर्दै राज्यले लिएको आत्मनिर्भरताको लक्ष्य हासिल गर्न यस परियोजनाले महŒवपूर्ण भुमिका खेल्ने अपेक्षा राखेकी थिईन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवले परियोजनामार्फत यस क्षेत्रका कृषकहरूको उच्च उत्पादन लागतलाई न्युनीकरण गर्न कृषि यान्त्रिकरण तथा उन्नत वीउ विजन तथा उन्नत प्रविधिको प्रयोग महत्वपुर्ण रहने हुँदा परियोजनाले त्यस तर्फ विशेष ध्यान दिनुपर्ने विषय राखेका थिए । कार्यक्रम लागू हुने क्षेत्रका जनप्रतिनिधिहरू तथा कृषक समूह तथा सहकारीका प्रतिनिधिहरूको समेत उपस्थितिमा सम्पन्न उक्त अभिमुखीकरण गोष्ठीमा परियोजनाको समग्र उपलब्धी र आगामी दिनहरूमा यस क्षेत्रमा संचालन हुने कार्यक्रमहरूको सम्बन्धमा जानकारी गराउनुको साथै कृषकहरूसंग अन्तरक्रिया समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?