Butwal Today

नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु

२२ आश्विन २०८१, मंगलवार
अ+
अ-

बुटवल ।

पर्यटकीय क्षेत्रमा नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

बुटवल प्रहरीका अनुसार मंगलबार विहान बुटवल उपमहानगरपालिका १३ नुवाकोट भ्यू प्वाईन्ट स्थित नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको थियो।

दुर्घटनामा परी मोटरसाइकलका चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय बिशाल परियार र पछाडि सवार दाङकोे राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर धर्मराज खत्रीले बताए।

उक्त स्थानमा केहि महिना अघि भएकाे कार दुर्घटनामा ३ जनाकाे ज्यान गएकाे थियो।