ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

रेडियोलोजिले बढायो बिरामीको चाप

२१ आश्विन २०८१, सोमबार
२१ आश्विन २०८१, सोमबार

नवलपरासी, २१ असोज ।
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा साता दिनदेखि रेडियो लोजिस्ट डाक्टर हाजिर भएपछि अस्पतालको सेवा थप गुणस्तरिय हुने भएको छ । विभिन्न विषयका विशेषज्ञ चिकित्सक सेवा दिँदै आएको अस्पतालमा रेडियोलोजिष्ट नहँुदा भिडियो एक्सरे गर्ने र विश्लेषण गरि रिपोर्ट दिने अवस्था नहँुदा उपचारमा केही समस्या भएपछि अहिले अस्पतालमा रेडियोलोजिष्टको उपस्थितीले थप सेवासँगै गुणस्तरिय सेवा विरामीले पाउन थालेको अस्पतालले जनाएको हो ।

अस्पतालमा भिडियो एक्सरे हँुदै आए पनि अधिकारिक रिपोर्ट दिईने अवस्था नहुँदा विमा रकम दाबीमा पनि समस्या हुदै आएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले जानकारी गराए । विगतमा पनि अस्पतालमा रेडियोलोजिष्ट ल्याउने पहल भइरहेको थियो, उनले भने, तर ल्याउन सकिएको थिएन्,अहिले दरबन्दीकै ९ तहका रेडियोलोजिष्ट डा.प्रशास ढकाल हाजिर भएका छन् । एक सातादेखि रेडियोलोजिसँग सम्बन्धित सेवा सहज ढंगले हुन थालेको छ ।
पहिला पनि सातामा दुई दिनका लागि चिसापानी अस्पतालबाट रेडियोलोजिष्ट ल्याई भिडियोएक्सरे लगायत रेडियोलोजि सेवा दिइने गरिएको सुनाउँदै उनले अहिले अस्पतालकै दरबन्दीमै रेडियोलोजिष्ट डा.ढकाल आए पछि बिरामीलाई उतm सेवा सहज ढंगले हुन थालेको बताए । यसले गर्दा विरामकिो डाइग्नोसिस प्रभावकारी हुदै जानेछ, अध्यक्ष गुप्ताले थपे, अन्य चिकित्सकका लागि पनि यो सहयोगी र उपयोगी सेवा हो ।

रेडियोलोजिष्टको उपस्थितीले सर्जिकल विभागका लागि सहज भएको अस्पतालका सर्जन चिकित्सक डा.किरण पाण्डेले बताए । यसले सर्जरी सेवा प्रभावकारी बनाउने छ । यसले गर्दा विमा मार्फत स्वास्थ्य सेवा लिईने बिरामीका लागि पनि सहज भएको छ । विमा वापत सेवा प्रवाह गरि सो रकम विमाबाट दाबी गर्न पनि अधिकारिता प्रमाणित गर्न भुमिका पनि सहज भएको छ । अगामी दिनमा अस्पतालले थप गुणस्तरिय सेवा प्रवाह गर्नेमा हामी विश्वस्त भएको उनको भनाइ थियो । अस्पतालको तथ्याँक अनुसार बीमा वापत पाउने रकम गत आर्थिक बर्षको १ करोड ५१ लाख ४८ हजार ३ सय ६४ रहेको छ । डेढ करोड भन्दा बढि रकम अस्पताललाई तरलता ब्यवस्थित गर्न समस्या देखिएको छ, । औषधी टेण्डर मार्फत खरिद गरिन्छ,सो रकम औषधी दाखिला गरेर भुतmानी दिई हाल्नु पर्छ । अन्य चिकित्सकलाई दिईने भत्ता रकमहरू पनि रोक्न सकिदैन् । अस्पतालको आफ्नो अन्य स्रोत छैन्,सरकारले पठाउने बजेटमा सरकारी अस्पताल चलाउने हो । निजी जस्तो चुक्ता पुँजी जस्तो राख्ने जस्तो प्रावधान हुदैन्,तर विमा बोर्डले रकम लामो समयसम्म नपठाई दिदा अस्पतालको दैनिक प्रशासन सञ्चालनमै समस्या छ । कुल बिमा रकम २ करोड ८४ लाख ६१ हजार ७ सय ४८ रहेको थियो । जस्मा विमा बोर्डले ९३ लाख २२ हजार ८ सय १३ रुपिया मात्र पठाएको छ ।

विमामा खर्चिने रकम समेत केही दाबी गर्न नसक्दा पनि समस्या देखिएका छन् । विगतमा सिस्टम सफ्टवेयर सञ्चालनमा समस्या हुदा ३९ लाख ९ हजार ५ सय ७० रुपिया त्यतीकै दाबी नै अस्पतालले गर्न सकेन् । अस्पतालले २ करोड ४४ लाख ७१ हजार १ सय ७७ रुपिया मात्र दाबी गरेको थियो । तर दाबी गरिएको पुरै रकम पनि बीमा बोर्डले पठाई दिएन् । अहिले शल्य क्रियामा सिमा बढाउदा सो सिमा अनुसार काम गर्दा विमा रकम बढेर जाने देखिन्छ । पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा (ओपिडि) अन्तर्गत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन, स्त्रिी तथा प्रसुती,मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् ।

त्यसैगरि अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, बिरामी भर्ना जनरल, फार्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र, लैगिँक हिँसा सम्बन्धि एकद्वारा ब्यवस्थापन (ओसीएमसी), क्षयरोग, कुष्ठरोग क्लिनिक, जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा, प्लाष्टर सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो । अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत, ३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवालाई थपिने, सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?