ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

चाडपर्वमा सहज र सुरक्षित यात्रालाई सडक संजाल चुनौती

२० आश्विन २०८१, आइतबार
२० आश्विन २०८१, आइतबार

बुटवल, २० असोज । चाडपर्वमा यात्रुहरुलाई सहज र सुरक्षित यात्राको लागि पहल भएपनि सडक संजाल चुनौती बनेको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन । विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आईतबार बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा ब्यवसायीहरुले यात्रुहरुलाई यातायात सेवा सहज बनाउने गरि लागेको बताए ।

कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले आम ब्यवसायीहरुको हकहितसंग आम उपभोक्ताहरुको सुविधाको विषयमा संस्था सधै गम्भिर रहेको बताए । ‘चाडपर्वमा बुटवल भित्रने र बुटवलबाट बाहिर जाने सवारीको चाप बढ्छ ।’— उनले भने । सबै सवारी साधनलाई अनिवार्य संचालन र ब्यवसायीहरुलाई अतिरिक्त तेल ब्यवस्था समेत गरेको उनले बताए । सुविधासम्पन्न सवारी साधन युरो ६ सम्म प्रालिमा रहेको दाबी गर्दै उनले सडकको दुरावस्थाको कारण र नया लगानीकर्ता मुख्य चुनौतीका रुपमा देखापरेको बताए । उपभोक्तालाई सेवा दिने भनेर ल्याइएको ईभिको नाममा देखिएको दलाली रोक्न समेत उनले आग्रह गरे । यसैगरि उनले बाहिरबाट आएर यस क्षेत्रमा ठगी काम गर्ने सहकारीलाई प्रोत्साहन गर्न नहुने भन्दै स्थानिय सहकारीप्रति नकारात्क सोच त्याग्नुपर्ने बताए । यसैगरि बुटवलकै गरिमाको रुपमा रहेको अटो भिलेजलाई ब्यवस्थित गर्न समेत नया निर्वाचित टिम र स्थानिय सरकारको पहल जरुरी रहेको उनले बताए । एउटा संस्थाको गरिमा उचो गराउने गरि सानो पहल आफु र आफ्नो टिमबाट निरन्तर काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले स्थानिय सरकार नगरबासीहरुको सुविधा र सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गर्दै चाडपर्वमा हुने गरेको अपराधिक घटना र ठगी रोक्ने गरि विभिन्न सरोकारवाला निकायहरुसंग काम गरिरहेको बताए । धेरै यात्रुहरुको चाप हुने बसपार्कको सुरक्षा गतिविधिलाई सिसिटिभि क्यामराबाट निरिक्षण, सरसफाई, शौचालयलाई ब्यवस्थापन लगायतको काम भएको भन्दै यसमा सबै नगरबासीको साथ र सहयोग जरुरी रहेको उनले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले शान्तिसुरक्षाको विषयको गलत भाष्य बनाउन नहुने बताए । चाडपर्व नजिकिएसंगै आउने आम जनसमुदायको सुरक्षा, सहजताको विषयमा योजना बनाउने गरेको उनले दाबी गरे । बढि भाडा लिने, क्षमताभन्दा बढि सवारी चढाउने जस्ता गुनासोप्रति विशेष चासो दिएर रोक्नेतर्फ आफुहरु लागेको उनले बताए । ‘उपभोक्ता सचेत भएर सिट क्षमताभन्दा बढि नचढ्ने हो भने समस्या हुदैन ।’— उनले भने । शतप्रतिसत सुरक्षा विश्वको कुनै पनि क्षेत्रमा नहुने भन्दै अपराध र सुरक्षालाई रोक्न प्रहरी लाग्ने उनले बताए ।

कार्यक्रममा प्रालिका पुर्वअध्यक्ष चोपनारायण श्रेष्ठ, सुरेन्द्रमान श्रेष्ठ, रुपन्देही उधोग संघका अध्यक्ष दिलिप सापकोटा, यातायात मजदुर तथा ब्यवसायिक भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, पश्चिमान्चल पेट्रोलियम ब्यवसायी समितिका अध्यक्ष हिमाल गैरे, रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, बुटवल अटो ईन्जिनियरिङ एशोसियसनका अध्यक्ष प्रेम गौचन, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्बासे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल उधोग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले
हरेक क्षेत्रमा निरासाको अवस्था रहेको भन्दै यसलाई चिर्ने गरि सबै मिलेर लाग्ने समय आएको बताए ।

कार्यक्रममा प्रालिका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले यात्रुहरुको सुरक्षित यात्रा गर्ने अभियानमा लागेको दाबी गरे । सरोकारवाला निकायहरुसंग समन्वय गरि सहज र सुरक्षित यात्रामा विशेष योगदान दिएको दाबी गरे ।

यसैबिच प्रालिले बुटवल अटो ईन्जिनियरिङ एशोसियसनमा निर्वाचित अध्यक्ष प्रेम गौचनसहित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडमा निर्वाचित पदाधिकारीहरुलाई समेत सम्मान गरिएको प्रालिका कोषाध्यक्ष मोहन पिएसले बताए ।

सहचालक बिकको परिवारलाई १५ लाख बिमा रकम हस्तान्तरण

 

दुर्घटनामा ज्यान गुमाएका प्रालिका सहचालक एवं पश्चिम नेपाल बहुउदेश्यीय सहकारी संस्थाका शेयर सदस्य सन्तोष बिकको परिवारलाई बिमा वापतको रकम हस्तान्तरण गरिएको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, सगरमाथा लुम्बिनी ईन्सुरेन्स कम्पनी लिमिटेडका प्रदेश प्रमुख विश्वदिपक नेपालले परिवारका सदस्य श्रीमति बिबिता श्रीष र छोरा कुशल सुनार (नाबालक) लाई १५ लाख रुपैया रकम हस्तान्तरण गरे ।
एउटा कर्मचारीको परिवारको हितमा संस्थागत रुपमा ठुलो सहयोग गर्न सफल भएको अध्यक्ष खरेलले बताए । विगतबाट नै कर्मचारी र ब्यवसायीहरुलाई समेटेर सहकारीमा जोड्ने काम गरेको उनले दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?